26.2 C
Nepal
Thursday, September 10, 2026
बिहिबार, भदौ २५, २०८३
Thursday, September 10, 2026
spot_img

पदाधिकारी बैठकमा दाहाल आक्रामक, पार्टीकै नेतालाई कारबाही गर्ने चेतावनी

शेयर गर्नुहोस्

नेकपा माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहालले सुन तस्करी प्रकरणमा संलग्न देखिए पार्टीकै नेताहरूलाई कारबाही गर्न पछि नहट्ने बताएका छन् । सोमबार बालुवाटारमा बसेको पदाधिकारी बैठकमा उनले नक्कली भुटानी शरणार्थी प्रकरण, ललिता निवास प्रकरण र सुन तस्करी प्रकरणमा माओवादी नेताहरू मुछिएको प्रमाणित भए कारबाही हुने स्पष्ट पारे ।

सुन तस्करी प्रकरणमा माओवादी नेताहरूकै संलग्ता हुनसक्ने भन्दै टिकाटिप्पणी हुन थालेपछि अध्यक्ष दाहालले दोषी प्रमाणित भए कसैले नछोड्ने चेतावनी दिए । नेपाली कांग्रेसका केन्द्रीय सदस्यसमेत रहेका पूर्वगृहमन्त्री बालकृष्ण खाँणको प्रसंग झिक्दै अध्यक्ष दाहालले आफ्नै नेतालाई कारबाही गर्ने चेतावनी दिएको पार्टी सचिव गणेश साहले बताए ।

‘सुन काण्डको निर्भिक भएर अनुसनधान हुन्छ । जो-जो पर्छन् सबैलाई कारबाही हुन्छ। आफ्नै पार्टीका नेता होस् वा अरु पार्टीका, पुष्टि भए कारबाहीको भागिदार हुन्छन्,’ अध्यक्ष दाहालको भनाइ उद्धृत गर्दै साहले भने। पार्टी र देशलाई बदनाम गर्नेहरू सक्रिय रहेको दाहालको भनाइ छ ।

सुन तस्करी प्रकरणमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले गृहमन्त्रीसमेत रहेका माओवादीका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठको राजीनामा माग गर्दै आएको छ। एमालेले संसदमै सुन तस्करी प्रकरणमा पार्टी प्रवक्तासमेत रहेका कृष्णबहादुर महरा र उनका छोराको संलग्ता हुनसक्ने दाबी गरेको थियो । उच्च स्तरीय संसदीय छानबिन समिति बनाउने एमाले अडानसँगै सोमबार डाकिएको संसद बैठक पनि स्थगित भएको छ । यतिमात्र होइन, यो प्रकरणमा उपमहासचिव वर्षमान पुन दम्पती र उपराष्ट्रपति नन्दबहादुर पुनको नाम पनि जोडिएको छ । माओवादीका शीर्ष तहका नेताहरूकै नाम जोडिन थालेपछि अध्यक्ष दाहाल आक्रमक भएको माओवादीका एक नेताले बताए ।

अध्यक्ष दाहालले भ्रष्टाचारविरुद्धको लडाइँ समृद्धि र बर्बादीबीचको लडाइँ भएको प्रस्ट पारेका थिए । ‘भ्रष्टाचारको मामिलामा जिकज्याक हुनेगरी समाचार बाहिर आएका छन् । आफ्नै नेताहरू मुछिए पनि भ्रष्टाचार छानविनमा ब्रेक लाग्दैन। यसलाई टुंगोमा पुर्‍याउनुपर्छ,’ दाहालले भने ।

बैठकको सुरूमै उपमहासचिव वर्षमान पुनले विशेष समय मागेर सुन तस्करी प्रकरणबारे प्रस्टीकरण दिएका थिए । उनले आठ वर्षअघिको तस्बिर राखेर आफ्नो नाम जोडेको भन्दै आपत्ति जनाएका थिए । उनले आफू दोषी देखिए जस्तोसुकै सजाय भोग्न तयार रहेको बताएका थिए । ‘केही पुराना फोटोको आडमा हाम्रा नाम जोडिएको छ। त्यसको निष्पक्ष किसिमले छानविन र जाँचबुझ होस्। हामी दोषी देखिए जेल जान तयार छौं,’ उनले भने ।

महासचिव पुनले भ्रष्टाचारमा आफूहरूको नाम मुच्छिए पनि सरकारले कारबाही प्रक्रियालाई रोक्न नहुने बताएका थिए । जवाफमा अध्यक्ष दाहालले भ्रष्टाचार प्रकरणमा सरकार मुकदर्शक नबन्ने बताएको सचिव डिलाराम आचार्यले बताए । ‘भ्रष्टाचार नियन्त्रण नगरी सरकार मुकदर्शक बन्यो भने देश विपन्नतातिर जान्छ, झन् बर्बाद हुन्छ। त्यसैले आफ्नै नेता परे पनि भ्रष्टाचार निवारणका लागि सरकार दरोसँग उभिन्छ,’ दाहालको भनाइ उद्धृत गर्दै आचार्यले भने ।

