वितेको पाँच महिना अंघि याम परियार `शिव´ प्रदेश अस्पताल (पर्वत जिल्ला अस्पताल)को अध्यक्ष´भएका हुन । अध्यक्ष भएकै दिनदेखी स्वास्थ्य सेवा धेरै भन्दा धेरै कसरी नागरीक तहसम्म पुराउन सकिन्छ भनेर लागि परेका छन । अध्यक्ष यात्रा ५ महिना पुग्दा नपुग्दै उनको काम जिल्लाभरी प्रवाह भएको छ ।
जिल्लाको ठुलो सरकारी अस्पताल स्थानिय गाउँतहका स्वास्थ्य संस्थाको अभिभावक हो । नागरिकको पनि बढी अपेक्षा हुन्छ । त्यो अभिभावकत्व र अपेक्षालाई याम परियारको नेतृत्वले पुरा गर्दैछ । अस्पतालको आवश्यकीय सुधार, सेवा प्रवाह चुस्त गराउनुपर्ने काम एकातिर छ भने अर्कोतर्फ नागरिक तहसम्म अस्पताल कसरी पुग्न सक्दोरहेछ भनेर उदाहरण नै पेश गरेको छ पर्वत अस्पतालले यसपटक ।
नागरिकलाई स्वास्थ्य सेवा सचेतना दिन अध्यक्ष परियार डाक्टरको टोलीनै बोकेर गाउँ बस्तीतिर धेरै देखिन्छन । यता अस्पतालबाट दिने सेवा रोकेर गाउँ गएका भने हैनन । अस्पतालमा सेवामा टिम लागि परिनै रहेको छ । कुशल व्यवस्थापनबाट एक ठाउँ सदरमुकाममा रहेको अस्पताल जिल्लैभरी कसरी पुग्न सक्ने रहेछ भन्ने देखिएको छ ।
अस्पताल संवेदनशिल क्षेत्र हो । यस क्षेत्रमा काम गर्ने मान्छेले सहजै जस पाउन मुस्किल पर्छ । नागरिकका अपेक्षा धेरै हुन्छन । साधन स्रोत, नियमको सिमितता छ । तर अनेक झन्झटका बिच धेरै भन्दा धेरै स्वस्थ्य सेवा दिनु अर्को राम्रो काम हो । जतिनै कुरा गरे पनि स्वास्थ्य संस्थाको सबैभन्दा मुख्य काम स्वास्थ्य सेवा नै दिने हो । यस मानेमा यो पटक पर्वत अस्पतालको टिम देखिने गरि लागेको छ । कुराले हैन कामले लागेको छ । कुशल व्यवस्थापन टिम, डाक्टर, जोडिएका सबै निकायको इच्छाशक्ति र सकारात्मक सोचले यो संभव भएको हो । यो संधै रहिरहोस ।
हामिलाई कुरा मात्रै गर्ने मान्छे भन्दा काम बढी गर्ने मान्छे चाहिएको हो `गो अहेड´ शिव परियार, अस्पताल टिम ।



