20.3 C
Nepal
Thursday, September 10, 2026
बिहिबार, भदौ २५, २०८३
Thursday, September 10, 2026
spot_img

डा. मीरा थापा: नेपालमा निःसन्तानको समस्या बढ्दो छ

शेयर गर्नुहोस्

निःसन्तानको समस्या अहिलेको जल्दोबल्दो समस्या हो । समयमा पौष्टिक आहार नखाने, जीवनशैलीमा ध्यान नदिने जस्ता कारणले गर्दा हिजोआज धेरैमा निःसन्तान सम्बन्धी समस्या देखिने गर्छ । पछिल्लो समय बढेको बुढेशकालमा विवाह गर्ने प्रचलनले पनि निःसन्तान बढाउने गरेको चिकित्सकहरु बताउँछन् ।

विश्वको तथ्यांकलाई हेर्ने हो भने महिला र पुरुषमा देखिने निःसन्तान सम्बन्धी समस्या १५ प्रतिशतसम्म देखिन्छ । यो नेपालमा झनै धेरै छ । यही प्रसंगमा निःसन्तान सम्बन्धी समस्या र त्यसको समाधानको विषयमा विशेषज्ञ डा. मीरा थापासँग गरिएको कुराकानी :

किन हुन्छ निःसन्तान ?

कुनैपनि प्रजनन् योग्य उमेरमा सन्तानोत्पादनका लागि नियमित शारीरिक सम्पर्क राख्दा पनि विभिन्न कारणले गर्भधारण हुन नसक्नुलाई निःसन्तान सम्बन्धी समस्या भनिन्छ । चिकित्सकहरुका अनुसार सन्तान हुने/नहुने विषय विवाहित दम्पतिको पेसा, जीवनशैली, स्वभाव, पारिवारिक वातारण आदिमा भर पर्छ ।

निःसन्तानको समस्या भोगेकाहरुबाट बच्चा नै हुँदैन र भइहाले पनि तुहिने, बिग्रिने जस्ता समस्याहरु निम्तिन्छन् । निःसन्तानको समस्या डिम्बवाहिनी नली बन्द हुनु, पुरुषको वीर्य उत्पादन क्षमता कम हुनु, डिम्ब उत्पादन गर्ने हर्माेनको मात्रामा कमी आउनु जस्ता कारणले निम्तिन्छ । निःसन्तान सम्बन्धी समस्या पुरुषको कारणले, महिलाको कारणले र दुवैको कारणले पनि हुने गर्छ ।

कस्तो छ नेपालमा निःसन्तान सम्बन्धी अवस्था ?

नेपालमा अहिले निःसन्तानको समस्या बढ्दो मात्रामा छ । नेपालमा अहिले महिला र पुरुष दुवैमा निःसन्तानको समस्या हुने दर २० प्रतिशत पुगेको छ । विश्वभरका कुल प्रजनन् योग्य जनसंख्याको १५ प्रतिशतमा निःसन्तान सम्बन्धी समस्या देखिन्छ ।

अहिले खानपानमा आएको परिवर्तन लगायतका कारणले गर्दा नेपालमा निःसन्तानको समस्या देखिने गर्छ । खाडी मुलुकमा काम गर्न जाने युवाहरुमा पनि यस्तो समस्या धेरै देखिन्छ । यसबाहेक पनि ढिला विवाह हुनु, करियर ओरिएन्टेड हुनु जस्ता कारणले पनि निः सन्तान गराउने सम्भावना धेरै हुन्छ ।

यसबाहेक पनि नेपालमा तरकारीमा हुने बढी रासायनिक मलको प्रयोग आदि कारणले पनि समस्या सिर्जना गराउँछ ।

अहिले नेपालमा महिलामा नि:सन्तान सम्बन्धी समस्या ४० प्रतिशतमा र पुरुषमा पनि ४० प्रतिशत नै बाँझोपनाको समस्या देखिने गरेको छ ।

निःसन्तान सम्बन्धी समस्या निको हुन्छ कि हुन्न ?

निःसन्तानको समस्या निको हुने समस्या हो । तर यो कुन स्तरमा छ ? भन्ने आधारमा यो तय हुन्छ । सामान्य अवस्थाको निःसन्तान सम्बन्धी समस्या छ भने त्यस्तो अवस्थामा काउन्सिलिङबाट पनि यसको समाधान खोज्न सकिन्छ । जटिल खालको निःसन्तान सम्बन्धी समस्यालाई भने वैकल्पिक उपाय अपनाउनुपर्ने हुन्छ ।

जस्तो अण्डा उत्पादनमा कमी आउनु, बढी उमेर, महिलाको  अण्डकोश र पुरुषको नलीमा हुने ट्युब ब्लक हुनु जस्ता समस्याले पनि निःसन्तानको समस्या देखिन्छ ।

जस्तो, ४० वर्षपछि औषधि दिएर निःसन्तानको समाधान सम्भव हुँदैन । कतिपय अवस्थामा हर्माेन साइलेन्स अवस्था भएर पनि निःसन्तान सम्बन्धी समस्या सिर्जना हुन्छ ।

नेपालमा टेस्ट ट्युब बेबी कति सफल छ ?

