28.4 C
Nepal
Friday, September 11, 2026
शुक्रबार, भदौ २६, २०८३
Friday, September 11, 2026
spot_img

यस्तो हुनेछ नेकपा एकीकृत समाजवादी पार्टी, माधवकुमार नेपालले सुनाए योजना

चुनावमा पाँच दलीय गठबन्धनबीच तालमेल

शेयर गर्नुहोस्

‘हामी पाँच दलीय गठबन्धनलाई बलियो बनाउन चाहन्छौं । अहिले हामी कुनै दलसँग पार्टी एकता गर्न गइरहेका छैनौं,’ उनले भने, ‘गठबन्धनसँग चुनावी तालमेल गरेर निर्वाचनमा जान्छौं ।’ उनले आफ्नो पार्टी नवीन सोच र मान्यताका साथ नेपालको कम्युनिस्ट आन्दोलनमा नयाँ ताराका रुपमा उदय भएको पनि प्रस्ट पारे । ‘क्षितिजमा चम्किरहेको नयाँ ताराले नयाँ आशा र विश्वास जनमानसमा सृष्‍टि गर्नेछ,’ उनले भने, ‘सबै पार्टी उस्तै हुन्, सबै नेता उस्तै हुन् भन्ने मान्यतालाई चिर्नेछ ।’

उनले जनतालाई अल्मल्याउन आफूहरु १० थरी कुरा नगर्ने पनि प्रस्ट पारे । ‘हामी यथार्थ कुरा बोल्ने छौं, त्यत्तिकै सपनाको तरेली, कल्पनाको उडानमा बग्दै जनतालाई अल्मल्याउन १० थरी कुरा गर्ने छैनौं ।’ नेपाल राष्ट्र र नेपाली जनता नै आफूहरुको सम्पूर्ण सोच, चिन्तन र व्यवहारको केन्द्र हुने उनले बताए । समाजलाई अग्रगमन र परिवर्तनका दिशामा लैजान लोकतन्त्रका मूल्य र मान्यतालाई आत्मसात गरेर अघि बढ्ने उनको भनाइ थियो ।

​लोकतान्त्रिक चरित्र र संस्कारलाई अवलम्बन गर्दै समाजवादतर्फको यात्रामा आफूहरु निरन्तर अघि बढ्ने उनले सुनाए । सामाजिक न्याय, समानता र समृद्धिका लागि अघि बढ्दै विभिन्न आन्दोलनका उपलब्धिको रक्षाका खातिर पार्टीलाई उभ्याउने उनले प्रस्ट पारे ।

मार्क्सवाद, लेनिनवादमा निष्ठा र आस्था राख्दै जबजको मूल्य र मान्यतालाई आत्मसात गर्दै नेकपा एकीकृत समाजवादी पार्टीलाई सबैखालका दक्षिणपन्थी भासबाट जोगाउन क्रियाशील हुने उनले बताए । अहिले नेपालको राजनीति र कम्युनिस्ट आन्दोलनमा विभिन्न विकृति र विसंगति रहेको भन्दै उनले समाज, राजनीति र पार्टीहरूमा भएका सबै खालका विकृति, विसंगति उन्मुलनका लागि दृढताका साथ जुट्ने पनि उनले बताए ।

पार्टीलाई देशभक्त र स्वाभिमानी शक्तिका रुपमा उभ्याउने दृढता प्रकट गर्दै उनले सर्वहारा वर्गको क्रान्तिकारी पार्टीका रुपमा गतिशील बनाउँदै अघि बढ्ने बताए । ‘यो पार्टी कुनै पद प्राप्ति, निजी स्वार्थको रक्षाका लागि होइन । निजी अहङ्कारबाट प्रेरित भएर अहंकार गर्न पनि होइन,’ उनले भने, ‘हामी देश, जनता र समाजप्रति समर्पित हुन्छौं । शान्ति, मानवअधिकारको पक्षमा हुनेछौं ।’

निजी क्षेत्र, सार्वजनिक क्षेत्र र सहकारी क्षेत्रलाई तालमेल मिलाएर राष्ट्रिय पूँजी विकास गर्ने लक्ष्य रहेको उनले बताए । नेपाली नमुनाको समाजवाद कस्तो हुनेछ भन्नेबारे बौद्धिक जगतको सुझाव लिइने उनको भनाइ छ ।

शेयर गर्नुहोस्

अभिलेख खबर डटकममा कुनै लेख, समाचार, सूचना, विज्ञापन सामाग्री प्रकाशन गर्न चहानुहुन्छ भने abhilekhkhabar@gmail.com मा मेल गर्नुहोस् । हामीसंग फेसबुक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।

spot_img

ताजा खबर

सम्बन्धित खवर

इमान्दार व्यक्तित्व, शालिन स्वाभाव र कुशल संगठक- मोति

पर्वत जिल्लाको सामाजिक राजनीतिक आन्दोलनका अनवरत यात्री हुन मोति प्रसाद पौडेल । मोतिको लामो समय समाजको परिवर्तनका भोकमा विताए । जनताको सुख सुविधा, राजनीतिक...

राजनीतिमा सामाजिक नेतृत्व संस्कृतिको प्रतिबिम्ब

नेपालमा पछिल्ला केही वर्ष यता राजनीतिक सुधारको माग तीव्र रूपमा उठिरहेको छ। सुशासन, उत्तरदायी राजनीति, नेतृत्व सुधार र संस्थागत सुदृढीकरण बारे सार्वजनिक बहस निरन्तर...

अस्पताल बोकेर गाउँमा- शिव

वितेको पाँच महिना अंघि याम परियार `शिव´ प्रदेश अस्पताल (पर्वत जिल्ला अस्पताल)को अध्यक्ष´भएका हुन । अध्यक्ष भएकै दिनदेखी स्वास्थ्य सेवा धेरै भन्दा धेरै कसरी...

अस्थिर राजनीति, अवरुद्ध विकास र युवा पलायन: निर्णायक मोडमा नेपाल

आफ्नो जागिरका दिनहरूमा पनि सक्रिय राजनीति गर्ने गरेका एकजना पुर्व सरकारी कर्मचारी हालै छोरा वुहारी भेट्न युरोप पुगेर उताको बसाइँबाट फर्किएपछि आजकल नेपाली राजनीतिक...

सामाजिक, राजनीतिक यात्राका प्रेमिल जोडी `एकनारायण आनन्द´-

एकनारायण न्यौपाने र आनन्द भुसाल एकर्कामा घनिष्ठ नाम हो । यी दुईजना पर्वतका लोकतान्त्रिक आन्दोलनका सक्रिय र उदाहरणीय व्यक्तित्व हुन । दाक्षिणी पर्वतका त...

रेखा गुरुङ को हुन, कसरी बनिन मन्त्री ?

पर्वत जिल्लाबाट गण्डकी प्रदेशमा प्रतिनिधित्व गर्ने नेपाली कांग्रेसका सांसद रेखा गुरुङ गण्डकी प्रदेशको सामाजिक विकास युवा तथा खेलकुद मन्त्री नियुक्त भएकी छन । कांग्रेस...