26.2 C
Nepal
Thursday, September 10, 2026
बिहिबार, भदौ २५, २०८३
Thursday, September 10, 2026
spot_img

रुकुम पूर्वमा भौतिक उपस्थितिमै पढाइ सुरु

शेयर गर्नुहोस्

रुकुम (पूर्व) । रुकुम पूर्वका केही स्थानीय तहका विद्यालयमा भौतिक उपस्थितिमै पढाइ सुरु भएको छ । कोरोना संक्रमणको लामो समय बन्द रहेका विद्यालय विस्तारै खुल्न थालेका हुन् भने महिनौँपछि विद्यार्थीहरु विद्यालयमा पुगेर पढ्न पाएका छन् ।

जिल्लाको सिस्ने गाउँपालिका–६ स्थित त्रिभुवन जनता माध्यमिक विद्यालयमा विद्यार्थीका लागि कक्षा कोठामा प्रवेश गर्नुभन्दा पहिले नजिकै टेबुलमा साबुन पानी, सेनिटाइजरको व्यवस्था छ । कक्षा कोठामा सबैले मास्क लगाएर पढ्ने गर्दछन् । कक्षा १० मा अध्ययनरत छात्रा प्रतीक्षा शर्माले विद्यालयमा पठन पाठन सुरु भएपछि सजिलो भएको बताइन् ।

इन्टरनेट टेलिभिजनको पहुँचमा रहेका विद्यार्थीहरुले यस बीचमा वैकल्पिक माध्यमबाट पढ्न पाए पनि रुकुम पूर्वजस्तो दुर्गममा रहेका जिल्लाका विद्यार्थीहरु पढाइबाट पूर्ण रुपमा बञ्चित थिए । वैकल्पिक माध्यमबाट पढ्न नपाएका विद्यार्थीहरु भौतिक उपस्थितिमै पठन पाठन सुरु भएपछि उत्साहित देखिएका छन् । विद्यालय बन्द रहँदा घरको काममै व्यस्त हुने गरेका भूमे गाउँपालिका ५ का राजेश श्रेष्ठ पनि दैनिक विद्यालय जान थालेका छन् ।

वैशाखमै सुरु हुनुपर्ने शैक्षिकसत्र यस वर्ष ढिला गरी असार १ गतेबाट सुरु भएको थियो । विद्यार्थीहरुले पढ्न भने पाएका थिएनन् । वैकल्पिक माध्यमबाट पठनपाठन हुने सम्भावना नरहेपछि जिल्लामा भौतिक उपस्थितिमै पठन पाठन सुरु भएको हो ।

रुकुम पूर्वमा तीन वटा गाउँपालिका छन् । यहाँ जम्मा १ सय ३३ वटा विद्यालय छन् । तीमध्ये केही विद्यालयबाहेक अधिकांशमा शिक्षण सिकाई सहजीकरण निर्देशिका २०७७ अनुसार भौतिक उपस्थितिमै पढाइ सञ्चालन भइरहेको छ ।

कोरोना संक्रमणको जोखिम पूर्णरुपमा नहटेकाले स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गरी पढाइ सुरु गरिएको सिस्ने गाउँपालिका–६, मा रहेको रुक्मिणी माध्यमिक विद्यालयका प्रधानाध्यापक कृष्ण गौतमले बताए ।

उनी भन्छन्, ‘विद्यार्थीहरुको भविष्य सम्झेर पढाइ सूचारु गरेका छौँ तर कोरोनाको जोखिम भने कायमै छ, विद्यार्थीलाई संक्रमणबाट जोगाउन पनि चुनौती छ ।’

सिस्ने गाउँपालिका अध्यक्ष कुमारी बराल (गौतम)ले स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्दै विद्यार्थी धेरै भएको विद्यालयमा सिफ्ट विभाजन गरेर पठनपाठन सुरु गरेको बताइन् । बेला बेलामा विद्यालयमा अनुगमन पनि गरिने उनको भनाइ छ । कोरोना संक्रमणको कम जोखिम भएका क्षेत्रको विद्यालयमा पठन पाठन सञ्चालन भइरहेको उनले बताइन् ।

