23.3 C
Nepal
Monday, October 26, 2026
सोमवार, कार्तिक १०, २०८३
Monday, October 26, 2026
spot_img

प्रहरीको व्यवहार र कार्यशैलीलाई समयअनुसार परिवर्तन गर्नुपर्छ : प्रहरी महानिरीक्षक

शेयर गर्नुहोस्

प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले प्रहरी कर्मचारीले व्यवहार र कार्यशैलीलाई समयअनुसार परिवर्तन गर्नुपर्ने बताएका छन् ।

प्रहरी प्रधान कार्यालयमा आज आयोजित आर्थिक वर्ष २०८०/८१ को वार्षिक कार्यसम्पादन सम्झौता हस्ताक्षर कार्यक्रममा उनले प्रविधिको विकाससँगै अपराध लगायतका विभिन्न गतिविधिमा परिवर्तन आएकाले प्रत्येक प्रहरी कर्मचारीले आफ्नो व्यवहार र कार्यशैलीलाई समयअनुसार परिवर्तन गर्दै अगाडि बढ्नुपर्ने बताए ।

कार्यक्रममा प्रहरी महानिरीक्षक कुँवरले कार्य सम्पादन सम्झौतामा सिर्जनशील तथा प्रवर्द्धनात्मक कार्यक्रम समावेश गरिएको हुँदा सम्पूर्ण प्रहरी कार्यालयले आफ्नो कार्यशैलीमा सिर्जनशीलता देखाउँदै कार्यसम्पादन सम्झौताको उद्देश्य प्राप्तिका लागि दत्तचित्त भएर काम गर्नुपर्ने बताए ।

नेपाल सरकारले रूपान्तरणको नीतिलाई आत्मसात् गर्दै अगाडि बढेको अवस्थामा यो अवसरलाई सदुपयोग गर्दै प्रत्येक प्रहरी कर्मचारीले सकारात्मक भई प्रहरी कार्यमा सुशासन कायम गर्ने, आन्तरिक शुद्धिकरण गर्ने, नागरिकमैत्री बन्ने र पूर्ण व्यावसायिक बन्दै निष्ठामा रहेर प्रहरीको छवि सुधार्ने काम गर्न उनले निर्देशन दिए ।

कार्यक्रममा प्रहरी प्रधान कार्यालय अन्वेषण योजना तथा विकास निर्देशनालयका प्रमुख प्रहरी नायब महानिरीक्षक विष्णुकुमार केसीले स्वागत मन्तव्य व्यक्त गर्दै दुई आर्थिक वर्षका लागि तयार पारिएको नेपाल प्रहरी कार्ययोजना–२०८० स्वीकृत भएपश्चात् वार्षिक कार्यसम्पादन सम्झौतामा हस्ताक्षर कार्यक्रम तय गरिएको जानकारी दिए ।

सो अवसरमा प्रहरी महानिरीक्षक कुँवरले प्रहरी प्रधान कार्यालय मातहतका प्रहरी अतिरिक्त महानिरीक्षक र सातवटै प्रदेश प्रहरी कार्यालयका प्रमुखहरूबीच कार्यसम्पादन सम्झौतामा हस्ताक्षर गरेका थिए । newsofnepal

शेयर गर्नुहोस्

अभिलेख खबर डटकममा कुनै लेख, समाचार, सूचना, विज्ञापन सामाग्री प्रकाशन गर्न चहानुहुन्छ भने abhilekhkhabar@gmail.com मा मेल गर्नुहोस् । हामीसंग फेसबुक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।

spot_img

ताजा खबर

सम्बन्धित खवर

इमान्दार व्यक्तित्व, शालिन स्वाभाव र कुशल संगठक- मोति

पर्वत जिल्लाको सामाजिक राजनीतिक आन्दोलनका अनवरत यात्री हुन मोति प्रसाद पौडेल । मोतिको लामो समय समाजको परिवर्तनका भोकमा विताए । जनताको सुख सुविधा, राजनीतिक...

राजनीतिमा सामाजिक नेतृत्व संस्कृतिको प्रतिबिम्ब

नेपालमा पछिल्ला केही वर्ष यता राजनीतिक सुधारको माग तीव्र रूपमा उठिरहेको छ। सुशासन, उत्तरदायी राजनीति, नेतृत्व सुधार र संस्थागत सुदृढीकरण बारे सार्वजनिक बहस निरन्तर...

अस्पताल बोकेर गाउँमा- शिव

वितेको पाँच महिना अंघि याम परियार `शिव´ प्रदेश अस्पताल (पर्वत जिल्ला अस्पताल)को अध्यक्ष´भएका हुन । अध्यक्ष भएकै दिनदेखी स्वास्थ्य सेवा धेरै भन्दा धेरै कसरी...

अस्थिर राजनीति, अवरुद्ध विकास र युवा पलायन: निर्णायक मोडमा नेपाल

आफ्नो जागिरका दिनहरूमा पनि सक्रिय राजनीति गर्ने गरेका एकजना पुर्व सरकारी कर्मचारी हालै छोरा वुहारी भेट्न युरोप पुगेर उताको बसाइँबाट फर्किएपछि आजकल नेपाली राजनीतिक...

सामाजिक, राजनीतिक यात्राका प्रेमिल जोडी `एकनारायण आनन्द´-

एकनारायण न्यौपाने र आनन्द भुसाल एकर्कामा घनिष्ठ नाम हो । यी दुईजना पर्वतका लोकतान्त्रिक आन्दोलनका सक्रिय र उदाहरणीय व्यक्तित्व हुन । दाक्षिणी पर्वतका त...

रेखा गुरुङ को हुन, कसरी बनिन मन्त्री ?

पर्वत जिल्लाबाट गण्डकी प्रदेशमा प्रतिनिधित्व गर्ने नेपाली कांग्रेसका सांसद रेखा गुरुङ गण्डकी प्रदेशको सामाजिक विकास युवा तथा खेलकुद मन्त्री नियुक्त भएकी छन । कांग्रेस...