19.5 C
Nepal
Tuesday, September 8, 2026
मङ्लबार, भदौ २३, २०८३
Tuesday, September 8, 2026
spot_img

रेखा गुरुङ को हुन, कसरी बनिन मन्त्री ?

शेयर गर्नुहोस्

पर्वत जिल्लाबाट गण्डकी प्रदेशमा प्रतिनिधित्व गर्ने नेपाली कांग्रेसका सांसद रेखा गुरुङ गण्डकी प्रदेशको सामाजिक विकास युवा तथा खेलकुद मन्त्री नियुक्त भएकी छन ।

कांग्रेस र एमाले गठबन्धनमा रहेको गण्डकी प्रदेशको सरकार बैशाख दुइ गते हेरफेर गरिएको छ । कांग्रेस र एमालेका चार/चार जना मन्त्री फेरिएकोमा त्यसमा पर्वतकी रेखा गुरुङ मन्त्री न्युक्त भएकी हुन । उनि पर्वत जिल्लाबाट माथिको सरकारमा मन्त्री बन्ने पहिलो महिला हुन ।

२०७९को संसदीय निर्वाचनमा नेपाली कांग्रेस पर्वतमा सबै क्षेत्रमा पराजित भयो । रेखा गुरुङ प्रदेश सभामा समानुपातिक प्रणालीबाट सांसद भएकी हुन । ७९ को निर्वाचन पछि पर्वत जिल्लामा एक प्रतिनिधि सभा र दुइ प्रदेश सभामा एमालेका सांसद थिए । ३ जना एमालेका सांसद हुँदा कांग्रेस बाट एक्ली सांसद थिइन रेखा गुरुङ । अहिले ८२ फागुन २१ मा भएको मध्यावधि निर्वाचनमा भने प्रतिनिधि सभामा रास्वापाका सागर भुसालले जितेका छन ।

पहिलो पटक नै गण्डकी प्रदेशमा सुरेन्द्रराज पाण्डेको नेतृत्वमा सरकार बन्दा रेखा गुरुङको नाम मन्त्रीको चर्चामा थियो । तर उनी अन्तिममा मन्त्री बन्न पाइनन ।

सर्बोच्च अदालतको निर्णयले गण्डकीमा कांग्रेस संसदीय दलका नेता सुरेन्द्रराज पाण्डे फेरी नेतृत्वमा आएका थिए । पाण्डे मुख्यमन्त्री रहेको मन्त्री मण्डल पुर्ण थिएन । त्यो पटक पर्वतका रेखा गुरुङलाई मन्त्री बनाउन पाण्डेलाई दबाब हुँदाहुँदै पनि सरकारमा गुरुङलाई अटाउन सकेनन ।

त्यतिनै बेला सांसद रेखा गुरुङ कांग्रेस गण्डकी संसदीय दलको प्रमुख सचेतक बन्ने समेत चर्चा थियो तर मुख्यमन्त्री पाण्डेले उक्त पदमा गृह जिल्लाका सांसदलाई मनोनीत गरेका थिए । पछि नेताहरूले सरकारमा नै लाने आश्वासन दिएर गुरुङलाई थमाएका थिए ।

पटक/ पटक हेरफेर हुने सरकारमा रेखा गुरुङ मन्त्री बन्ने सुचिमा पुग्ने तर अन्तिममा विभिन्न बहानामा छुट्ने गरेको थियो । यसपटक भने कुनै बहाना नचलेर रेखा गुरुङ मन्त्री बनेको उनि निकट नेताहरु बताउँछन । पार्टी भित्र वा बाहिरको समस्या र नेताहरुको चहानाका कारण पनि रेखा गुरुङलाई यस अंघि सरकारमा जान समस्या पुगेको थियो । तर यसपटक भने कुनै बहाना र समस्याले छेक्न सकेन ।

गुरुङलाई मन्त्री बनाउन मुख्यमन्त्री शुरेन्द्रराज पाण्डे आफै नै सकारात्मक थिए । त्यसमा गगन थापाको इन्ट्रेस्ट्ले थप बल पुगेको स्रोत बताउँछ । राष्ट्रिय राजनीतिमा अर्थपुर्ण प्रभाव राख्दै आएकी गुरुङ लामो समय कोईराला समुहबाट राजनीति गर्दै आएकी हुन । १४औं महाधिवेशनमा शेखर समुहबाट केन्द्रीय सदस्य भिडेकी गुरुङ थोरै मतले पराजित भएकी थिईन ।

