नेपाली काँग्रेसका सांसद डा. शेखर कोइरालाले संविधान पुनरवलोकन गर्न अब ढिलाइ गर्न नहुने बताएका छन् ।
कोइरालाले संविधान संशोधन गर्न जति ढिलाइ हुन्छ त्यति नै सडक आक्रोशित हुने बताएका हुन् ।
‘यो सरकारले खासगरी संविधान पुनरावलोकन, संशोधन गर्ने कुरा गरेको छ । यसमा अब ढिलाइ नगरौँ । जति ढिलाइ हुन्छ, त्यति सडक आक्रोशित हुन्छ,’ उनले भने । उनले भ्रष्टाचार र दण्डहिनता बढेको पनि बताउँदै त्यसलाई नियन्त्रण गरेर अघि बढ्नुपर्ने बताए



