20.3 C
Nepal
Thursday, September 10, 2026
बिहिबार, भदौ २५, २०८३
Thursday, September 10, 2026
spot_img

खनाल-नेपाल समूहको स्थायी कमिटी बैठक बस्दै

शेयर गर्नुहोस्

काठमाडौं :  नेकपा एमाले माधव नेपाल समूहको स्थायी कमिटी बैठक आज बस्दैछ। बिहान ११ बजेपछि बैठक बस्ने तयारी भएको स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेले जानकारी दिए। 

पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले हिजो दशैं महाधिवेशन आयोजक कमिटीको अन्तिम बैठकबाट गरेको निर्णय चित्तबुझ्दो नभएको प्रारम्भिक प्रतिक्रिया दिएको यो समूहले आधिकारिक धारणा तय गर्न बैठक बोलाएको हो। 

ओलीले नेता नेपाल समूहको मागअनुसार महाधिवेशन आयोजक कमिटीलाई भंग गरेर केन्द्रीय कमिटीमा रूपान्तरण गरेका छन्। नेपाल समूहले पार्टीलाई २०७५ जेठ २ को अवस्था फर्काउनुपर्ने माग राख्दै आएको थियो। 

नेपाल समूह बिनाको बैठकले माओवादीबाट आएका नेताहरूसहित रामबहादुर थापा बादल, लेखराज भट्ट, टोपबहादुर रायमाझी, मणि थापा, रघुवीर महसेठ, रघुजी पन्त, विष्णु रिमाल र बेदुराम भुसाललाई स्थायी कमिटीमा राख्ने निर्णय गरेको थियो। 

पार्टीलाई पहिलेको अवस्थामा फर्काइसकेपछि मात्रै आवश्यकता अनुसार सदस्यहरू थप्न सकिने भन्दै नेपाल समूहले असुन्तुष्टि जनाएको छ।  ओलीले भोलीको लागि बोलाइएको केन्द्रीय कमिटी बैठकमा जाने नजाने विषयमा आजको बैठकले धारणा तयार गर्ने जनाइएको छ। 

यसैबीच एमाले विवादको सहमति विन्दू पहिचान गर्न कार्यदलको बैठक आज पनि बिहानैदेखि सुरु भएको छ। एमाले सचिव भीम आचार्यका अनुसार बिहान ८ बजे नै दुवै पक्षको कार्यदलका सदस्यहरु होटल समिटमा पुगिसकेको छन्। 

शेयर गर्नुहोस्

अभिलेख खबर डटकममा कुनै लेख, समाचार, सूचना, विज्ञापन सामाग्री प्रकाशन गर्न चहानुहुन्छ भने abhilekhkhabar@gmail.com मा मेल गर्नुहोस् । हामीसंग फेसबुक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।

spot_img

ताजा खबर

सम्बन्धित खवर

इमान्दार व्यक्तित्व, शालिन स्वाभाव र कुशल संगठक- मोति

पर्वत जिल्लाको सामाजिक राजनीतिक आन्दोलनका अनवरत यात्री हुन मोति प्रसाद पौडेल । मोतिको लामो समय समाजको परिवर्तनका भोकमा विताए । जनताको सुख सुविधा, राजनीतिक...

राजनीतिमा सामाजिक नेतृत्व संस्कृतिको प्रतिबिम्ब

नेपालमा पछिल्ला केही वर्ष यता राजनीतिक सुधारको माग तीव्र रूपमा उठिरहेको छ। सुशासन, उत्तरदायी राजनीति, नेतृत्व सुधार र संस्थागत सुदृढीकरण बारे सार्वजनिक बहस निरन्तर...

अस्पताल बोकेर गाउँमा- शिव

वितेको पाँच महिना अंघि याम परियार `शिव´ प्रदेश अस्पताल (पर्वत जिल्ला अस्पताल)को अध्यक्ष´भएका हुन । अध्यक्ष भएकै दिनदेखी स्वास्थ्य सेवा धेरै भन्दा धेरै कसरी...

अस्थिर राजनीति, अवरुद्ध विकास र युवा पलायन: निर्णायक मोडमा नेपाल

आफ्नो जागिरका दिनहरूमा पनि सक्रिय राजनीति गर्ने गरेका एकजना पुर्व सरकारी कर्मचारी हालै छोरा वुहारी भेट्न युरोप पुगेर उताको बसाइँबाट फर्किएपछि आजकल नेपाली राजनीतिक...

सामाजिक, राजनीतिक यात्राका प्रेमिल जोडी `एकनारायण आनन्द´-

एकनारायण न्यौपाने र आनन्द भुसाल एकर्कामा घनिष्ठ नाम हो । यी दुईजना पर्वतका लोकतान्त्रिक आन्दोलनका सक्रिय र उदाहरणीय व्यक्तित्व हुन । दाक्षिणी पर्वतका त...

रेखा गुरुङ को हुन, कसरी बनिन मन्त्री ?

पर्वत जिल्लाबाट गण्डकी प्रदेशमा प्रतिनिधित्व गर्ने नेपाली कांग्रेसका सांसद रेखा गुरुङ गण्डकी प्रदेशको सामाजिक विकास युवा तथा खेलकुद मन्त्री नियुक्त भएकी छन । कांग्रेस...