24 C
Nepal
Friday, September 11, 2026
शुक्रबार, भदौ २६, २०८३
Friday, September 11, 2026
spot_img

धौलागिरीमै पहिलो पटक कुश्मामा र्‍यापर जि-बब आउँदै ।

शेयर गर्नुहोस्

 

पछिल्लो समयका चर्चित पप गायक र्‍यापर शुदिप भण्डारी जि-बब कुश्मा बजारको बान्द्रेवेणी भाद्र ९ गते शनिवार आउँदै छन । असहाय दीर्घरोगी तथा प्राकृतिक प्रकोप पीडितहरुलाई सहयोगआर्थ राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान पर्वतले आयोजना गरेको मनसुन अम्रेला फेस्टिबलमा विशेष प्रस्तुतिका लागि जिबब कुश्मा आउने भएका छन । जिबबको यो कार्यक्रम धौलागिरीमै पहिलो हो ।

कार्यक्रमको तयारी पुरा भएको व्यवस्थापक रामचन्द्र पौडेल आर.सीले जानकारी दिए । पौडेलले १ दर्जन बढी लोकदोहोरी क्षेत्रका कलाकारहरुले कार्यक्रममा प्रस्तुति दिने बताए । यो कार्यक्रम विशेष आकर्षणका रुपमा हेर्न थालिएको छ । पर्वत बाहेक बाग्लुङ, बेनी, पोखरा देखी दर्शकहरुको उत्साह देखिएको रिडम्स म्युजिक ग्रुपका व्यवस्थाप तथा कार्यक्रम संयोजक सन्दीप बस्यालले बताए ।

प्रायः फरक ड्रेसमा देखिने जि-बबलाई राष्ट्रिय पोशाकमा प्रस्तुति दिने तयारी समेत गरिएको प्रतिष्ठानका अध्यक्ष पुजा कार्की शर्माले जानकारी दिएकी छन । कार्कीले आफ्नो संस्था लोक तथा दोहोरी गितको संरक्षण संगै फरक विद्याका कलाकारहरुलाई पनि सम्मानको संस्कृति विकास गर्न जि-बबलाई कार्यक्रममा आमन्त्रण गरिएको बताईन ।
राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठानले संस्कृतिको संरक्षण तथा नयाँ प्रतिभाको पहिचान प्रवर्द्धन गर्न विभिन्न साँस्कृतिक तथा सामाजिक कार्यक्रम गर्दै आइरहेको छ ।

उता र्‍यापर जि-बबले धौलागिरी क्षेत्रका आफ्ना फ्यानहरु संग भेट्न आतुर रहेको बताउँदै सामाजिक संजाल मार्फत कार्यक्रममा उपस्थित हुन आग्रह गरेका छन ।

शेयर गर्नुहोस्

अभिलेख खबर डटकममा कुनै लेख, समाचार, सूचना, विज्ञापन सामाग्री प्रकाशन गर्न चहानुहुन्छ भने abhilekhkhabar@gmail.com मा मेल गर्नुहोस् । हामीसंग फेसबुक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।

spot_img

ताजा खबर

सम्बन्धित खवर

इमान्दार व्यक्तित्व, शालिन स्वाभाव र कुशल संगठक- मोति

पर्वत जिल्लाको सामाजिक राजनीतिक आन्दोलनका अनवरत यात्री हुन मोति प्रसाद पौडेल । मोतिको लामो समय समाजको परिवर्तनका भोकमा विताए । जनताको सुख सुविधा, राजनीतिक...

राजनीतिमा सामाजिक नेतृत्व संस्कृतिको प्रतिबिम्ब

नेपालमा पछिल्ला केही वर्ष यता राजनीतिक सुधारको माग तीव्र रूपमा उठिरहेको छ। सुशासन, उत्तरदायी राजनीति, नेतृत्व सुधार र संस्थागत सुदृढीकरण बारे सार्वजनिक बहस निरन्तर...

अस्पताल बोकेर गाउँमा- शिव

वितेको पाँच महिना अंघि याम परियार `शिव´ प्रदेश अस्पताल (पर्वत जिल्ला अस्पताल)को अध्यक्ष´भएका हुन । अध्यक्ष भएकै दिनदेखी स्वास्थ्य सेवा धेरै भन्दा धेरै कसरी...

अस्थिर राजनीति, अवरुद्ध विकास र युवा पलायन: निर्णायक मोडमा नेपाल

आफ्नो जागिरका दिनहरूमा पनि सक्रिय राजनीति गर्ने गरेका एकजना पुर्व सरकारी कर्मचारी हालै छोरा वुहारी भेट्न युरोप पुगेर उताको बसाइँबाट फर्किएपछि आजकल नेपाली राजनीतिक...

सामाजिक, राजनीतिक यात्राका प्रेमिल जोडी `एकनारायण आनन्द´-

एकनारायण न्यौपाने र आनन्द भुसाल एकर्कामा घनिष्ठ नाम हो । यी दुईजना पर्वतका लोकतान्त्रिक आन्दोलनका सक्रिय र उदाहरणीय व्यक्तित्व हुन । दाक्षिणी पर्वतका त...

रेखा गुरुङ को हुन, कसरी बनिन मन्त्री ?

पर्वत जिल्लाबाट गण्डकी प्रदेशमा प्रतिनिधित्व गर्ने नेपाली कांग्रेसका सांसद रेखा गुरुङ गण्डकी प्रदेशको सामाजिक विकास युवा तथा खेलकुद मन्त्री नियुक्त भएकी छन । कांग्रेस...