19.5 C
Nepal
Tuesday, September 8, 2026
मङ्लबार, भदौ २३, २०८३
Tuesday, September 8, 2026
spot_img

मुखियाको कुकुर !

शेयर गर्नुहोस्

एक समय कुनै एक गाउँका मुखिया साह्रै शक्तिशाली थिए । उनलाई त्यस गाउँका जनताले खूब मान्थे। सबैले “मुखिया बा” भन्थे । मुखिया बा त्यो गाउँका हरेक विकाश, सामाजिक काम तथा सामाजिक क्रियाकलापका सर्वमान्य नेता थिए। उनी न्याय फैसला दिने न्यायाधीश, विचार-सल्लाह दिने विचारक र धेरैका गुरु पनि थिए । मुखिया बा को रिस जो कोही माथि पोखियो उ खरानी हुन्थ्यो । सबैजना मुखिया बा लाई रिझाउने र खुसी पार्ने कामहरू मात्रै गर्दछ ।

कहिलेकाही उनले छड्के रिसालु नजरले हेरेर मात्रै मानिसलाई हायलकायल पार्थे र कतिलाई त भै गयो यसपटक तेरो भाग्य बलियो रहेछ, तपाईं बक्सिद दिँए, खुसीले बाँच जा आदि भनेर पनि छाडिदिन्थे । उनले कसैलाई यो पेशा गर, यस्तो काम गर त कतिपयलाई तँ लायक छस यो कामको नेतृत्व गर म हेर्छु भनेर समेत जिम्मेवारी दिन्थे। यसरी उनी थुप्रै मानिसका भाग्य विधाता समेत स्थापित भएका थिए । जे होस उनको शक्ति र रवाफका कारण उनीसँग सबै गाउँलेहरु थर्कमान थिए ।

एक दिन उनले पालेको कुकुर मरेछ । तुरुन्तै सारा गाँउले रुहावास गर्दै उनको निवासमा भिड लागेछन । ओहो कस्तो जाती कुकुर थियो नि, के कुकुर भन्नू जन्म र जुनिले कुकर भए पनि हाम्रा मुखिया बा को साथी थियो, अस्ति मुखिया बा सवारी हुँदा हाम्रा तगेरा बाट आगन तर्फ हेरेन्थ्यो तेहि अन्तिम देखाइ रहेछ, बैकुण्ठ जावस, फेरि अर्को जुनि छिट्टै लिएर हाम्रा मुखिया बाको सेवामा उपस्थित होस आदि अभिव्यक्ति क्रन्दन र ह्वा-ह्वा गरेर गाउँले रोहिरहेका थिए । आफ्नो कुकुरको यती प्रशंसा गरेर मुखिया बा ले तुरुक्क आँसु झारेर अन्तिम विदाइ गरेका थिए ।

केही महिना पछि मुखिया बा विरामी परे । राम्रो ओखती मुलो गरियो। शहरबाट बैध झिकाएर समेत देखाइयो । तर विमार विसको उन्नाइस भएन । गाउँले पनि मुखिया बा तङ्रिन सक्ने संभावित विभिन्न जडिबुटी कन्तमुल र फलफूल लिएर भेट्न गए । हेर्दा हेर्दै मुखिया बा को स्वास्थ्य अवस्था विग्रिँदै गयो । केही दिन थलोमा परेपछि उनको देहावसान भयो । मुखिया बा मध्यरातमा वितेका थिए ।

विजुली झै खवर गाउँभर फैलियो । मुखिया बा को तागत घटेसँगै घरमा आउन घटेका गाउँले उनैको अन्तिम संस्कारको लागि निस्किएर विहानै देखि तत्परता देखाएनन् । मुुखियाका छोराछोरी र भाइ खलक एकाध घर विहानबाट भेला भई चर्को-चर्को स्वरमा शंख बजाए। बल्ल विहानको १० वजे तिर फाट्टफुट्ट गर्दै गाउँलेहरु उपस्थित भएछन र अलि ढिला गरेर उनको अन्तिम यात्रा निस्केछ । त्यसको केही समय पछि वल्लो-पल्लो गाउँमा एउटा हल्ला चलेछ: “मुखियाको कुकुर मर्दा मालिक रिझाउन रुँदै आएका गाउँहरुले स्वयं मुखिया मर्दा आएनछन”

शव्दसंयोजन: शिव प्रसाद शर्मा, उनि गैसस महासंघ नेपाल गण्डकी प्रदेश सचिव, फ्रन्टलाइन नेपाल संस्थाका अध्यक्ष एवं युवालाई आशावादी बनाओैँ अभियानका अभियान्ता हुन । प्रतिक्रियाका लागि: shivom.frontline@gmail.com
शेयर गर्नुहोस्

अभिलेख खबर डटकममा कुनै लेख, समाचार, सूचना, विज्ञापन सामाग्री प्रकाशन गर्न चहानुहुन्छ भने abhilekhkhabar@gmail.com मा मेल गर्नुहोस् । हामीसंग फेसबुक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।

spot_img

ताजा खबर

सम्बन्धित खवर

इमान्दार व्यक्तित्व, शालिन स्वाभाव र कुशल संगठक- मोति

पर्वत जिल्लाको सामाजिक राजनीतिक आन्दोलनका अनवरत यात्री हुन मोति प्रसाद पौडेल । मोतिको लामो समय समाजको परिवर्तनका भोकमा विताए । जनताको सुख सुविधा, राजनीतिक...

राजनीतिमा सामाजिक नेतृत्व संस्कृतिको प्रतिबिम्ब

नेपालमा पछिल्ला केही वर्ष यता राजनीतिक सुधारको माग तीव्र रूपमा उठिरहेको छ। सुशासन, उत्तरदायी राजनीति, नेतृत्व सुधार र संस्थागत सुदृढीकरण बारे सार्वजनिक बहस निरन्तर...

अस्पताल बोकेर गाउँमा- शिव

वितेको पाँच महिना अंघि याम परियार `शिव´ प्रदेश अस्पताल (पर्वत जिल्ला अस्पताल)को अध्यक्ष´भएका हुन । अध्यक्ष भएकै दिनदेखी स्वास्थ्य सेवा धेरै भन्दा धेरै कसरी...

अस्थिर राजनीति, अवरुद्ध विकास र युवा पलायन: निर्णायक मोडमा नेपाल

आफ्नो जागिरका दिनहरूमा पनि सक्रिय राजनीति गर्ने गरेका एकजना पुर्व सरकारी कर्मचारी हालै छोरा वुहारी भेट्न युरोप पुगेर उताको बसाइँबाट फर्किएपछि आजकल नेपाली राजनीतिक...

सामाजिक, राजनीतिक यात्राका प्रेमिल जोडी `एकनारायण आनन्द´-

एकनारायण न्यौपाने र आनन्द भुसाल एकर्कामा घनिष्ठ नाम हो । यी दुईजना पर्वतका लोकतान्त्रिक आन्दोलनका सक्रिय र उदाहरणीय व्यक्तित्व हुन । दाक्षिणी पर्वतका त...

रेखा गुरुङ को हुन, कसरी बनिन मन्त्री ?

पर्वत जिल्लाबाट गण्डकी प्रदेशमा प्रतिनिधित्व गर्ने नेपाली कांग्रेसका सांसद रेखा गुरुङ गण्डकी प्रदेशको सामाजिक विकास युवा तथा खेलकुद मन्त्री नियुक्त भएकी छन । कांग्रेस...