20.3 C
Nepal
Thursday, September 10, 2026
बिहिबार, भदौ २५, २०८३
Thursday, September 10, 2026
spot_img

बंगलादेशमा लकडाउन पालना गराउन सेना परिचालन

शेयर गर्नुहोस्

१७ असार, काठमाडौं । बंगलादेशमा कोरोना भाइरस (कोभिड–१९)को महामारी नियन्त्रणका लागि लगाइएको लकडाउन पालना गराउन सेना परिचालन गरिएको छ । सरकारले प्रहरी र सेनालाई अत्यावश्यक काम भएका मानिसहरुबाहेक अरुलाई घर बाहिर निस्किन नदिन निर्देशन दिएको छ । बिहीबारदेखि लगाइएको लकडाउन पालना गराउन प्रहरीका साथै सेना पनि गस्तीमा निस्किनेछ ।

बंगलादेश सरकारले लकडाउनको समयमा अत्यावश्यक सेवा बाहेकका कार्यालयहरु र यातायात बन्द रहने बताएको छ । राजधानी शहर ढाकाका प्रहरी प्रमुख साफिकल इस्लामले कुनै विशेष कारण विना बाहिर निस्किने व्यक्तिलाई जरिवाना हुने र पक्राउ पनि गर्न सकिने बताएका छन् । ‘हामीलाई एक दिनमा पाँच हजार मुद्दा दर्ता गर्न र उनीहरुलाई पक्राउ गर्नु परे पनि हामी गर्छौं,’ इस्लामले बताए ।

पछिल्लो केही समययता बंगलादेशमा उल्लेख्य संख्यामा कोरोना संक्रमित बढिरहेका छन् । विशेषगरी भारतमा भेटिएको डेल्टा भेरियन्टका कारण बंगलादेशमा संक्रमण बढिरहेको जानकारहरुले बताएका छन् ।

विशेषगरी भारतसँग सीमा जोडिएको क्षेत्रका अस्पतालमा बिरामीको चाप बढेको छ । केही गाउँहरुमा संक्रमण फैलिने दर ७० प्रतिशतसम्म देखिएको छ ।

हालसम्म बंगलादेशमा करिब नौ लाख जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमणबाट अहिलेसम्म १४ हजार पाँच सयभन्दा बढीको मृत्यु भइसकेको छ । विशेषज्ञहरुले भने कोरोनाबाट मृत्यु हुनेको वास्तविक संख्या निकै धेरै रहेको हुनसक्ने बताएका छन् ।

यस्तै बंगलादेशमा रोकिएको कोरोना खोप अभियान बिहीबारबाटै शुरु हुने स्वास्थ्य अधिकारीहरुले बताएका छन् । भारतले कोरोना खोप निर्यातमा रोक लगाएकाले बंगलादेशमा खोप अभियान रोकिएको थियो । बंगलादेशले आइतबारसम्ममा अमेरिकी कम्पनी मोडेर्नाको २५ लाख डोज कोरोना खोप पाउने अपेक्षा गरेको छ ।

बंगलादेशस्थित चिनियाँ दूतावासका अधिकारीले चीनले पनि २० लाख खोप पठाउने तयाीमा रहेको बताएका छन् । यसअघि नै चीनले बंगलादेशलाई ११ लाख डोज कोरोना खोप अनुदान दिइसकेको छ ।

एजेन्सीहरुको सहयोगमा

शेयर गर्नुहोस्

अभिलेख खबर डटकममा कुनै लेख, समाचार, सूचना, विज्ञापन सामाग्री प्रकाशन गर्न चहानुहुन्छ भने abhilekhkhabar@gmail.com मा मेल गर्नुहोस् । हामीसंग फेसबुक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।

spot_img

ताजा खबर

सम्बन्धित खवर

इमान्दार व्यक्तित्व, शालिन स्वाभाव र कुशल संगठक- मोति

पर्वत जिल्लाको सामाजिक राजनीतिक आन्दोलनका अनवरत यात्री हुन मोति प्रसाद पौडेल । मोतिको लामो समय समाजको परिवर्तनका भोकमा विताए । जनताको सुख सुविधा, राजनीतिक...

राजनीतिमा सामाजिक नेतृत्व संस्कृतिको प्रतिबिम्ब

नेपालमा पछिल्ला केही वर्ष यता राजनीतिक सुधारको माग तीव्र रूपमा उठिरहेको छ। सुशासन, उत्तरदायी राजनीति, नेतृत्व सुधार र संस्थागत सुदृढीकरण बारे सार्वजनिक बहस निरन्तर...

अस्पताल बोकेर गाउँमा- शिव

वितेको पाँच महिना अंघि याम परियार `शिव´ प्रदेश अस्पताल (पर्वत जिल्ला अस्पताल)को अध्यक्ष´भएका हुन । अध्यक्ष भएकै दिनदेखी स्वास्थ्य सेवा धेरै भन्दा धेरै कसरी...

अस्थिर राजनीति, अवरुद्ध विकास र युवा पलायन: निर्णायक मोडमा नेपाल

आफ्नो जागिरका दिनहरूमा पनि सक्रिय राजनीति गर्ने गरेका एकजना पुर्व सरकारी कर्मचारी हालै छोरा वुहारी भेट्न युरोप पुगेर उताको बसाइँबाट फर्किएपछि आजकल नेपाली राजनीतिक...

सामाजिक, राजनीतिक यात्राका प्रेमिल जोडी `एकनारायण आनन्द´-

एकनारायण न्यौपाने र आनन्द भुसाल एकर्कामा घनिष्ठ नाम हो । यी दुईजना पर्वतका लोकतान्त्रिक आन्दोलनका सक्रिय र उदाहरणीय व्यक्तित्व हुन । दाक्षिणी पर्वतका त...

रेखा गुरुङ को हुन, कसरी बनिन मन्त्री ?

पर्वत जिल्लाबाट गण्डकी प्रदेशमा प्रतिनिधित्व गर्ने नेपाली कांग्रेसका सांसद रेखा गुरुङ गण्डकी प्रदेशको सामाजिक विकास युवा तथा खेलकुद मन्त्री नियुक्त भएकी छन । कांग्रेस...