11.4 C
Nepal
Monday, January 26, 2026
सोमवार, माघ १२, २०८२
Monday, January 26, 2026
spot_img

अर्जुन जोशी र नवराज गुरुङ : एकधारदेखि वारपारसम्म—

शेयर गर्नुहोस्

एक मन लाग्यो केहि नलेखौं । फेरी लाग्यो केहि त लेखौ । अर्जुन नवराजले पछिल्ला २ दिनको फरकमा २ छुट्टाछुट्टै पत्रकार सम्मेलन गरे, चुनाव लड्नेले र उम्मेदवारी घोषणा पछि लेखौं तनि भन्ने मोडमा पुगेको हुँ । जति यी २ पात्रका विचमा याथार्थ छ जति मेरो बुझाइ र अनुभवमा छ निकै संक्षिप्तमा भन्छु । फेरी समाजमा फल लागेको तिर मल हालेको हुँ भन्ने र सुकेको बोट तिर नराम्रो जातको विरुवा भन्नेको जमात पनि त धेरै न छ, यसकारण पनि केहि लेखौ भन्ने भयो । –

नेपाली कांग्रेस पर्वत वितेका ३० बर्षदेखी अर्जुन जोशी र नवराज गुरुङको वरीपरि चलेको छ । यसमा राम शर्मा पौडेल, ऋषिकेश तिवारी लाई पनि जोड्न सकिन्छ । समय रहे मन लागे आर्को कुनै दिन यीबारे लेखौंला । तर मुख्यतः अर्जुन नवराज बारे लेख्दैछु आज ।

विद्यार्थी कालमा अर्जुन र नवाराज ज्यादै मिल्ने साथी थिए रे ! यिनीहरु प्राय संगै हुन्थे रे । यिनीहरु बिचका कुरा प्राय साझा हुन्थे, नजिक देखिन्थे– त्यतिबेला देखेका र संगत गरेका पाका पुस्ता सुनाउँछन ।

यो कुराको पुष्टी अर्जुन जोशी आफैले ७९को निर्वाचनताका गरे । टिकट लिएर आएपछि सदरमुकाम कुश्मामा एक कार्यक्रममा बोल्ने क्रममा अर्जुन जोशीले भने– `हेर नवराज तिमी र म वाल्यकालदेखीकै साथी हौँ, कमिज साटासाट गरेर लाएका हौँ, आमाले बनाएको धेरै कुरा हामीले संगै बाँडेर खाएका हौँ, कहिले तिम्ले टिकट ल्याएउ, कहिले मैले ल्याएँ, हारियो जितियो, यसपटक पार्टीले मलाई टिकट दियो मिलेर लागौँ… यस्तै ।´

युवा जीवनका मिल्ने साथी राजनीतिक जिवनमा आउँदा किन दुईतिर भएहोलान । यो ज्यादै पेचिलो कुरा छ । नवराज अर्जुन पार्टीका हरेक फोरममा आमनेसामने प्राय; देखिन्छन । तर खासखास परिस्थितिमा यिनीहरुको मिलती पिरती पुरानै युवा अवस्थाको देखिन्छ– टिकट लिनेदिने बेला, कुनै बाँडफाँड, केहि अधिवेशन ताका । विगत हेर्दा नेपाली काँग्रेसको टिकट अर्जुन नवराज बाट फुत्किए मात्रै अरुमा जान्छ, गएको छ । आगामी दिन के हुन्छ हेरौं ।

यसरी नवराज अर्जुन खास खास परिस्थितिमा मिलेर लोकलाई झगडा किन देखाउँछन यो भेउ पाउन कसैले सकेका छैनन । पर्वत जिल्लालाई हेर्दा सुरुको चरणमा नवराज वरपर घुमेकाहरु एक समय पछि अर्जुन तिर सरेका छन । राजनीतिमा सत्ता, शक्तिको प्रभाव, डर अथवा लोभले यो कुरालाई निर्धारण गर्छ । यस्तो तलदेखी माथि सम्म छ । जहां पनि चल्छ । जताततै छ ।

