19.5 C
Nepal
Tuesday, September 8, 2026
मङ्लबार, भदौ २३, २०८३
Tuesday, September 8, 2026
spot_img

पर्यावरणीय न्यायका चिन्तक— आरके अदिप्त गिरी

शेयर गर्नुहोस्

आरके अदीप्त गिरी— प्रकृति, पर्यावरण तथा साहित्य, कला–संस्कृतिका अभियानकर्मी चिन्तक हुन आरके अदीप्त गिरी । पछिल्लो समय उनी कालीगण्डकी नदी दोहन विरुद्ध कुरुवा र शताब्दी घरका परिकल्पनाकार तथा संरक्षकका रूपमा पर्वत जिल्लाको सदरमुकाम कुश्मामा क्रियाशील छन ।

उनको बाल्यकाल पर्वतको कुश्मामै बित्यो । स्थानीय विद्यालयबाट स्कुले शिक्षा पूरा गरेका गिरी पहिले देखी नै कला, साहित्य, प्रकृति र संस्कृतिप्रति आकर्षित थिए । यही रुचिका कारण उनले स्थानीय, राष्ट्रिय अन्तर्राष्ट्रिय पत्रपत्रिका जर्नल तथा सञ्चारमाध्यममार्फत कार्यक्रम, कोलम तथा फुटकर लेख–रचनाहरू निरन्तर पस्किरहन्थे । केही थान उनका नीजि किताबहरू प्रकाशित छन भने विविध पत्रपत्रिका उनले प्रकाशन गरेका छन ।

अध्ययन र अनुसन्धानलाई थप विस्तार गर्ने क्रममा उनी राजधानी काठमाडौं प्रवेश गरे । काठमाडौं बसाइँले उनको औपचारिक शिक्षा मात्र पुरा गरेन, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय तहका बौद्धिक सर्कल र सम्बन्धहरू पनि विस्तार र सुदृढ गरायो । सामाजिक कर्मकै कारण दर्जनौं राष्ट्रिय अन्तर्राष्ट्रिय सम्मान पुरस्कार उनि सामु आए ।

२०७२ सालको विनाशकारी महाभूकम्पले उनलाई पुनः कुश्मातर्फ फर्कायो । तर यो फर्काइ केवल भूकम्पबाट जोगिन मात्र थिएन । काठमाडौंमा जमेका आरके अदिप्त गिरी कुश्मा फर्किएपछि संस्कृति र प्रकृति संरक्षण तथा प्रवर्द्धनका पहरेदार बने । कुश्माको थोत्रिएको तीन सय वर्ष पुरानो घरलाई मौलिक स्वरूपमै दुलही सिंगारेझैँ सिंगारेर शताब्दी घरका रूपमा पुनर्जीवित गरे भने, अलौकिक र पवित्र कालीगण्डकी नदी संरक्षणको अभियानको थालनी गरे । मनमौजी उनी माटोको माया साचेर कुश्मा बाँचिरहेका छन ।

आज त्यो पुरानो घर शताब्दी घरको नामले परिचित छ — मौलिक ज्ञान, विवेक र चेतनाको उज्यालो फैलाउने सबैका लागि साझा पाठशालाका रूपमा स्थापित छ । अर्कोतर्फ, पर्वत जिल्लालाई अँगाल्दै बग्ने ‘कालीगण्डकी बचाऔँ अभियान’ले नदी दोहनमा लागेकाहरूको निद हराम गरिरहेको छ । यद्यपि कला, सभ्यता र संस्कृतिसँग जोडिएका यस्ता मुद्दामा स्थानीय निकाय र सरकारको सहयोग भने निराशाजनक देखिन्छ ।

मैले जति आरके अदिप्त गिरीलाई चिनेको र संगत गरेको छु, यदि कसैले उनलाई `देशको कुनै ठूलो पद कि प्रकृति–पर्यावरणको मुद्दा?´भनी रोजाइ गर्न लगाए भने उनी निस्सन्देह दोस्रो विकल्प रोज्छन । किनकि उनी प्रकृति, कला र संस्कृतिका अनौठा साधक हुन । यस क्षेत्रका देश–विदेशका अभियानकर्मी सर्कलसँग उनी गहिरो रूपमा जोडिएका र परिचित छन ।

विवेकलाई बन्धक नबनाउने, चेतनालाई सधैं खुला राख्ने उनको स्वभाव हो । समाजका मुद्दा, भूगोल, पात्र र प्रवृत्तिको सही पहिचान गरी उजागर गर्ने क्षमता उनीमा प्रखर छ । चित्त नबुझेका अवसर र स्थानमा उनी सहभागी हुंदैनन । बरु गाउँ–गाउँ डुल्छन्, प्रकृति संग खेल्छन, पुराना डोका, डालो, नाङ्ला, सेखु, ठेकी र भाँडाकुँडा संकलन गर्छन । उनकै अगुवाइमा शताब्दी घर पुरानो संस्कृतिको जीवित संग्रहालय बन्दै गएको छ ।

