24 C
Nepal
Friday, September 11, 2026
शुक्रबार, भदौ २६, २०८३
Friday, September 11, 2026
spot_img

नेपाल र भारतबीचको दोस्रो मैत्रीपूर्ण खेल आज

दुवै टिम जित्ने लक्ष्यका साथ मैदान उत्रिदै

शेयर गर्नुहोस्

२० भदौ, काठमाडौं । नेपाली फुटबल टिम र भारतीय फुटबल टीमबीच आज दोस्रो मैत्रीपूर्ण खेल हुँदैछ ।

साफ च्याम्पियनसिपको तयारीमा रहेको भारत दुई मैत्रपूर्ण खेलको लागि नेपाल आएको हो । बिहीबार भएको पहिलो मैत्रीपूर्ण खेलमा दुवै टोलीले १-१ गोल गरेका थिए । अब दोस्रो खेलमा दुवै टिम प्रदर्शन सुधार गर्दै जित हात पार्ने लक्ष्यका साथ मैदान उत्रने छन् ।

नेपाल पनि विगत दुई महिना देखि साफ च्याम्पियनसिपको तयारी गरिरहेको छ । त्यही तयारीका स्वरुप नै भारतसंग मैत्रपूर्ण खेल आयोजना गरेको हो ।

दोस्रो खेलअघि शनिबार नेपाली टिमले एन्फा कम्प्लेक्स सातदोबाटोमा प्रशिक्षण गरेको थियो ।

भारतीय टिमले भने बिहान सोल्टी होटलबाहिरै हल्का स्ट्रेचिङ गरेको थियो । यस्तै दिउँसो भद्रकालीस्थित आर्मी हेडक्वाटरमा प्रशिक्षण गरेको भारतीय फुटबल संघले जनाएको छ । संघले दोस्रो खेलमा अझ राम्रो प्रदर्शन गर्ने समेत जनाएको छ ।

पहिलो खेलअघि प्रिम्याच कन्फ्रेन्समा नेपालका प्रशिक्षक अबदुल्लाह अलमुताईरीले भारत बलियो टिम भए पनि जितकै लागि खेल्ने बताएका थिए । तर पहिलो खेल बराबरी भएपछि उनले नेपाली समर्थकसँग माफी माग्दै अझै सुधार गर्नुपर्ने बताए । भारतीय प्रशिक्षक इगोर स्टिमाकले भने भारत अझै २-३ गोलको हकदार भएको बताएका थिए ।

दुवै प्रशिक्षकको भनाइले पनि जितकै लागि खेलेको प्रष्ट हुन्छ । दोस्रो खेलमा जितकै लागि खेल्ने यो भनाइले संकेत गर्छ ।

पहिलो खेल हुने अघिल्लो दिन मात्र अखिल नृपाल फुटबल संघ एन्फाले सरकार र सीसीएमसीबाट दर्शक प्रवेशका लागि अनुमति प्राप्त गरेपछि पहिलो खेल करिब पाँच हजार दर्शकले दशरथ रंगशालामै पुगेर हेरेका थिए ।

गत चैतमा नेपालमै आयोजना भएको थ्री नेशन्स कप फुटबलमा पनि दर्शकलाई प्रवेश अनुमति थियो । तर वैशाख-जेठमा भएको नेपाल सुपर लिगमा भने निषेधाज्ञाका कारण दर्शक प्रवेश अनुमति थिएन ।

नेपाल र भारत दुवै टिम अहिले माल्दिभ्समा अक्टोबरमा हुने साफ च्याम्पियनसिपको तयारीमा छन् । त्यसै तयारी अन्तर्गत मैत्रीपूर्ण खेल आयोजना भएको हो । यसै खेलमार्फत दुवै टिम आफ्नो कमजोरीलाई सुधार गर्दै साफका लागि तयार हुन चाहन्छन् ।

नेपाली टिम भारतसँगको खेलपछि सेप्टेम्बर १० मा थप बन्द प्रशिक्षणका लागि कतार जानेछ र उतैबाट सेप्टेम्बर २७ मा साफका लागि माल्दिभ्स प्रस्थान गर्ने कार्यक्रम छ ।
साफ अक्टोबर १ देखि १६ सम्म आयोजना हुनेछ ।

नेपाल र भारतबीच दोस्रो खेल आईतबार साँझ ५:३० बजे त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सुरु हुनेछ ।

नेपालले भारतलाई ८ वर्षयता हराउन सकेको छैन । सन् २०१३ मा नेपालमै भएको साफ च्याम्पियनसिपमा नेपालले भारतलाई समूह चरणमै २-१ ले पराजित गरेको थियो । भारतले भने पछिल्लो पटक सन् २०१७ मा मुम्बईमा भएको मैत्रीपूर्ण खेलमा नेपाललाई २-० ले पराजित गरेको थियो ।

नेपाल र भारतबीच अहिलेसम्म २० खेल हुँदा नेपालले २ खेलमात्र जितेको छ । भारतले १३ खेल जित्दा ५ खेल बराबरीमा सकिएको छ ।

नेपाल भारतबीच जुन खेल हुँदा पनि त्यसको छुट्टै महत्व हुन्छ र चर्चा हुन्छ । फुटबल विश्वव्यापी रुपमै चर्चित खेल भएकोले पनि यसको चर्चा झन् बढी हुनु स्वभाविक हो ।