नेपाली काँग्रेस पर्वत बिग्रीयो वा सप्रीएको छ यसको जस अरुले भन्दा यी दुईजनाले लिनुपर्छ । अझ बढी अर्जुन जोशीले लिनुपर्छ । किनकी पर्वत कांग्रेसको सत्ता बढी लामो समय उनीसंग छ । अरुले पनि त्यहीअनुसार भाग लाउनुपर्छ ।

अर्जुन नवराज दुबैजना सङ्ग मेरो धेरधोर चिनाजानी र सहकार्य छ । मैले जति यिनीहरुलाई बुझेकोछु सबै पाटाहरु केलाएर लेख्न बोल्न थाल्ने हो भने लेखेरै भ्याउँदिन । यिनीहरुबिच गुण अबगुण दुबै छन । केहि समान, केहि आफ्नै स्वाभाव र शैली छन । यो सबैजसो मान्छेमा हुन्छ । यिनीहरु पनि मान्छे न हुन, नहुने कुरै भएन ।

जानकारहरु भन्छन नवराज कलेज राजनीति हुँदै २०४२ सालमा नेविसंघको केन्द्रीय उपाध्यक्ष भएका थिए । हालका कार्यवाहक सभापति पुर्ण बहादुर खड्का त्यो कमिटीका मिल्ने साथी हुन उनका । अर्जुन जोशी पहिला देखीनै जिल्ला कार्य समितिको सदस्य थिए । काठमाडौंमा बसेर कलेजमा पढाउँथे । पछि सभापति बनेपछि जिल्ला बस्न थाले । अर्जुन नवराज दुबैजनाको २०४८ पछि जिल्ला बसाई र राजनीति बाक्लियो । अर्जुन जोशीलाई पारिवारिक पृष्ठभूमिले राजनीतिक ग्राउण्डमा खेल्न सजिलो बनायो । तर नवराज गुरुङ आफ्नो बलमा राजानीति प्रभाव जमाएका हुन ।

पर्वत जिल्लाको कांग्रेस पार्टीमा झ्वाट्ट देख्दा अर्जुन जोशीको प्रभाव बढी देखिन्छ । तर नवराज गुरुङ एक्लै किन नहिडुन प्रभाव यिनको पनि कम्ती छैन । (मैले माथि नै भनि सकें सत्ता सक्ति, लोभ डर मा मान्छे छ ) सिमित मान्छे कतै देखिने कुराले तत्कालिन पार्टी भित्र फाइदा दिन्छ वा प्रभाव झल्किएला तर अन्तिममा चाहिने सामुहिक प्रायास हो । त्यो प्रयासमा नवराज गुरुङको सहायता बिना रिजल्ट निकाल्न करिव असम्भव छ । किनकी पर्वत जिल्लामा केहि पात्र बाहेक सबैले देखिएर होस या छेकिएर ठाउँ हेरेर अर्जुन नवराजलाई उस्तै उस्तै माया गर्छन ।
धेरै पात्र यस्ता छन नवराज संगको रिस आवेग, गाली गएर अर्जुनसंग बिसाउँछन । केहि कारण अर्जुनसंग रिसाए भने उस्तै कुरा नवराजकहाँ आएर पोख्छन । पार्टीसंग जोडिएका मुख्यमुख्य कुरा लिन परे यि दुबैजनाकहाँ भिड लाग्छ । कुनै मान्छे त यस्ता छन विहान नवराजलाई उक्साएर दिउँसो अर्जुनसंग हुन्छन ।

