28.4 C
Nepal
Friday, September 11, 2026
शुक्रबार, भदौ २६, २०८३
Friday, September 11, 2026
spot_img

आर्थिक मन्दीले पूर्वका उद्योगहरुमा कामदार निकाल्न सुरु, उद्योगीहरु सडकमा

शेयर गर्नुहोस्

आर्थिक मन्दीका कारण उद्योग सञ्चालन गर्न निकै कठिन भएको भन्दै पूर्वका उद्योगीहरुले कामदारहरु निकाल्न सुरु गर्नुका साथै आफूहरु सडकमा निस्किने तयारी गरेका छन् ।

सुनसरी–मोरङ औद्योगिक क्षेत्रका उद्योगले आर्थिक मन्दीसँगै बजारमा माग निकै घटेर गएको र बैंकको चर्को ब्याजदरले गर्दा सञ्चालन खर्च धान्न नसक्ने अवस्था आएकाले कामदार निकाल्न बाध्य भएको बताएका छन् ।

उद्योगी तथा मोरङ व्यापार संघका अध्यक्ष नविन रिजालले २०७८ फागुनदेखि नेपाल राष्ट्र बैंकले जुन नीति लियो र सरकारले चालु खर्च अध्यधिक बढाउने तथा विकास खर्च न्यून गर्ने नीति लिएका कारण अहिले आर्थिक मन्दीको सामना गर्नुपरेको बताउँदै पूर्वका उद्योगहरु सञ्चालन गर्न मुस्किल स्थितिमा पुगेको बताए ।

बजारमा माग निकै घटेकाले उत्पादन घटाएर ५० प्रतिशतभन्दा कम गरेको बताउँदै उनले कतिपय उद्योगले ७० प्रतिशतसम्म उत्पादन घटाएको उदाहरण दिए । आर्थिक मन्दीका कारण बजारमा माग घट्दै गएको र बैंकको ब्याजदर चर्को भएकाले सञ्चालन खर्च धान्न मुस्किल परेको रिजालको गुनासो छ ।

उत्पादन लागत बढ्दै गएको बेला उत्पादनमा भारी कटौती गर्नुपर्दा उद्योगहरुलाई ठूलो नोक्सानी भइरहेको उनले बताए । रिजालले उद्योगीहरुले अहिले भइरहेको उत्पादन पनि खपत गराउन गाह्रो भइरहेको बताए ।

रिजालले भने, ‘हामीले २०७८ फागुनदेखि नै मोरङ व्यापार संघले प्रधानमन्त्री, अर्थमन्त्री, अर्थसचिव, राष्ट्र बैंकका गभर्नरलाई ज्ञापनपत्र बुझाउँदा पनि कुनै पनि सुनुवाई नभएकोले आर्थिक यो स्थिति आयो । हामीले शिक्षाको नीति ल्याइदिनु भन्यौं । पर्यटनको कुरा गर्यौं । उत्पादनमूलक उद्योगहरुको कुरा गर्यौं । करको कुरा गर्यौं । कुनै पनि कुरामा राज्यले ध्यान नदिएका कारण आज दैनिक ४५ सयदेखि पाँच हजारसम्म बाहिरिने अवस्था आयो । यो बीचमा नै ६०–७० लाख युवा विदेशिए ।’

ठूला संख्यामा युवाहरु विदेशिएका कारण नेपालको उपभोग गर्ने क्षमता घटेको बताउँदै उनले नेपालीहरुको क्रयशक्ति घटेर गएको, जनतासँग पैसा नरहेको, भएको पैसा पनि बैंक, वित्तीय संस्था र सहकारीलाई तिर्न खर्चनुपरेको, जसको कारण बैंकिङ क्षेत्रमा संलग्न कर्पोरेट हाउसले मात्रै पैसा कमाउने अवस्था आएको तर आम जनता र समग्र उद्योग व्यवसायको अवस्था भने कमजोर हुँदै गएको बताए ।

