9.1 C
Nepal
Monday, January 26, 2026
सोमवार, माघ १२, २०८२
Monday, January 26, 2026
spot_img

काश्मिरमा हिंसात्मक घटना : ६ दिनमा १० जनाको मृत्यु

शेयर गर्नुहोस्

भारत प्रशासित काश्मिरको दक्षिणी क्षेत्रमा भएको हिंसात्मक घटनामा छ दिनको अवधिमा १० जनाको मृत्यु भएको अधिकारीहरूले सोमबार बताएका छन् । काश्मिरको दक्षिणी क्षेत्र हिन्दू बहुल क्षेत्र हो र यहाँ पश्चिमी क्षेत्रको तुलनामा विरलै हिंसात्मक घटनाहरू हुने स्थानका रूपमा लिने गरिन्छ ।

मुस्लिम बाहुल्य हिमालय क्षेत्रका विद्रोही समूहहरूले दशकौंदेखि आफ्नो स्वतन्त्रता वा पाकिस्तानमा विलयका लागि लडेका छन्, जसले विभाजित क्षेत्रको सानो भागलाई नियन्त्रण गर्दछ । काश्मिरमा करिब ५० लाख भारतीय सैनिक तैनाथ छन् र यसको दक्षिणी भाग जम्मुमा अधिकांश हिन्दू र तुलनात्मक रूपमा शान्तिपूर्ण छ ।

तर भारत विरोधी विद्रोहीको आशङ्कामा दुई बन्दुकधारीले आइतबार दुर्गम गाउँ डाङ्ग्रीका घरहरूमा गोली चलाउँदा चार जनाको मृत्यु हुनुका साथै पाँच जना घाइते भएको प्रहरी अधिकारी मुकेश सिंहले सञ्चारकर्मीहरूलाई बताए ।

काश्मिरलाई भारत र पाकिस्तानबीच विभाजन गर्ने नियन्त्रण रेखा (एलओसी) नजिकको क्षेत्रमा प्रहरी र सुरक्षा बलले आक्रमणकारीको खोजी कार्य सुरु गरेका बताइएको छ ।  सोमबार एउटा घर नजिकै भएको विस्फोटमा परी सात वर्षीय बालक र अर्का एक व्यक्तिको मृत्यु भएको नाम नबताउने शर्तमा अर्का एक प्रहरी अधिकारीले एएफपीलाई बताए ।

नजिकै एउटा विस्फोट नभएको विस्फोटक पदार्थ पनि फेला परेको र विशेषज्ञ टोलीले त्यसलाई निस्क्रिय पारेको अधिकारीहरूले बताएका छन् । जम्मु शहरको एक चेकप्वाइन्टमा सरकारी सेना र संदिग्ध विद्रोहीबीच बुधबार भएको गोली हानाहानपछि केही व्यक्तिको मृत्यु भएको थियो ।

प्रहरीका अनुसार चार जना संदिग्ध विद्रोहीको मृत्यु भएको छ भने ट्रकका चालक फरार छन् । अधिकारीहरूका अनुसार गत वर्षभरी काश्मिर क्षेत्रमा भएका भिडन्तमा कम्तीमा १७२ जना संदिग्ध विद्रोही र २६ जना सशस्त्र बलका जवान मारिएका थिए ।

भारतीय काश्मिरमा पाँच वर्षभन्दा बढी समयदेखि निर्वाचित सरकार छैन र सन् २०१९ देखि नयाँ दिल्लीको प्रत्यक्ष नियन्त्रण छ । भारतले नियमित रूपमा पाकिस्तानलाई विद्रोहीहरूलाई समर्थन गरेको आरोप लगाउँदै आएको छ, तर इस्लामाबादले यसको खण्डन गर्दै आएको छ ।

पाकिस्तानका अनुसार उसले आत्मनिर्णयको अधिकारको लागि कश्मीरको संघर्षलाई कूटनीतिक समर्थन मात्र प्रदान गर्दछ ।

शेयर गर्नुहोस्

अभिलेख खबर डटकममा कुनै लेख, समाचार, सूचना, विज्ञापन सामाग्री प्रकाशन गर्न चहानुहुन्छ भने [email protected] मा मेल गर्नुहोस् । हामीसंग फेसबुक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।

spot_img

ताजा खबर

सम्बन्धित खवर

पर्यावरणीय न्यायका चिन्तक— आरके अदिप्त गिरी

आरके अदीप्त गिरी— प्रकृति, पर्यावरण तथा साहित्य, कला–संस्कृतिका अभियानकर्मी चिन्तक हुन आरके अदीप्त गिरी । पछिल्लो समय उनी कालीगण्डकी नदी दोहन विरुद्ध कुरुवा र...

गंगाराम परियारको `फूलै–फूलमा भमरा´गीति बजारमा(भिडीयो सहित)

गायक गंगाराम परियारले `फूलै–फूलमा भमरा नाचनी´ नामक लोकदोहोरी गीत सार्वजनिक भएको छ । विशेषगरी प्रेम कथामा आधारीत उक्त गित अडियो भिडियो सहित बजारमा आएको...

अर्जुन जोशी र नवराज गुरुङ : एकधारदेखि वारपारसम्म—

एक मन लाग्यो केहि नलेखौं । फेरी लाग्यो केहि त लेखौ । अर्जुन नवराजले पछिल्ला २ दिनको फरकमा २ छुट्टाछुट्टै पत्रकार सम्मेलन गरे,...

माओवादी र पछिल्लो पर्वत

नेकपा माओवादी— हुन त अहिले नेकपा माओवादी भन्न नमिल्ने हो । माओवादीको नाम धेरैपटक परिवर्तन भइसकेको छ । तर माओवादीको तत्कालीन ससत्र युद्ध वा...

राजनीतिक र सामाजिक क्षेत्रमा अनवरत – मिना

मिना केसी – राजनीतिक र सामाजिक क्षेत्रका एक अनवरत यात्री हुन् । २०५० को दशकदेखि पर्वत जिल्लाको समाजमा सत्य बोल्ने र सादगी जिवनशैलीमा देखिने...

रुक्मागत न्यौपाने : पर्वत जिल्लाका प्रेरणादायी उद्धमी —

रुक्मागत न्यौपाने अहिले उमेरले ६३ वर्षका भए । शारीरिक रुपमा `ख´ अपाङ्गता समूहमा पर्छन् उनी । सानैदेखि उनको गोडामा समस्या छ । तर उनलाई...