गोदाम युथ क्लब कुश्मा ७ गोदाम को आयोजनामा चैत्र ९ गते देखी संचालित 7- A साइड फुटबल प्रतियोगिता तथा साँस्कृतिक कार्यक्रम सम्पन्न भएको छ ।
फुटबल प्रतियोगितामा गन्नी एफ.सी पोखरा को टिम प्रथम भएको छ । प्रथम भए संगै गन्नी एफ सी पोखराले नगद १ लाख सहित सिल्ड मेडल र प्रमाणपत्र पाएको छ । फुटबल खेलमा दोस्रो पुरस्कार आयोजक टिम गोदाम युथ कल्बले जितेको छ । दोस्रो पुरस्कार नगद ५० हजार सिल्ड मेडल र प्रमाण पत्र रहेको छ । बिजेता खेलाडीहरुलाई कुश्मा नगरपालिका ७ का वडा अध्यक्ष परशुराम पुरीले सम्मान सहित पुरस्कर वितरण गरे ।
फुटबल खेलमा वेस्ट पेलेयरको उपाधि गोदाम युथ कल्बका राजिव श्रीसले पाएका छन । उनले द क्लिफ नेपालमा साइकलिङ गर्ने अवसर पाउनेछन् । वेस्ट किपरमा गन्नी एफ.सी पोखराका खेलाडी आकाश रानाभाट भएका छन । उनले स्वीङ्ग गर्ने अवसर पाउनेछन् । त्यस्तै वेष्ट कोच गोदाम युथ क्लबका सागर गिरी भएका छन । उनले नगद ५ हजार सहित प्रमाणपत्र र मेडिकल पाएका छन । वेस्ट मेडफिल्डर गोदाम युथ कल्बका अभिषेक रानाभाट भएका छन । उनले हार्नेस जिपलाइन गर्ने अवसर पाउनेछन् । हाइ स्कोरल गन्ने एफसी का खेलाडी विकास परियार भएका छन । उनले बन्जी गर्ने अवसर पाएका छन । त्यस्तै वेस्ट डिफेन्डर गोदाम युथ कल्बका प्रमिश गुरुङ भएका छन । उनले कुश्मामा जिपलाइन गर्ने अवसर पाएका छन । प्रत्येक खेलमा म्याम अफ दि म्याच छनोट गरि पुरस्कार दिइएको थियो ।
कार्यक्रममा कलाकार तथा मेला सफल बनाउन योगदान पुर्याउने व्यक्तिहरुलाई सम्मान गरिएको थियो । कार्यक्रम बोल्दै वडा अध्यक्ष परशुराम पुरीले गोदाम युथ कल्बले एउटा ऐतिहासिक कार्यक्रम सम्पन्न गरेकोम आफु खुसी भएको बताए । अध्यक्ष पुरीले कार्यक्रमले कुश्मा ७ तथा गोदाम पहिचानलाई थप उजागर गरेको बताए ।
कार्यक्रम संयोजक सागर गिरीले देश विदेश बाट सबैको सहयोग सदभावले नै मेला सफल भएको बताउँदै सहयोग गर्ने सबैलाई आभार व्यक्त गरे । संयोजक गिरीले कुश्मा ७ र गोदामको कला प्रतिभाको पहिचान गर्न संधै लागि पर्ने बताए । गोदाम युथ कल्बका अध्यक्ष निर्माण खांण ठकुरीको अध्यक्षतामा भएको कार्यक्रमको संचालन संचारकर्मी ठाकुर रसाईली र अर्जुन थापाले गरेका थिए ।