यिनिहरुको लिङ्क, कनेक्सन तलदेखी माथि सम्म समान जस्तै देखिन्छ । नवराज गुरुङ केन्द्रीय लाइन कृष्ण प्रसाद भट्टराई हुँदै देउवा लाईनमा राजनीति गरिरहे भने, अर्जुन गिरिजा शुशिल कोईराला पछि देउवा लाईनमा आए । अर्जुनले धार अदलबदल गरिरहे । पछिल्ला अभिव्यक्ति सुन्दा नवराज देउवा धारमै रहने स्पष्ट संकेत गरेका छन भने, अर्जुनले परिस्थिति अनुसार यताउता हुन सकिने बताएका छन । यता पर्वत पार्टी भित्रको चुनाव अर्जुन जोशीले प्रभाव राख्छन तर आम निर्वाचन यि दुबै पात्र उस्तैउस्तै देखिन्छन । त्यो विगतको मत परिणामले पनि बताउँछ ।

मानिलिउँ नेपाली कांग्रेस पर्वत भित्र नेताहरुको नाम लेखेर कसको प्रभाव कति भनेर सर्बेक्षण गर्ने हो भने १ नम्बर अर्जुन जोशी २ नम्बरमा नवराज गुरुङ्को मत आउँछ । (तर त्यो बेला कसैले कसैलाई मत हाल अथवा नहाल भन्न नपाइने, निर्वाचन फेयर हुनुपर्छ मत गणना पनि फेयर हुनुपर्छ ।) जो रिसाओस खुसाओस । सत्य यही हो ।

यसैमा एउटा किस्सा छ – ( पर्वत जिल्लाका पुराना प्रजातान्त्रिक नेता लोकनाथ आचार्य र मेरो बेलाबेला भेट हुन्छ– कहिले कार्यक्रमका शिलशिलामा, कहिले बाटोमा कहिलेकहीँ चियापसलमा । लोकनाथ आचार्य उमेरले ८४ कटेका भएपनि आज पनि उनमा धेरैकुराको जानकारी छ । उनले मलाई सोधपुछ गर्थे के छ जिल्लाको माहोल, के बुझेका छौ ? तिमी अलि विशेष लाग्छ यस्तै,– समाज राजनीति हिंजोको स्थिती आजको समय अनेक विषयमा हाम्रो बातचित हुन्थ्यो । यसैक्रममा एकदिन मैले लोकनाथ आचार्यलाई सोधें नेपाली काँग्रेस पर्वत भित्र हजुरको बुझाईमा प्रभाव र मत का हिसाबले जिल्लाका नेता मध्य कसको बढी छ, नम्बर दिएर भन्नुहोस भनें !– उनले भने १ नम्बरमा अर्जुन जोशी, २ नम्बरमा नवराज गुरुङ नै हुन । ३ नम्बर तिर आउँदा उनले धेरैको नाम लिए ऋषिकेश तिवारी ,राम शर्मा पौडेल, खगेन्द्र तिवारी..आदि । उनले यीनिहरुको यो उदाहरण सहित सवल र दुर्वल पक्ष समेत सुनाए । त्यो लामो हुन्छ यहाँ । उनले- हाम्रो रामले पनि गर्न सक्थ्यो आजकल राजनीतिमा चासो राख्न छाड्यो, जिल्ला बसेन भनेर छोराको नाम पनि लिए । (राम आचार्य कुश्माका तत्कालीन मेयर थिए ।)

मैले यो कुरा जोडेर लोकनाथ आचार्यलाई विवादमा ल्याउन विल्कुल खोजेको छैन । मेरो जान्ने इच्छालाई उनले आफ्नो बुझाई र अनुभवका आधारमा बताईदिए । यसैमा फेरि लोकनाथ आचार्यसंग कसैले रिसराग नपालेकै बेश, कुश्मा वरपर लठ्ठी टेकेर निस्किए भने माहोल यताउता पार्ने तागत राख्छन अझै पनि उनले । टिकट लिएपछि काँग्रेस त पुग्छन नै अन्य दलका नेताहरुपनि आसिर्वाद लिन पुग्छन उनिकहाँ । उनले मत जता दिएपनि आसिर्वाद दिएर पठाउँछन सबैलाई । )

