7.9 C
Nepal
Tuesday, January 27, 2026
मङ्लबार, माघ १३, २०८२
Tuesday, January 27, 2026
spot_img

भक्ति थापालाई राष्ट्रिय विभूतिमा समावेश गर्ने सरकारको निर्णय

शेयर गर्नुहोस्

काठमाडाैं : भक्ति थापालाई नेपालको राष्ट्रिय विभूतिमा समावेश गर्ने नेपाल सरकार मन्त्रिपरिषदले निर्णय गरेको छ। असार १४ गते सोमबार बसेको मन्त्रिपरिद् बैठकले यस्तो निर्णय गरेको हो। 

थापाले नेपाल-अंग्रेज युद्धमा वीरता प्रदर्शन गरेका थिए। विसं १७९८ मा लमजुङमा जन्मिएका थापा नेपाल-अंग्रेज युद्धको बखत नेपालका वरिष्ठ सैनिक थिए। 

उनी पहिले लम्जुङका राजा केहरीनारायण शाहका सेनाका सरदार भएकाले लमजुङका तर्फबाट धेरै पटक युद्ध लडेका थिए।

गोरखा (नेपाल) सँगको अन्तिम युद्धमा पराजित भई युद्धबन्दीका रूपमा काठमाडौं पुगेको करिब एक वर्षपछि उनी नेपाली फौजका सरदार भई नेपाल एकीकरण अभियानमा संलग्न भएका थिए।

त्यस्तै सरकारले राष्ट्रिय योजना आयोगको सदस्यमा बाजुराका श्री राजबहादुर गिरीलाई नियुक्त गर्ने निर्णय पनि गरेको छ। यसैगरी सरकारले सरकारी निकायको वेबसाइट निर्माण तथा व्यवस्थापन सम्बन्धी निर्देशिका, २०७८ पनि स्वीकृत गर्ने निर्णय गरेको छ।

थापालाई समावेश गरिएपछि नेपालमा अब १७ जना राष्ट्रिय विभूति भएका छन्

नेपालका अन्य १६ जना राष्ट्रिय विभूतिहरू 

१ गौतम बुद्ध
२ अंशुवर्मा
३ सीता
४ जनक
५ अरनिको
६ रामशाह
७ अमरसिंह थापा
८ पृथ्वीनारायण शाह
९ भानुभक्त आचार्य
१० भीमसेन थापा
११ बलभद्र कुँवर
१२ श्री ५ त्रिभुवन
१३ मोतीराम भट्ट
१४ शङ्खधर शाख्वा
१५ पासाङ ल्हामु शेर्पा
१६ महागुरु फाल्गुनन्द

शेयर गर्नुहोस्

अभिलेख खबर डटकममा कुनै लेख, समाचार, सूचना, विज्ञापन सामाग्री प्रकाशन गर्न चहानुहुन्छ भने [email protected] मा मेल गर्नुहोस् । हामीसंग फेसबुक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।

spot_img

ताजा खबर

सम्बन्धित खवर

पर्यावरणीय न्यायका चिन्तक— आरके अदिप्त गिरी

आरके अदीप्त गिरी— प्रकृति, पर्यावरण तथा साहित्य, कला–संस्कृतिका अभियानकर्मी चिन्तक हुन आरके अदीप्त गिरी । पछिल्लो समय उनी कालीगण्डकी नदी दोहन विरुद्ध कुरुवा र...

गंगाराम परियारको `फूलै–फूलमा भमरा´गीति बजारमा(भिडीयो सहित)

गायक गंगाराम परियारले `फूलै–फूलमा भमरा नाचनी´ नामक लोकदोहोरी गीत सार्वजनिक भएको छ । विशेषगरी प्रेम कथामा आधारीत उक्त गित अडियो भिडियो सहित बजारमा आएको...

अर्जुन जोशी र नवराज गुरुङ : एकधारदेखि वारपारसम्म—

एक मन लाग्यो केहि नलेखौं । फेरी लाग्यो केहि त लेखौ । अर्जुन नवराजले पछिल्ला २ दिनको फरकमा २ छुट्टाछुट्टै पत्रकार सम्मेलन गरे,...

माओवादी र पछिल्लो पर्वत

नेकपा माओवादी— हुन त अहिले नेकपा माओवादी भन्न नमिल्ने हो । माओवादीको नाम धेरैपटक परिवर्तन भइसकेको छ । तर माओवादीको तत्कालीन ससत्र युद्ध वा...

राजनीतिक र सामाजिक क्षेत्रमा अनवरत – मिना

मिना केसी – राजनीतिक र सामाजिक क्षेत्रका एक अनवरत यात्री हुन् । २०५० को दशकदेखि पर्वत जिल्लाको समाजमा सत्य बोल्ने र सादगी जिवनशैलीमा देखिने...

रुक्मागत न्यौपाने : पर्वत जिल्लाका प्रेरणादायी उद्धमी —

रुक्मागत न्यौपाने अहिले उमेरले ६३ वर्षका भए । शारीरिक रुपमा `ख´ अपाङ्गता समूहमा पर्छन् उनी । सानैदेखि उनको गोडामा समस्या छ । तर उनलाई...