अहिले काँग्रेसको विशेष महाधिवेशनमा मोर्चा नै खडा गरी लागेकी नेता भित्र गुरुङ पर्छिन । त्यो गगन लाईनलाई राम्ररी थाहा छ । विशेष महाधिवेशन पछि आएको काँग्रेसको नेतृत्वले गण्डकीमा हेर्दा कोर टिम वा नाम भित्र रेखा गुरुङ छुटाउँदैन ।

लामो राजनीतिक पृष्ठभूमि भएकी गुरुङ २०७० सालको निर्वाचनमा कांग्रेसका तर्फबाट समानुपातिक उम्मेदवार, २०७४ को स्थानीय तहको निर्वाचनमा फलेवास नगरपालिकाको उपमेयरको उम्मेदवार थिईन । २०७९ को स्थानीय तहको निर्वाचनमा फलेवासको मेयरको उम्मेदवार हुने चर्चामा रहेपनि आफुले छाडेर हालका मेयर गंगाधर तिवारीलाई सहयोग गरेकी थिईन ।

रेखा गुरुङ गण्डकी प्रदेशको सामाजिक विकास युवा तथा खेलकुद मन्त्री भएपछि जिल्लाको समग्र विकासमा सहयोग पुग्ने भन्दै जिल्लावासी उत्साहित छन । यता कम्जोर भएको पर्वत कांग्रेस पनि उनि मन्त्री भए संगै केहि मलजल पुग्ने विश्वासमा छ ।

शेयर गर्नुहोस्

अभिलेख खबर डटकममा कुनै लेख, समाचार, सूचना, विज्ञापन सामाग्री प्रकाशन गर्न चहानुहुन्छ भने abhilekhkhabar@gmail.com मा मेल गर्नुहोस् । हामीसंग फेसबुक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।

spot_img

ताजा खबर

सम्बन्धित खवर

इमान्दार व्यक्तित्व, शालिन स्वाभाव र कुशल संगठक- मोति

पर्वत जिल्लाको सामाजिक राजनीतिक आन्दोलनका अनवरत यात्री हुन मोति प्रसाद पौडेल । मोतिको लामो समय समाजको परिवर्तनका भोकमा विताए । जनताको सुख सुविधा, राजनीतिक...

राजनीतिमा सामाजिक नेतृत्व संस्कृतिको प्रतिबिम्ब

नेपालमा पछिल्ला केही वर्ष यता राजनीतिक सुधारको माग तीव्र रूपमा उठिरहेको छ। सुशासन, उत्तरदायी राजनीति, नेतृत्व सुधार र संस्थागत सुदृढीकरण बारे सार्वजनिक बहस निरन्तर...

अस्पताल बोकेर गाउँमा- शिव

वितेको पाँच महिना अंघि याम परियार `शिव´ प्रदेश अस्पताल (पर्वत जिल्ला अस्पताल)को अध्यक्ष´भएका हुन । अध्यक्ष भएकै दिनदेखी स्वास्थ्य सेवा धेरै भन्दा धेरै कसरी...

अस्थिर राजनीति, अवरुद्ध विकास र युवा पलायन: निर्णायक मोडमा नेपाल

आफ्नो जागिरका दिनहरूमा पनि सक्रिय राजनीति गर्ने गरेका एकजना पुर्व सरकारी कर्मचारी हालै छोरा वुहारी भेट्न युरोप पुगेर उताको बसाइँबाट फर्किएपछि आजकल नेपाली राजनीतिक...

सामाजिक, राजनीतिक यात्राका प्रेमिल जोडी `एकनारायण आनन्द´-

एकनारायण न्यौपाने र आनन्द भुसाल एकर्कामा घनिष्ठ नाम हो । यी दुईजना पर्वतका लोकतान्त्रिक आन्दोलनका सक्रिय र उदाहरणीय व्यक्तित्व हुन । दाक्षिणी पर्वतका त...

पर्यावरणीय न्यायका चिन्तक— आरके अदिप्त गिरी

आरके अदीप्त गिरी— प्रकृति, पर्यावरण तथा साहित्य, कला–संस्कृतिका अभियानकर्मी चिन्तक हुन आरके अदीप्त गिरी । पछिल्लो समय उनी कालीगण्डकी नदी दोहन विरुद्ध कुरुवा र...