त्यसमा पनि दक्षिण एसियाका यी दुई छिमेकी राष्ट्रको फुटबल राईभर्ली पनि चर्चित नै छ ।

नतिजा जस्तो आए पनि दुवै टिम हार्न चाहँदैन । अर्को टिमलाई हराएर जित नै हात पार्न चाहन्छ ।

पहिलो खेलमा सुरुमा गोल खाएपछि भारतीय बेन्च नै तनावपूर्ण बनेको थियो । अलमुताइरिको आगमनपछि नेपाली टिमको मानसिकतामा परिवर्तन आएको छ र अन्तिमसम्मै आक्रमक रुपमा खेल्न थालेको छ ।

सन् २०१३ मा अनिल गुरुङ र जुमानु राईको गोलमा भारतलाई हराएको नेपाल फेरि एकपटक भारतलाई घरेलुमैदानमा हराउन चाहन्छ । उता थोरै समय मात्र सँगै प्रशिक्षण गर्न पाएको भारत पनि दोस्रो खेलमा सुधारिएको प्रदर्शन गर्ने लक्ष्मा छ ।

पहिलो खेलमा नेपालका कप्तान तथा गोलकिपर किरण चेम्जोङले पूर्व कप्तान विराज महर्जनको नाममा रहेको सर्वाधिक ७३ खेल खेल्ने कीर्तिमान बराबरी गरेका थिए । भारतविरुद्धको दोस्रो खेलमा मैदान उत्रिएपछि किरण विराजलाई पछि पार्दै नेपालका लागि सर्वाधिक खेल खेल्ने खेलाडी बन्नेछन् । उनको नाममा ७४ क्याप हुनेछ ।

यस्तै पहिलो खेलमा युवा मिडफिल्डर नितिन थापाले डेब्यु गर्ने अवसर पाएका थिए । यस्तै १८ वर्षीय आयुष घलानले पनि पहिलो पटक पहिलो रोजाइमा खेलेका थिए । दोस्रो खेलमा अबदुल्लाहले कस्तो रणनीतिमा खेलाउँछन् हेर्न बाँकी छ । नेपाली टिममा रहेका मध्ये गोलकिपर विशाल श्रेष्ठ र दीप कार्की अनि डिफेण्डर राजन गुरुङले डेब्यु गर्न बाँकी छ ।

अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल

नेपाल भर्सेस भारत

मिति : २०७८ भदौ २० गते
समय : साँझ ५:३० बजे
स्थान : दशरथ रंगशाला, त्रिपुरेश्वर

शेयर गर्नुहोस्

अभिलेख खबर डटकममा कुनै लेख, समाचार, सूचना, विज्ञापन सामाग्री प्रकाशन गर्न चहानुहुन्छ भने abhilekhkhabar@gmail.com मा मेल गर्नुहोस् । हामीसंग फेसबुक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।

spot_img

ताजा खबर

सम्बन्धित खवर

इमान्दार व्यक्तित्व, शालिन स्वाभाव र कुशल संगठक- मोति

पर्वत जिल्लाको सामाजिक राजनीतिक आन्दोलनका अनवरत यात्री हुन मोति प्रसाद पौडेल । मोतिको लामो समय समाजको परिवर्तनका भोकमा विताए । जनताको सुख सुविधा, राजनीतिक...

राजनीतिमा सामाजिक नेतृत्व संस्कृतिको प्रतिबिम्ब

नेपालमा पछिल्ला केही वर्ष यता राजनीतिक सुधारको माग तीव्र रूपमा उठिरहेको छ। सुशासन, उत्तरदायी राजनीति, नेतृत्व सुधार र संस्थागत सुदृढीकरण बारे सार्वजनिक बहस निरन्तर...

अस्पताल बोकेर गाउँमा- शिव

वितेको पाँच महिना अंघि याम परियार `शिव´ प्रदेश अस्पताल (पर्वत जिल्ला अस्पताल)को अध्यक्ष´भएका हुन । अध्यक्ष भएकै दिनदेखी स्वास्थ्य सेवा धेरै भन्दा धेरै कसरी...

अस्थिर राजनीति, अवरुद्ध विकास र युवा पलायन: निर्णायक मोडमा नेपाल

आफ्नो जागिरका दिनहरूमा पनि सक्रिय राजनीति गर्ने गरेका एकजना पुर्व सरकारी कर्मचारी हालै छोरा वुहारी भेट्न युरोप पुगेर उताको बसाइँबाट फर्किएपछि आजकल नेपाली राजनीतिक...

सामाजिक, राजनीतिक यात्राका प्रेमिल जोडी `एकनारायण आनन्द´-

एकनारायण न्यौपाने र आनन्द भुसाल एकर्कामा घनिष्ठ नाम हो । यी दुईजना पर्वतका लोकतान्त्रिक आन्दोलनका सक्रिय र उदाहरणीय व्यक्तित्व हुन । दाक्षिणी पर्वतका त...

रेखा गुरुङ को हुन, कसरी बनिन मन्त्री ?

पर्वत जिल्लाबाट गण्डकी प्रदेशमा प्रतिनिधित्व गर्ने नेपाली कांग्रेसका सांसद रेखा गुरुङ गण्डकी प्रदेशको सामाजिक विकास युवा तथा खेलकुद मन्त्री नियुक्त भएकी छन । कांग्रेस...