२०४८ सालमा एकजना सांसदको टिकट लिएर चुनाब लडे । पछि एकजना सभापती भएर पर्वत घुमेका नवराज अर्जुन आज पनि राजनीतिमा छन । जिल्लाका अग्रज नेताहरु हुन । सबै कुराको विश्लेषण एकातिर छाडेर– यिनीहरुले समाज र राजनीतिमा बिताएको समयकाप्रति मेरो ज्यादै सम्मान छ ।

अर्जुन जोशीले राजकीय अनुभव लिइसके । केहि नगरुन त्यही सही एकपट कुनै त्यस्तो उपयुक्त ठाउँ छ मिल्छ भने, उमेर पाकेका नवराज गुरुङ्ले अनुभव गरुन भन्ने छ, यस्तो धेरैले सुनाउछन ।

तर, आजपनि अर्जुन जोशी र नवराज गुरुङ अर्को मान्छे नै तयार देखिएन भनेर आफुले जित्ने दावा पेश गर्दै चुनाब लड्ने भनेका छन । सही हो, अर्को मान्छे देखिएन । आर्को सही मान्छे आउन सकेन कि, आउन दिईएन कि, तयार गरिएन ? त्यो आफै जान्नुहोस । मेरो अनुरोध छ अर्को मान्छे छैन भन्ने देखाएर आफै चुनाब लढ्ने प्रयास नगरेकै वेश । त्यसैमा सम्मान छ । त्यसैमा हित छ ।

#politics #society #arjunjoshi #navarajgurung

शेयर गर्नुहोस्

अभिलेख खबर डटकममा कुनै लेख, समाचार, सूचना, विज्ञापन सामाग्री प्रकाशन गर्न चहानुहुन्छ भने [email protected] मा मेल गर्नुहोस् । हामीसंग फेसबुक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।

spot_img

ताजा खबर

सम्बन्धित खवर

पर्यावरणीय न्यायका चिन्तक— आरके अदिप्त गिरी

आरके अदीप्त गिरी— प्रकृति, पर्यावरण तथा साहित्य, कला–संस्कृतिका अभियानकर्मी चिन्तक हुन आरके अदीप्त गिरी । पछिल्लो समय उनी कालीगण्डकी नदी दोहन विरुद्ध कुरुवा र...

गंगाराम परियारको `फूलै–फूलमा भमरा´गीति बजारमा(भिडीयो सहित)

गायक गंगाराम परियारले `फूलै–फूलमा भमरा नाचनी´ नामक लोकदोहोरी गीत सार्वजनिक भएको छ । विशेषगरी प्रेम कथामा आधारीत उक्त गित अडियो भिडियो सहित बजारमा आएको...

माओवादी र पछिल्लो पर्वत

नेकपा माओवादी— हुन त अहिले नेकपा माओवादी भन्न नमिल्ने हो । माओवादीको नाम धेरैपटक परिवर्तन भइसकेको छ । तर माओवादीको तत्कालीन ससत्र युद्ध वा...

राजनीतिक र सामाजिक क्षेत्रमा अनवरत – मिना

मिना केसी – राजनीतिक र सामाजिक क्षेत्रका एक अनवरत यात्री हुन् । २०५० को दशकदेखि पर्वत जिल्लाको समाजमा सत्य बोल्ने र सादगी जिवनशैलीमा देखिने...

रुक्मागत न्यौपाने : पर्वत जिल्लाका प्रेरणादायी उद्धमी —

रुक्मागत न्यौपाने अहिले उमेरले ६३ वर्षका भए । शारीरिक रुपमा `ख´ अपाङ्गता समूहमा पर्छन् उनी । सानैदेखि उनको गोडामा समस्या छ । तर उनलाई...

राजनीतिक दलका नेतृत्व भन्दा नेतृत्व मान्नेलाई फेरौँ ।

राजनीतिक दलका नेतृत्व भन्दा नेतृत्व मान्नेलाई फेरौँ । नेपाली राजानीतिक पार्टीका नेतृत्व फेरिनु पर्छ भनेर उनिहरुको कार्य शैली माथि बेलाबखत प्रश्न उठिरहन्थ्यो । पार्टीमा आवद्ध...