सुन तस्करी प्रकरणमा आरोप लागेका माओवादी नेताहरूलाई प्रतिवाद गर्न दाहालले निर्देशनसमेत दिएको आचार्यले बताए। ‘सरकार यो प्रकरणमा पछि हट्दैन। पार्टीका नेताहरूमाथि गलत टिका टिप्पणी भएको छ भने प्रतिवाद गर्नुस्,’ दाहालले भनेका थिए ।

गृहमन्त्री श्रेष्ठ बैठकमा अनुपस्थित थिए। उनको अनुपस्थितिलाई लिएर अध्यक्ष दाहाल शशंकित भएको स्रोतको भनाइ छ । ‘कर्मचारीको संलग्नता बिना सय किलो बढी सुन तस्करी गर्नु सम्भव देखिँदैन । वा, अरु को को यस प्रकरणमा मुछिएका छन्, त्यसको छानविन हुँदै जान्छ। गृहमन्त्रीजीले यस विषयमा अझ प्रष्ट पार्नु हुन्थ्यो। तर उहाँ नै बैठकमा अनुपस्थित हुनुहुन्छ,’ दाहालको भनाइ उद्धृ गर्दै स्रोतले अन्नपूर्णसँग भन्यो ।

यसअघि पहिलो दिनको बैठकमा अध्यक्ष दाहाल र गृहमन्त्री श्रेष्ठबीच सवाल जवाफ भएको थियो। अध्यक्ष दाहालले यस विषयमा विस्तृत विवरण प्रस्तुत गर्न माग गरेका थिए ।अन्‍नपूर्ण

शेयर गर्नुहोस्

अभिलेख खबर डटकममा कुनै लेख, समाचार, सूचना, विज्ञापन सामाग्री प्रकाशन गर्न चहानुहुन्छ भने abhilekhkhabar@gmail.com मा मेल गर्नुहोस् । हामीसंग फेसबुक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।

spot_img

ताजा खबर

सम्बन्धित खवर

इमान्दार व्यक्तित्व, शालिन स्वाभाव र कुशल संगठक- मोति

पर्वत जिल्लाको सामाजिक राजनीतिक आन्दोलनका अनवरत यात्री हुन मोति प्रसाद पौडेल । मोतिको लामो समय समाजको परिवर्तनका भोकमा विताए । जनताको सुख सुविधा, राजनीतिक...

राजनीतिमा सामाजिक नेतृत्व संस्कृतिको प्रतिबिम्ब

नेपालमा पछिल्ला केही वर्ष यता राजनीतिक सुधारको माग तीव्र रूपमा उठिरहेको छ। सुशासन, उत्तरदायी राजनीति, नेतृत्व सुधार र संस्थागत सुदृढीकरण बारे सार्वजनिक बहस निरन्तर...

अस्पताल बोकेर गाउँमा- शिव

वितेको पाँच महिना अंघि याम परियार `शिव´ प्रदेश अस्पताल (पर्वत जिल्ला अस्पताल)को अध्यक्ष´भएका हुन । अध्यक्ष भएकै दिनदेखी स्वास्थ्य सेवा धेरै भन्दा धेरै कसरी...

अस्थिर राजनीति, अवरुद्ध विकास र युवा पलायन: निर्णायक मोडमा नेपाल

आफ्नो जागिरका दिनहरूमा पनि सक्रिय राजनीति गर्ने गरेका एकजना पुर्व सरकारी कर्मचारी हालै छोरा वुहारी भेट्न युरोप पुगेर उताको बसाइँबाट फर्किएपछि आजकल नेपाली राजनीतिक...

सामाजिक, राजनीतिक यात्राका प्रेमिल जोडी `एकनारायण आनन्द´-

एकनारायण न्यौपाने र आनन्द भुसाल एकर्कामा घनिष्ठ नाम हो । यी दुईजना पर्वतका लोकतान्त्रिक आन्दोलनका सक्रिय र उदाहरणीय व्यक्तित्व हुन । दाक्षिणी पर्वतका त...

रेखा गुरुङ को हुन, कसरी बनिन मन्त्री ?

पर्वत जिल्लाबाट गण्डकी प्रदेशमा प्रतिनिधित्व गर्ने नेपाली कांग्रेसका सांसद रेखा गुरुङ गण्डकी प्रदेशको सामाजिक विकास युवा तथा खेलकुद मन्त्री नियुक्त भएकी छन । कांग्रेस...