13.7 C
Nepal
Tuesday, January 27, 2026
मङ्लबार, माघ १३, २०८२
Tuesday, January 27, 2026
spot_img

धौलागिरीमै पहिलो पटक कुश्मामा र्‍यापर जि-बब आउँदै ।

शेयर गर्नुहोस्

 

पछिल्लो समयका चर्चित पप गायक र्‍यापर शुदिप भण्डारी जि-बब कुश्मा बजारको बान्द्रेवेणी भाद्र ९ गते शनिवार आउँदै छन । असहाय दीर्घरोगी तथा प्राकृतिक प्रकोप पीडितहरुलाई सहयोगआर्थ राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान पर्वतले आयोजना गरेको मनसुन अम्रेला फेस्टिबलमा विशेष प्रस्तुतिका लागि जिबब कुश्मा आउने भएका छन । जिबबको यो कार्यक्रम धौलागिरीमै पहिलो हो ।

कार्यक्रमको तयारी पुरा भएको व्यवस्थापक रामचन्द्र पौडेल आर.सीले जानकारी दिए । पौडेलले १ दर्जन बढी लोकदोहोरी क्षेत्रका कलाकारहरुले कार्यक्रममा प्रस्तुति दिने बताए । यो कार्यक्रम विशेष आकर्षणका रुपमा हेर्न थालिएको छ । पर्वत बाहेक बाग्लुङ, बेनी, पोखरा देखी दर्शकहरुको उत्साह देखिएको रिडम्स म्युजिक ग्रुपका व्यवस्थाप तथा कार्यक्रम संयोजक सन्दीप बस्यालले बताए ।

प्रायः फरक ड्रेसमा देखिने जि-बबलाई राष्ट्रिय पोशाकमा प्रस्तुति दिने तयारी समेत गरिएको प्रतिष्ठानका अध्यक्ष पुजा कार्की शर्माले जानकारी दिएकी छन । कार्कीले आफ्नो संस्था लोक तथा दोहोरी गितको संरक्षण संगै फरक विद्याका कलाकारहरुलाई पनि सम्मानको संस्कृति विकास गर्न जि-बबलाई कार्यक्रममा आमन्त्रण गरिएको बताईन ।
राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठानले संस्कृतिको संरक्षण तथा नयाँ प्रतिभाको पहिचान प्रवर्द्धन गर्न विभिन्न साँस्कृतिक तथा सामाजिक कार्यक्रम गर्दै आइरहेको छ ।

उता र्‍यापर जि-बबले धौलागिरी क्षेत्रका आफ्ना फ्यानहरु संग भेट्न आतुर रहेको बताउँदै सामाजिक संजाल मार्फत कार्यक्रममा उपस्थित हुन आग्रह गरेका छन ।

शेयर गर्नुहोस्

अभिलेख खबर डटकममा कुनै लेख, समाचार, सूचना, विज्ञापन सामाग्री प्रकाशन गर्न चहानुहुन्छ भने [email protected] मा मेल गर्नुहोस् । हामीसंग फेसबुक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।

spot_img

ताजा खबर

सम्बन्धित खवर

पर्यावरणीय न्यायका चिन्तक— आरके अदिप्त गिरी

आरके अदीप्त गिरी— प्रकृति, पर्यावरण तथा साहित्य, कला–संस्कृतिका अभियानकर्मी चिन्तक हुन आरके अदीप्त गिरी । पछिल्लो समय उनी कालीगण्डकी नदी दोहन विरुद्ध कुरुवा र...

गंगाराम परियारको `फूलै–फूलमा भमरा´गीति बजारमा(भिडीयो सहित)

गायक गंगाराम परियारले `फूलै–फूलमा भमरा नाचनी´ नामक लोकदोहोरी गीत सार्वजनिक भएको छ । विशेषगरी प्रेम कथामा आधारीत उक्त गित अडियो भिडियो सहित बजारमा आएको...

अर्जुन जोशी र नवराज गुरुङ : एकधारदेखि वारपारसम्म—

एक मन लाग्यो केहि नलेखौं । फेरी लाग्यो केहि त लेखौ । अर्जुन नवराजले पछिल्ला २ दिनको फरकमा २ छुट्टाछुट्टै पत्रकार सम्मेलन गरे,...

माओवादी र पछिल्लो पर्वत

नेकपा माओवादी— हुन त अहिले नेकपा माओवादी भन्न नमिल्ने हो । माओवादीको नाम धेरैपटक परिवर्तन भइसकेको छ । तर माओवादीको तत्कालीन ससत्र युद्ध वा...

राजनीतिक र सामाजिक क्षेत्रमा अनवरत – मिना

मिना केसी – राजनीतिक र सामाजिक क्षेत्रका एक अनवरत यात्री हुन् । २०५० को दशकदेखि पर्वत जिल्लाको समाजमा सत्य बोल्ने र सादगी जिवनशैलीमा देखिने...

रुक्मागत न्यौपाने : पर्वत जिल्लाका प्रेरणादायी उद्धमी —

रुक्मागत न्यौपाने अहिले उमेरले ६३ वर्षका भए । शारीरिक रुपमा `ख´ अपाङ्गता समूहमा पर्छन् उनी । सानैदेखि उनको गोडामा समस्या छ । तर उनलाई...