एकनारायण न्यौपाने र आनन्द भुसाल एकर्कामा घनिष्ठ नाम हो । यी दुईजना पर्वतका लोकतान्त्रिक आन्दोलनका सक्रिय र उदाहरणीय व्यक्तित्व हुन । दाक्षिणी पर्वतका त खास व्यक्तित्व अथवा नाम हुन ।
२०४६ सालको आन्दोलन एकानारायण र आनन्द संगै लडेका हुन । त्यतिबेलै देखी यिनीहरु राजनीतिक रुपमा नजिक भए । एकनारायण आनन्दका विचमा केहि पारिवारिक नातेदारी सम्बन्ध पनि हो ।
लोकतान्त्रिक आन्दोलनमा सक्रिय यी दुइ युवा २०५४ सालको स्थानीय निर्वाचनमा गाविस अध्यक्ष उठे र निर्वाचित पनि भए । एक नारायण न्यौपाने तत्कालिन हुवास गाविस (हाल पैयुँ गाउंपालिका ४ ) को अध्यक्ष र आनन्द भुसाल तत्कालिन उरामपोखरा गाविसको अध्यक्ष हालको ( विहादी गाउंपालिका ५)को अध्यक्ष थिए । २०५४ सालमा वडा अध्यक्ष हुँदा एकनारायण ३० बर्ष र आनन्द २७ बर्षका भएको सुनाउँछन ।
वडा अध्यक्ष निर्वाचित भएपछि जनताका सेवासुविधाका कामहरु सल्लाह गरेर नै गर्थे । जिल्ला परिषदमा सदरमुकाम कुश्मा जानुपर्दा यी दुई जना संगै जाने गर्थे । कहिले एकनारायण उराम गएर बाच्छाको बाटो हुँदै कुश्मा निस्किन्थे । भने कहिले आनन्द उराम बाट हुवास जान्थे र पाखापानी लुँखुको बाटो हुँदै कुश्मा जान्थे । आनन्द र एकनारायण गाविस अध्यक्ष हुँदा जिल्ला विकास समिति अध्यक्ष गणेश तिमिल्सिना र उपाध्यक्ष टिकाराम भुसाल थिए ।
सामाजिक सेवा र सक्रिय राजनीति गर्दै अगाडी बढेका एकनारायण आनन्द २०५६ सालमा संस्थापक समितिमा बसेर नेपाल तरुण दल पर्वत स्थापना गरेका हुन । त्योबेला तरुण दल पर्वतको अध्यक्ष थिए दम बहादुर गुरुङ ।
एक नारायण र आनन्द सामाजिक संगतमा रहँदा थुप्रै अविस्मरणीय क्षण अथवा घटना विताएको सुनाउँछन । उनिहरु वडा अध्यक्ष रहेका बेला २०५६ सालमा तत्कालिन कम्युनिष्ट नेता प्रदिप नेपाल पर्वतको जिल्ला परिषद उद्घाटन गर्न आएका थिए । तर त्यो बेला एकनारायण आनन्दकै अगुवाइमा प्रतिवाद गरि नेता नेपाललाई जिल्ला परिषद उद्घाटन गर्न नदिई फर्काइएको उनिहरु सुनाउँछन ।
नेता नेपाललाई उद्घाटन गर्न नदिनुको एउटै कारण थियो- २०५० तिर जिविस सभापति एम प्रसाद गुरुङ र उपसभापति राम शर्मा पौडेल हुँदा, काँग्रेस नेता रामशरण महत जिल्ला परिषद उद्घाटक गर्न आउँदा एमाले खेमाले उद्घाटन गर्न दिइएको थिएन । त्यही रिष भनौ वा पार्टी प्रतिको निष्ठा र इमान्दारीताको कारणले उनिहरुले नेपाललाई उद्घाटक गर्न नदिई फिर्ता पठाएका थिए । प्रदिप नेपाले काठमाडौं फिर्ता भएपछि दृष्टी साप्ताहिकमा आनन्द एकनारायणको आलोचना व्याङ्ग्य गरी लेख लेखेको उनिहरु सम्झन्छन ।
नेपाली काँग्रेसको राजनीतिमा जान्ने भएदेखी सक्रिय रहेका एकनारायण आनन्द विगतमा आफुहरुको बढी मेलमिलाप भएका कारणले पार्टी वा पार्टी बाहिरका मान्छेले आफुहरुलाई विगतमा `लोग्ने स्वास्नी भनेर सम्बोधन गर्ने गरेको किस्सा सुनाउँछन । ल आए दक्षिणका युवा, लौ आए दक्षिणका आवाज, लौ आए लोग्ने स्वास्नी´ भनेर कुनै बैठकमा पुग्दा अरुले सुनाउने गरेको किस्सा उनिहरु सम्झिन्छन ।
स्थानीय गाउँ वडा तहदेखी जिल्लातहसम्मका संगठन, पार्टीको काम र सामाजिक सेवामा मै जिवन बिताएका यी दुई पात्रा २०५४ सालमा एकनारायण न्यौपाने तत्कालिन हुवास गाविसको अध्यक्ष र आनन्द भुसाल उरामपोखराको अध्यक्ष हुनुबाहेक अरु कुनै राजकीय अवसर यिनीहरु सामु आएको छैन वा काँग्रेस पार्टीले दिएको छैन ।
काँग्रेसको १० औँ महाधिवेशनमा एकनाराय न्यौपाने पर्वत क्षेत्र नम्बर २ को पार्टी सभापति भए । काँग्रेस प्रजातान्त्रिक हुँदा दुवैजना महासमिति सदस्य भए । पार्टी एकीकरण भएपछि समग्रतामा पार्टीकै काममा लागिरहेका छन ।
देश संघीय संरचनामा गएपछि २०७४ सालमा भएको स्थानीय तहको निर्वाचनमा आनन्द पैयुँ गाउँपालिकाको अध्यक्ष को आकांक्षी थिए तर पछि खगेद्र तिवारीलाई समर्थन गर्दै एकल सिफारिस गरी जिल्ला पठाएका थिए । ७४ मै उता आनन्द विहादी गाउँपालिकाको अध्यक्षका लागि आकांक्षी थिए । सिफारिस पनि भएर जिल्लामा नाम पुगेको थियो तर टिकट पाएनन ।
त्यस्तै २०७९ को निर्वाचनमा पनि एकनारायणको पैयुँ गाउँपालिकाको अध्यक्ष र आनन्दको विहादी गाउँपालिकाको अध्यक्षको आकांक्षी थिए । दुबैजनाको नाम सिफारिस भएर जिल्लामा पुगेको थियो, तर पार्टीले उनिहरुलाई टिकट दिएन । आगामी दिनमा के हुन्छ समयले बताउला ।
राजनीतिका कठोर कालखण्ड, दु:खसुख, सामाजिक यात्राका अवस्मरणीय पानाहरु साझेदार गर्दै ३७ बर्ष विताएको आनन्द एकनारायणको जोडी राजनीतिक वृत्तमा एक चर्चित जोडी हो । आजानि उनिहरु राजनीतिक फिल्डमै छन ।



