गठबन्धन दलहरुको सहमतीमा मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौता पारित गर्ने सपना प्रधानमन्त्री शेरबहादुर देउवाले अन्तत: पूरा गरेका छन् ।
आइतबार १२ बुँदे व्याख्यात्मक घोषणासहित एमसीसी प्रतिनिधि सभाबाट पारित भएको छ । सभामुख अग्निप्रसाद सापकोटाले आइतबार संसदबाट एमसीसी ध्वनी मतका साथ पास भएको घोषणा गरे । एमसीसी संसदबाट पारित भएसँगै गठबन्धन झन बलियो भएको देखिएको छ ।
एमसीसीकै कारण टुट्ने अवस्थामा पुगेको एमसीसी अन्तिममा आएर बलियो हुन पुग्यो । एमसीसी पारित गर्न सहयोग गर्ने निर्णयमा पुगेका नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादी पार्टी सहमतीमा आए ।
एमसीसी कै कारण सत्ता गठबन्धन टुट्ने सम्भावना देखिएपछि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल प्रधानमन्त्री देउवालाई सहयोग गर्न तयार भए ।
प्रचण्ड र माधवले आफ्नो अडान नछोडेपछि नेपाली कांग्रेसका सभापति समेत रहेका देउवा गठबन्धनको वास्ता नगरी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली तर्फ ढल्किएका थिए । ओली तर्फ देउवा ढल्कदा ओली नै फेरि सत्तामा आउने र सत्ता गठबन्धन संकटमा पर्ने डरले प्रचण्ड र माधव व्याख्यात्मक घोषणासहित एमसीसी पारित गर्न तयार भए ।
माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जसपा आइतबार मात्र एमसीसी पारित गर्न सहमत भएका थिए । गठबन्धन दलहरु र एमसीसीभित्र उठेका शंका र आशंका चिर्न नै व्याख्यात्मक घोषणा गरिएको काग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेल बताउछन् । उनका अनुसार एमसीसी पारित गर्न सहमती जनाएसँगै गठबन्धन झन कसिलो बन्दै गएको पौडेलको भनाई छ ।