नितान्त आरकेलाइ बुझ्ने हो भए उनि फराकिलो बाँच्न सक्छन, कुश्मामा खुम्चीएर वा पोखिएर बसेजस्तो देखिन्छ । तर गहिरो सामाजिक दायित्व बोध गरेर जुन कर्म गरेका छन, सबैको ध्यान तानेका छन, यसरी हेर्दा उनि बृहत बाँचेका छन ।

समाज, भाषा–साहित्य, प्रकृति–पर्यावरण र संस्कृतिप्रति गहिरो अध्ययन र संवेदनशील दृष्टि राख्ने आरकेमा राजनीतिक चेतना र चासो पनि उत्तिकै प्रखर देखिन्छ । उनी सधैँ नेपथ्यमा रहेर सत्यका पक्षमा झटारो हानिरहन्थे । एक बसाईमा दाइले मसँग आफ्नै जीवनसत्य बाँड्दै भनेका थिए— `म लडिरहेछु । ज्ञानको हतियार उदाइरहेछु । विवेकको बाटो समाएर हिंडेको छु । यदि समयको छायाँ सरेन भने, म एउटा ठूलो लडाइँ लड्नेछु ।´

आज देशमा भएका नविन समकिरणहरुको प्रभावले यि र यस्तै पात्रहरु जोड्दैछ । चहानाले भन्दा पनि आवश्यकता र अवस्थाले कहिलेकहीँ नयाँ यात्रा तय गर्नुपर्छ । देशमा भएका सकारात्मक परिवर्तनलाई कतै न कतैबाट मद्धत गरिरहेका आरके आफै मैदानमा आउन सक्ने अवस्था देखिएको छ । नविन राजनीतिका लिडरहरु अथवा त्यो सर्कल सङ्ग भित्री रुपमा बलियो सम्बन्धमा रहेका आरके अब खुल्ला रुपमा साझेदार बनेर उँभिने दवाव आएको छ— त्यस्तो परिस्थिति निर्माण भएको छ ।

शुभकामना, आरके दाइ ।

#Society #Motivation #Politics #Savekaligandaki #Satabdighar #Savenature #Saveculture #selfchange

शेयर गर्नुहोस्

अभिलेख खबर डटकममा कुनै लेख, समाचार, सूचना, विज्ञापन सामाग्री प्रकाशन गर्न चहानुहुन्छ भने abhilekhkhabar@gmail.com मा मेल गर्नुहोस् । हामीसंग फेसबुक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।

spot_img

ताजा खबर

सम्बन्धित खवर

इमान्दार व्यक्तित्व, शालिन स्वाभाव र कुशल संगठक- मोति

पर्वत जिल्लाको सामाजिक राजनीतिक आन्दोलनका अनवरत यात्री हुन मोति प्रसाद पौडेल । मोतिको लामो समय समाजको परिवर्तनका भोकमा विताए । जनताको सुख सुविधा, राजनीतिक...

राजनीतिमा सामाजिक नेतृत्व संस्कृतिको प्रतिबिम्ब

नेपालमा पछिल्ला केही वर्ष यता राजनीतिक सुधारको माग तीव्र रूपमा उठिरहेको छ। सुशासन, उत्तरदायी राजनीति, नेतृत्व सुधार र संस्थागत सुदृढीकरण बारे सार्वजनिक बहस निरन्तर...

अस्पताल बोकेर गाउँमा- शिव

वितेको पाँच महिना अंघि याम परियार `शिव´ प्रदेश अस्पताल (पर्वत जिल्ला अस्पताल)को अध्यक्ष´भएका हुन । अध्यक्ष भएकै दिनदेखी स्वास्थ्य सेवा धेरै भन्दा धेरै कसरी...

अस्थिर राजनीति, अवरुद्ध विकास र युवा पलायन: निर्णायक मोडमा नेपाल

आफ्नो जागिरका दिनहरूमा पनि सक्रिय राजनीति गर्ने गरेका एकजना पुर्व सरकारी कर्मचारी हालै छोरा वुहारी भेट्न युरोप पुगेर उताको बसाइँबाट फर्किएपछि आजकल नेपाली राजनीतिक...

सामाजिक, राजनीतिक यात्राका प्रेमिल जोडी `एकनारायण आनन्द´-

एकनारायण न्यौपाने र आनन्द भुसाल एकर्कामा घनिष्ठ नाम हो । यी दुईजना पर्वतका लोकतान्त्रिक आन्दोलनका सक्रिय र उदाहरणीय व्यक्तित्व हुन । दाक्षिणी पर्वतका त...

रेखा गुरुङ को हुन, कसरी बनिन मन्त्री ?

पर्वत जिल्लाबाट गण्डकी प्रदेशमा प्रतिनिधित्व गर्ने नेपाली कांग्रेसका सांसद रेखा गुरुङ गण्डकी प्रदेशको सामाजिक विकास युवा तथा खेलकुद मन्त्री नियुक्त भएकी छन । कांग्रेस...