रिजालले ६–७ प्रतिशत ब्याजदरमा लिएको बैंक ऋणको ब्याजदर अहिले १३–१५ प्रतिशतसम्म पुगेको भन्दै बैंकलाई दोब्बर बढी ब्याज तिरेर उद्योगले क्षमता अनुसार वस्तु उत्पादन गर्न नसक्ने बताए । उनले भने, ‘उद्योगले जेनतेन उत्पादन गरेका वस्तुपनि आर्थिक मन्दीका कारण बजारमा माग नै नहुँदा उद्योगमै स्टक हुने गरेको छ । उद्योगले उत्पादन कटौती गरेसँगै मजदुर पनि पलायन हुन थालेका छन् । उद्योगमा काम पाउन छाडेपछि मजदुर वैदेशिक रोजगारीका लागि विदेश पलायन हुन थालेका छन् ।’ पूर्वका उद्योगहरुले आर्थिक मन्दीकै कारण अहिले कामदारहरु निकाल्न बाध्य भएको रिजालले स्वीकार गरे ।

उनले अहिले निजी क्षेत्र धरासायी अवस्थामा रहेको दावी गरे । उनले एक पटक पुनः सरकारको ध्यानाकर्षण गराउने तयारीमा आफूहरु रहेको बताउँदै रिजालले समस्या समाधान नभए उद्योगी व्यवसायी सडकमा उत्रिन बाध्य हुने चेतावनी दिए ।

शेयर गर्नुहोस्

अभिलेख खबर डटकममा कुनै लेख, समाचार, सूचना, विज्ञापन सामाग्री प्रकाशन गर्न चहानुहुन्छ भने abhilekhkhabar@gmail.com मा मेल गर्नुहोस् । हामीसंग फेसबुक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।

spot_img

ताजा खबर

सम्बन्धित खवर

इमान्दार व्यक्तित्व, शालिन स्वाभाव र कुशल संगठक- मोति

पर्वत जिल्लाको सामाजिक राजनीतिक आन्दोलनका अनवरत यात्री हुन मोति प्रसाद पौडेल । मोतिको लामो समय समाजको परिवर्तनका भोकमा विताए । जनताको सुख सुविधा, राजनीतिक...

राजनीतिमा सामाजिक नेतृत्व संस्कृतिको प्रतिबिम्ब

नेपालमा पछिल्ला केही वर्ष यता राजनीतिक सुधारको माग तीव्र रूपमा उठिरहेको छ। सुशासन, उत्तरदायी राजनीति, नेतृत्व सुधार र संस्थागत सुदृढीकरण बारे सार्वजनिक बहस निरन्तर...

अस्पताल बोकेर गाउँमा- शिव

वितेको पाँच महिना अंघि याम परियार `शिव´ प्रदेश अस्पताल (पर्वत जिल्ला अस्पताल)को अध्यक्ष´भएका हुन । अध्यक्ष भएकै दिनदेखी स्वास्थ्य सेवा धेरै भन्दा धेरै कसरी...

अस्थिर राजनीति, अवरुद्ध विकास र युवा पलायन: निर्णायक मोडमा नेपाल

आफ्नो जागिरका दिनहरूमा पनि सक्रिय राजनीति गर्ने गरेका एकजना पुर्व सरकारी कर्मचारी हालै छोरा वुहारी भेट्न युरोप पुगेर उताको बसाइँबाट फर्किएपछि आजकल नेपाली राजनीतिक...

सामाजिक, राजनीतिक यात्राका प्रेमिल जोडी `एकनारायण आनन्द´-

एकनारायण न्यौपाने र आनन्द भुसाल एकर्कामा घनिष्ठ नाम हो । यी दुईजना पर्वतका लोकतान्त्रिक आन्दोलनका सक्रिय र उदाहरणीय व्यक्तित्व हुन । दाक्षिणी पर्वतका त...

रेखा गुरुङ को हुन, कसरी बनिन मन्त्री ?

पर्वत जिल्लाबाट गण्डकी प्रदेशमा प्रतिनिधित्व गर्ने नेपाली कांग्रेसका सांसद रेखा गुरुङ गण्डकी प्रदेशको सामाजिक विकास युवा तथा खेलकुद मन्त्री नियुक्त भएकी छन । कांग्रेस...