20.3 C
Nepal
Thursday, September 10, 2026
बिहिबार, भदौ २५, २०८३
Thursday, September 10, 2026
spot_img

एमसीसी पारितसँगै गठबन्धन झन् बलियो-प्रधानमन्त्री देउवा

शेयर गर्नुहोस्

गठबन्धन दलहरुको सहमतीमा मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौता पारित गर्ने सपना प्रधानमन्त्री शेरबहादुर देउवाले अन्तत: पूरा गरेका छन् ।

आइतबार १२ बुँदे व्याख्यात्मक घोषणासहित एमसीसी प्रतिनिधि सभाबाट पारित भएको छ । सभामुख अग्निप्रसाद सापकोटाले आइतबार संसदबाट एमसीसी ध्वनी मतका साथ पास भएको घोषणा गरे । एमसीसी संसदबाट पारित भएसँगै गठबन्धन झन बलियो भएको देखिएको छ ।

एमसीसीकै कारण टुट्ने अवस्थामा पुगेको एमसीसी अन्तिममा आएर बलियो हुन पुग्यो । एमसीसी पारित गर्न सहयोग गर्ने निर्णयमा पुगेका नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादी पार्टी सहमतीमा आए ।

एमसीसी कै कारण सत्ता गठबन्धन टुट्ने सम्भावना देखिएपछि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल प्रधानमन्त्री देउवालाई सहयोग गर्न तयार भए ।

प्रचण्ड र माधवले आफ्नो अडान नछोडेपछि नेपाली कांग्रेसका सभापति समेत रहेका देउवा गठबन्धनको वास्ता नगरी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली तर्फ ढल्किएका थिए । ओली तर्फ देउवा ढल्कदा ओली नै फेरि सत्तामा आउने र सत्ता गठबन्धन संकटमा पर्ने डरले प्रचण्ड र माधव व्याख्यात्मक घोषणासहित एमसीसी पारित गर्न तयार भए ।

माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जसपा आइतबार मात्र एमसीसी पारित गर्न सहमत भएका थिए । गठबन्धन दलहरु र एमसीसीभित्र उठेका शंका र आशंका चिर्न नै व्याख्यात्मक घोषणा गरिएको काग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेल बताउछन् । उनका अनुसार एमसीसी पारित गर्न सहमती जनाएसँगै गठबन्धन झन कसिलो बन्दै गएको पौडेलको भनाई छ ।

शेयर गर्नुहोस्

अभिलेख खबर डटकममा कुनै लेख, समाचार, सूचना, विज्ञापन सामाग्री प्रकाशन गर्न चहानुहुन्छ भने abhilekhkhabar@gmail.com मा मेल गर्नुहोस् । हामीसंग फेसबुक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।

spot_img

ताजा खबर

सम्बन्धित खवर

इमान्दार व्यक्तित्व, शालिन स्वाभाव र कुशल संगठक- मोति

पर्वत जिल्लाको सामाजिक राजनीतिक आन्दोलनका अनवरत यात्री हुन मोति प्रसाद पौडेल । मोतिको लामो समय समाजको परिवर्तनका भोकमा विताए । जनताको सुख सुविधा, राजनीतिक...

राजनीतिमा सामाजिक नेतृत्व संस्कृतिको प्रतिबिम्ब

नेपालमा पछिल्ला केही वर्ष यता राजनीतिक सुधारको माग तीव्र रूपमा उठिरहेको छ। सुशासन, उत्तरदायी राजनीति, नेतृत्व सुधार र संस्थागत सुदृढीकरण बारे सार्वजनिक बहस निरन्तर...

अस्पताल बोकेर गाउँमा- शिव

वितेको पाँच महिना अंघि याम परियार `शिव´ प्रदेश अस्पताल (पर्वत जिल्ला अस्पताल)को अध्यक्ष´भएका हुन । अध्यक्ष भएकै दिनदेखी स्वास्थ्य सेवा धेरै भन्दा धेरै कसरी...

अस्थिर राजनीति, अवरुद्ध विकास र युवा पलायन: निर्णायक मोडमा नेपाल

आफ्नो जागिरका दिनहरूमा पनि सक्रिय राजनीति गर्ने गरेका एकजना पुर्व सरकारी कर्मचारी हालै छोरा वुहारी भेट्न युरोप पुगेर उताको बसाइँबाट फर्किएपछि आजकल नेपाली राजनीतिक...

सामाजिक, राजनीतिक यात्राका प्रेमिल जोडी `एकनारायण आनन्द´-

एकनारायण न्यौपाने र आनन्द भुसाल एकर्कामा घनिष्ठ नाम हो । यी दुईजना पर्वतका लोकतान्त्रिक आन्दोलनका सक्रिय र उदाहरणीय व्यक्तित्व हुन । दाक्षिणी पर्वतका त...

रेखा गुरुङ को हुन, कसरी बनिन मन्त्री ?

पर्वत जिल्लाबाट गण्डकी प्रदेशमा प्रतिनिधित्व गर्ने नेपाली कांग्रेसका सांसद रेखा गुरुङ गण्डकी प्रदेशको सामाजिक विकास युवा तथा खेलकुद मन्त्री नियुक्त भएकी छन । कांग्रेस...