24 C
Nepal
Friday, September 11, 2026
शुक्रबार, भदौ २६, २०८३
Friday, September 11, 2026
spot_img

मिस्टर एण्ड मिस नेसनल नेपाल’ को ट्यालेन्ट र स्विम वेयर राउण्ड सम्पन्न।

शेयर गर्नुहोस्

‘मिस्टर एन्ड मिस नेसनल नेपाल २०२४’ को ट्यालेन्ट र स्विम वेयर राउन्ड सकिएको छ। मंगलबार पर्वतको कुश्मास्थित हार्नेस् जिपलाइन एण्ड एडभेन्चर रिसोर्टमा यी दुई सबटाइटल राउन्ड सम्पन्न गरिएको हो।

हार्नेस परिसरमा सुरुमा स्विम वेयर राउन्ड आयोजना गरिएको थियो। जहाँ अन्तिम २९ प्रतिस्पर्धीले क्याटवक गरे। सन्तोष उपाध्यायसहित उज्वल के जोशी, मानस राई, रोशनी चन्द, समा पराजुली र स्मित तामाङ यस राउन्डको निर्णायक थिए।

त्यसैगरि, तीनघण्टासम्म चलेको ट्यालेन्ट राउन्डमा प्रतियोगीहरुले आफ्नो दमदार प्रतिभा देखाए। कसैले नृत्य र गीत गाएर संगीतमय माहोल बनाए। केहीले भने कविता वाचन गर्दा कसैले पेन्टिङ बनाएर कला देखाए। केहीले त स्टेजमा ड्रामा समेत प्रस्तुत गरे। फरक फरक विधाका प्रस्तुतिले जजहरुलाई पनि निर्णय गर्न सकस परेको थियो।

यद्यपि, ट्यालेन्ट राउन्डबाट महिलातर्फ शीर्ष ५ र पुरुषतर्फ शीर्ष ३ प्रतियोगीहरुको नाम घोषणा गरिएको थियो। महिलातर्फ प्रिया उपाध्याय, श्रृयंका थापा, अदिती श्रेष्ठ, प्रियशा देवकोटा र रजिता पराजुली टप ५ पाँचभित्र परे। पुरुषतर्फ भने सन्देश सिटौला, विप्लवराज नागनहर र मनिश श्रेष्ठ उत्कृष्ट तीनभित्र छनोट भए।

यस राउन्डको जजको रूपमा राज शाह, राजु केसी, शिशिर वाग्ले, समा पराजुली, दिक्पल कार्की र अभिषेक मोहन्टी रहेका थिए। सबटाइटल राउन्डको विजेता भने फिनालेमा घोषणा गरिने आयोजकले जनाएको छ।

सनुर्वी इन्टरनेसनलका सञ्चालक तथा मिस्टर एण्ड मिस नेसनलका राष्ट्रिय आयोजक डाक्टर सन्तोष उपाध्ययले पहिलोपटक उपत्यकाबाहिर कुश्मामा कार्यक्रम गर्न पाउँदा खुसी लागेको बताए। हार्नेस् जिपलाइन एण्ड एडभेन्चर रिसोर्टसहित स्थानीय सरकारवालाको सहयोगले सब टाइटल राउन्ड सफलतापुर्वक सकिएको भन्दै आभार व्यक्त गरे। कार्यक्रममा कुश्मा नगरपालिकाका मेयर रामचन्द्र जोशीलगायतका स्थानीय वरिष्ठ व्यक्तिहरुको उपस्थिति थियो।

यसपछि आउँदो शनिबार टप मोडल राउन्ड र एलिगेन्स राउन्ड ललितपुरको पाटन दरबार म्युजिममा गरिनेछ। प्रतियोगिताको फिनाले भने वैशाख १९ गतेका दिनमा काठमाडौंस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजना हुनेछ। फिनाले राष्ट्रिय टेलिभिजन इमेज च्यानलबाट प्रसारण हुनेछ।

फिनालेमा विजेताहरुलाई ५ लाख बराबरको गिफ्ट ह्याम्परका साथै मिडिया एक्स्पोजर र नेपालको प्रतिनिधित्व गर्न मिस्टर एण्ड मिस सुप्रा नेसनल नेपाल २०२४ लाई पोल्यान्ड, मिस्टर इन्टरनेसनल नेपाल २०२४ लाई थाइल्यान्ड, मिस ग्लोब नेपाल २०२४ लाई अल्बानिया र मिस इन्टर कन्टिनेन्टल नेपाल २०२४ लाई इजिप्ट पठाइने छ।

भिडियो हेरौ..जब‘मिस्टर एण्ड मिस नेशनल’का ३० प्रतिस्पर्धी, पर्वत कुश्माको हार्नेस जिपलाइन एण्ड एडभेन्चर रिसोर्ट पुगे ।
https://fb.watch/rEvxk1eDrq/?mibextid=w8EBqM

शेयर गर्नुहोस्

अभिलेख खबर डटकममा कुनै लेख, समाचार, सूचना, विज्ञापन सामाग्री प्रकाशन गर्न चहानुहुन्छ भने abhilekhkhabar@gmail.com मा मेल गर्नुहोस् । हामीसंग फेसबुक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।

spot_img

ताजा खबर

सम्बन्धित खवर

इमान्दार व्यक्तित्व, शालिन स्वाभाव र कुशल संगठक- मोति

पर्वत जिल्लाको सामाजिक राजनीतिक आन्दोलनका अनवरत यात्री हुन मोति प्रसाद पौडेल । मोतिको लामो समय समाजको परिवर्तनका भोकमा विताए । जनताको सुख सुविधा, राजनीतिक...

राजनीतिमा सामाजिक नेतृत्व संस्कृतिको प्रतिबिम्ब

नेपालमा पछिल्ला केही वर्ष यता राजनीतिक सुधारको माग तीव्र रूपमा उठिरहेको छ। सुशासन, उत्तरदायी राजनीति, नेतृत्व सुधार र संस्थागत सुदृढीकरण बारे सार्वजनिक बहस निरन्तर...

अस्पताल बोकेर गाउँमा- शिव

वितेको पाँच महिना अंघि याम परियार `शिव´ प्रदेश अस्पताल (पर्वत जिल्ला अस्पताल)को अध्यक्ष´भएका हुन । अध्यक्ष भएकै दिनदेखी स्वास्थ्य सेवा धेरै भन्दा धेरै कसरी...

अस्थिर राजनीति, अवरुद्ध विकास र युवा पलायन: निर्णायक मोडमा नेपाल

आफ्नो जागिरका दिनहरूमा पनि सक्रिय राजनीति गर्ने गरेका एकजना पुर्व सरकारी कर्मचारी हालै छोरा वुहारी भेट्न युरोप पुगेर उताको बसाइँबाट फर्किएपछि आजकल नेपाली राजनीतिक...

सामाजिक, राजनीतिक यात्राका प्रेमिल जोडी `एकनारायण आनन्द´-

एकनारायण न्यौपाने र आनन्द भुसाल एकर्कामा घनिष्ठ नाम हो । यी दुईजना पर्वतका लोकतान्त्रिक आन्दोलनका सक्रिय र उदाहरणीय व्यक्तित्व हुन । दाक्षिणी पर्वतका त...

रेखा गुरुङ को हुन, कसरी बनिन मन्त्री ?

पर्वत जिल्लाबाट गण्डकी प्रदेशमा प्रतिनिधित्व गर्ने नेपाली कांग्रेसका सांसद रेखा गुरुङ गण्डकी प्रदेशको सामाजिक विकास युवा तथा खेलकुद मन्त्री नियुक्त भएकी छन । कांग्रेस...