बाबुको शुक्रकिट र आमाको डिम्बलाई आमाको गर्भाशयभन्दा बाहिर प्रजननको लागि तयार पार्ने प्रविधि नै टेस्ट ट्युब बेबी हो । यस्तो प्रक्रियालाई अँग्रेजीमा इन् भिट्रो फर्टिलाइजेसन भनिन्छ । आमाको डिम्ब र बाबुको शुक्रकिटलाई ल्याबमा निकालिने भएकोले यसलाई टेस्ट ट्युब बेबी भनिएको हो ।

यो प्रविधिमा सबै अभ्यास सफल हुन्छ नै भन्ने हुँदन । कतिपय विकसित मुलुकहरुमा टेस्ट ट्युब बेबीको सफलता दर ७० प्रतिशतसम्म छ । तर नेपालमा भने अहिलेको अवस्थामा यसको दर ३५–५० प्रतिशत मात्रै सफलताको दर देखिन्छ । टेस्ट ट्युब बेबी धेरै जोखिमपूर्ण हुँदैन । नेपालमा एउटा टेस्ट ट्युब बेबीको मूल्य ३ लाखदेखि साढे ३ लाख रुपैयाँसम्म लाग्ने गर्छ ।

शेयर गर्नुहोस्

अभिलेख खबर डटकममा कुनै लेख, समाचार, सूचना, विज्ञापन सामाग्री प्रकाशन गर्न चहानुहुन्छ भने abhilekhkhabar@gmail.com मा मेल गर्नुहोस् । हामीसंग फेसबुक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।

spot_img

ताजा खबर

सम्बन्धित खवर

इमान्दार व्यक्तित्व, शालिन स्वाभाव र कुशल संगठक- मोति

पर्वत जिल्लाको सामाजिक राजनीतिक आन्दोलनका अनवरत यात्री हुन मोति प्रसाद पौडेल । मोतिको लामो समय समाजको परिवर्तनका भोकमा विताए । जनताको सुख सुविधा, राजनीतिक...

राजनीतिमा सामाजिक नेतृत्व संस्कृतिको प्रतिबिम्ब

नेपालमा पछिल्ला केही वर्ष यता राजनीतिक सुधारको माग तीव्र रूपमा उठिरहेको छ। सुशासन, उत्तरदायी राजनीति, नेतृत्व सुधार र संस्थागत सुदृढीकरण बारे सार्वजनिक बहस निरन्तर...

अस्पताल बोकेर गाउँमा- शिव

वितेको पाँच महिना अंघि याम परियार `शिव´ प्रदेश अस्पताल (पर्वत जिल्ला अस्पताल)को अध्यक्ष´भएका हुन । अध्यक्ष भएकै दिनदेखी स्वास्थ्य सेवा धेरै भन्दा धेरै कसरी...

अस्थिर राजनीति, अवरुद्ध विकास र युवा पलायन: निर्णायक मोडमा नेपाल

आफ्नो जागिरका दिनहरूमा पनि सक्रिय राजनीति गर्ने गरेका एकजना पुर्व सरकारी कर्मचारी हालै छोरा वुहारी भेट्न युरोप पुगेर उताको बसाइँबाट फर्किएपछि आजकल नेपाली राजनीतिक...

सामाजिक, राजनीतिक यात्राका प्रेमिल जोडी `एकनारायण आनन्द´-

एकनारायण न्यौपाने र आनन्द भुसाल एकर्कामा घनिष्ठ नाम हो । यी दुईजना पर्वतका लोकतान्त्रिक आन्दोलनका सक्रिय र उदाहरणीय व्यक्तित्व हुन । दाक्षिणी पर्वतका त...

रेखा गुरुङ को हुन, कसरी बनिन मन्त्री ?

पर्वत जिल्लाबाट गण्डकी प्रदेशमा प्रतिनिधित्व गर्ने नेपाली कांग्रेसका सांसद रेखा गुरुङ गण्डकी प्रदेशको सामाजिक विकास युवा तथा खेलकुद मन्त्री नियुक्त भएकी छन । कांग्रेस...