20.3 C
Nepal
Thursday, September 10, 2026
बिहिबार, भदौ २५, २०८३
Thursday, September 10, 2026
spot_img

कुश्मा ७ गोदामको मेला सम्पन्न, गन्नी एफ.सी पोखराले जित्यो फुटबल…

शेयर गर्नुहोस्

गोदाम युथ क्लब कुश्मा ७ गोदाम को आयोजनामा चैत्र ९ गते देखी संचालित 7- A साइड फुटबल प्रतियोगिता तथा साँस्कृतिक कार्यक्रम सम्पन्न भएको छ ।

फुटबल प्रतियोगितामा गन्नी एफ.सी पोखरा को टिम प्रथम भएको छ । प्रथम भए संगै गन्नी एफ सी पोखराले नगद १ लाख सहित सिल्ड मेडल र प्रमाणपत्र पाएको छ । फुटबल खेलमा दोस्रो पुरस्कार आयोजक टिम गोदाम युथ कल्बले जितेको छ । दोस्रो पुरस्कार नगद ५० हजार सिल्ड मेडल र प्रमाण पत्र रहेको छ । बिजेता खेलाडीहरुलाई कुश्मा नगरपालिका ७ का वडा अध्यक्ष परशुराम पुरीले सम्मान सहित पुरस्कर वितरण गरे ।

फुटबल खेलमा वेस्ट पेलेयरको उपाधि गोदाम युथ कल्बका राजिव श्रीसले पाएका छन । उनले द क्लिफ नेपालमा साइकलिङ गर्ने अवसर पाउनेछन् । वेस्ट किपरमा गन्नी एफ.सी पोखराका खेलाडी आकाश रानाभाट भएका छन । उनले स्वीङ्ग गर्ने अवसर पाउनेछन् । त्यस्तै वेष्ट कोच गोदाम युथ क्लबका सागर गिरी भएका छन । उनले नगद ५ हजार सहित प्रमाणपत्र र मेडिकल पाएका छन । वेस्ट मेडफिल्डर गोदाम युथ कल्बका अभिषेक रानाभाट भएका छन । उनले हार्नेस जिपलाइन गर्ने अवसर पाउनेछन् । हाइ स्कोरल गन्ने एफसी का खेलाडी विकास परियार भएका छन । उनले बन्जी गर्ने अवसर पाएका छन । त्यस्तै वेस्ट डिफेन्डर गोदाम युथ कल्बका प्रमिश गुरुङ भएका छन । उनले कुश्मामा जिपलाइन गर्ने अवसर पाएका छन । प्रत्येक खेलमा म्याम अफ दि म्याच छनोट गरि पुरस्कार दिइएको थियो ।कार्यक्रममा कलाकार तथा मेला सफल बनाउन योगदान पुर्याउने व्यक्तिहरुलाई सम्मान गरिएको थियो । कार्यक्रम बोल्दै वडा अध्यक्ष परशुराम पुरीले गोदाम युथ कल्बले एउटा ऐतिहासिक कार्यक्रम सम्पन्न गरेकोम आफु खुसी भएको बताए । अध्यक्ष पुरीले कार्यक्रमले कुश्मा ७ तथा गोदाम पहिचानलाई थप उजागर गरेको बताए ।

कार्यक्रम संयोजक सागर गिरीले देश विदेश बाट सबैको सहयोग सदभावले नै मेला सफल भएको बताउँदै सहयोग गर्ने सबैलाई आभार व्यक्त गरे । संयोजक गिरीले कुश्मा ७ र गोदामको कला प्रतिभाको पहिचान गर्न संधै लागि पर्ने बताए । गोदाम युथ कल्बका अध्यक्ष निर्माण खांण ठकुरीको अध्यक्षतामा भएको कार्यक्रमको संचालन संचारकर्मी ठाकुर रसाईली र अर्जुन थापाले गरेका थिए ।

शेयर गर्नुहोस्

अभिलेख खबर डटकममा कुनै लेख, समाचार, सूचना, विज्ञापन सामाग्री प्रकाशन गर्न चहानुहुन्छ भने abhilekhkhabar@gmail.com मा मेल गर्नुहोस् । हामीसंग फेसबुक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।

spot_img

ताजा खबर

सम्बन्धित खवर

इमान्दार व्यक्तित्व, शालिन स्वाभाव र कुशल संगठक- मोति

पर्वत जिल्लाको सामाजिक राजनीतिक आन्दोलनका अनवरत यात्री हुन मोति प्रसाद पौडेल । मोतिको लामो समय समाजको परिवर्तनका भोकमा विताए । जनताको सुख सुविधा, राजनीतिक...

राजनीतिमा सामाजिक नेतृत्व संस्कृतिको प्रतिबिम्ब

नेपालमा पछिल्ला केही वर्ष यता राजनीतिक सुधारको माग तीव्र रूपमा उठिरहेको छ। सुशासन, उत्तरदायी राजनीति, नेतृत्व सुधार र संस्थागत सुदृढीकरण बारे सार्वजनिक बहस निरन्तर...

अस्पताल बोकेर गाउँमा- शिव

वितेको पाँच महिना अंघि याम परियार `शिव´ प्रदेश अस्पताल (पर्वत जिल्ला अस्पताल)को अध्यक्ष´भएका हुन । अध्यक्ष भएकै दिनदेखी स्वास्थ्य सेवा धेरै भन्दा धेरै कसरी...

अस्थिर राजनीति, अवरुद्ध विकास र युवा पलायन: निर्णायक मोडमा नेपाल

आफ्नो जागिरका दिनहरूमा पनि सक्रिय राजनीति गर्ने गरेका एकजना पुर्व सरकारी कर्मचारी हालै छोरा वुहारी भेट्न युरोप पुगेर उताको बसाइँबाट फर्किएपछि आजकल नेपाली राजनीतिक...

सामाजिक, राजनीतिक यात्राका प्रेमिल जोडी `एकनारायण आनन्द´-

एकनारायण न्यौपाने र आनन्द भुसाल एकर्कामा घनिष्ठ नाम हो । यी दुईजना पर्वतका लोकतान्त्रिक आन्दोलनका सक्रिय र उदाहरणीय व्यक्तित्व हुन । दाक्षिणी पर्वतका त...

रेखा गुरुङ को हुन, कसरी बनिन मन्त्री ?

पर्वत जिल्लाबाट गण्डकी प्रदेशमा प्रतिनिधित्व गर्ने नेपाली कांग्रेसका सांसद रेखा गुरुङ गण्डकी प्रदेशको सामाजिक विकास युवा तथा खेलकुद मन्त्री नियुक्त भएकी छन । कांग्रेस...