छोरीले घरमा भोग्नुपरेका यावत समस्याहरु समेटिएको तीज गित छोरीका वेदना बजारमा आएको छ ।
गितमा कलाकार रोशनी पन्तको स्वर लय रहेको छ । बशन्तराज पन्तको शब्द रचना रहेको गितको भिडियोले दर्शक श्रोताको मन जितेको छ । धौलागिरी क्षेत्रका दर्जन बढी कलाकारको अभिनय रहेको गीतको छायांकन पनि धौलागिरीकै विभिन्न धार्मिक तथा पर्यटकीय ठाँउमा गरिएको छ ।
भिडियोमा रवि कार्की, आर.सी पौडेल, कल्पना बोहरा, पुजा कार्की शर्मा, सन्दिप बस्याल, प्रेम किशान, बशन्त बास्तोला शोभा रिमाल, ज्योति परियार, ज्ञानु शर्मा, दिपेश पोख्रेल, लक्ष्मण विश्कर्मा, देवि सुनाम लगायत कलाकारको अभिनय रहेको छ ।
गिती भिडियोको निर्देशन कलाकार अर्जुन थापाले गरेका हुन । क्यामेरा तथा सम्पादन कमल एल.एक्सको रहेको छ ।
भिडियो,