यस्तै, भूमे गाउँपालिकाले शिक्षण सिकाई निर्देशिकाअनुसार पठनपाठन सुरु गरिसकेको गाउँपालिकाका शिक्षा युवा तथा खेलकुद शाखाका प्रमुख कौशलकुमार तिवारीले बताए । गाउँपालिका भित्रका सबै विद्यालयमै सिकाई केन्द्र स्थापना गरेर पठन पाठन सुरु गरेको तिवारी बताउँछन् ।

यस्तै जिल्लाको पुथाउत्तरगंगा गाउँपालिकाले पनि साउन २४ गतेबाट पठनपाठन सुरु गरिसकेको छ । तर पुथाउत्तरगंगा गाउँपालिकाको केही विद्यालयमा भने बाध्यात्मक परिस्थितिका कारण पठनपाठन सुचारु गर्न नसकिएको गाउँपालिका शिक्षा युवा तथा खेलकुद शाखाका प्रमुख रामप्रसाद खड्काले बताए ।

शेयर गर्नुहोस्

अभिलेख खबर डटकममा कुनै लेख, समाचार, सूचना, विज्ञापन सामाग्री प्रकाशन गर्न चहानुहुन्छ भने abhilekhkhabar@gmail.com मा मेल गर्नुहोस् । हामीसंग फेसबुक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।

spot_img

ताजा खबर

सम्बन्धित खवर

इमान्दार व्यक्तित्व, शालिन स्वाभाव र कुशल संगठक- मोति

पर्वत जिल्लाको सामाजिक राजनीतिक आन्दोलनका अनवरत यात्री हुन मोति प्रसाद पौडेल । मोतिको लामो समय समाजको परिवर्तनका भोकमा विताए । जनताको सुख सुविधा, राजनीतिक...

राजनीतिमा सामाजिक नेतृत्व संस्कृतिको प्रतिबिम्ब

नेपालमा पछिल्ला केही वर्ष यता राजनीतिक सुधारको माग तीव्र रूपमा उठिरहेको छ। सुशासन, उत्तरदायी राजनीति, नेतृत्व सुधार र संस्थागत सुदृढीकरण बारे सार्वजनिक बहस निरन्तर...

अस्पताल बोकेर गाउँमा- शिव

वितेको पाँच महिना अंघि याम परियार `शिव´ प्रदेश अस्पताल (पर्वत जिल्ला अस्पताल)को अध्यक्ष´भएका हुन । अध्यक्ष भएकै दिनदेखी स्वास्थ्य सेवा धेरै भन्दा धेरै कसरी...

अस्थिर राजनीति, अवरुद्ध विकास र युवा पलायन: निर्णायक मोडमा नेपाल

आफ्नो जागिरका दिनहरूमा पनि सक्रिय राजनीति गर्ने गरेका एकजना पुर्व सरकारी कर्मचारी हालै छोरा वुहारी भेट्न युरोप पुगेर उताको बसाइँबाट फर्किएपछि आजकल नेपाली राजनीतिक...

सामाजिक, राजनीतिक यात्राका प्रेमिल जोडी `एकनारायण आनन्द´-

एकनारायण न्यौपाने र आनन्द भुसाल एकर्कामा घनिष्ठ नाम हो । यी दुईजना पर्वतका लोकतान्त्रिक आन्दोलनका सक्रिय र उदाहरणीय व्यक्तित्व हुन । दाक्षिणी पर्वतका त...

रेखा गुरुङ को हुन, कसरी बनिन मन्त्री ?

पर्वत जिल्लाबाट गण्डकी प्रदेशमा प्रतिनिधित्व गर्ने नेपाली कांग्रेसका सांसद रेखा गुरुङ गण्डकी प्रदेशको सामाजिक विकास युवा तथा खेलकुद मन्त्री नियुक्त भएकी छन । कांग्रेस...