11.4 C
Nepal
Monday, January 26, 2026
सोमवार, माघ १२, २०८२
Monday, January 26, 2026
spot_img

पर्यावरणीय न्यायका चिन्तक— आरके अदिप्त गिरी

शेयर गर्नुहोस्

आरके अदीप्त गिरी— प्रकृति, पर्यावरण तथा साहित्य, कला–संस्कृतिका अभियानकर्मी चिन्तक हुन आरके अदीप्त गिरी । पछिल्लो समय उनी कालीगण्डकी नदी दोहन विरुद्ध कुरुवा र शताब्दी घरका परिकल्पनाकार तथा संरक्षकका रूपमा पर्वत जिल्लाको सदरमुकाम कुश्मामा क्रियाशील छन ।

उनको बाल्यकाल पर्वतको कुश्मामै बित्यो । स्थानीय विद्यालयबाट स्कुले शिक्षा पूरा गरेका गिरी पहिले देखी नै कला, साहित्य, प्रकृति र संस्कृतिप्रति आकर्षित थिए । यही रुचिका कारण उनले स्थानीय, राष्ट्रिय अन्तर्राष्ट्रिय पत्रपत्रिका जर्नल तथा सञ्चारमाध्यममार्फत कार्यक्रम, कोलम तथा फुटकर लेख–रचनाहरू निरन्तर पस्किरहन्थे । केही थान उनका नीजि किताबहरू प्रकाशित छन भने विविध पत्रपत्रिका उनले प्रकाशन गरेका छन ।

अध्ययन र अनुसन्धानलाई थप विस्तार गर्ने क्रममा उनी राजधानी काठमाडौं प्रवेश गरे । काठमाडौं बसाइँले उनको औपचारिक शिक्षा मात्र पुरा गरेन, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय तहका बौद्धिक सर्कल र सम्बन्धहरू पनि विस्तार र सुदृढ गरायो । सामाजिक कर्मकै कारण दर्जनौं राष्ट्रिय अन्तर्राष्ट्रिय सम्मान पुरस्कार उनि सामु आए ।

२०७२ सालको विनाशकारी महाभूकम्पले उनलाई पुनः कुश्मातर्फ फर्कायो । तर यो फर्काइ केवल भूकम्पबाट जोगिन मात्र थिएन । काठमाडौंमा जमेका आरके अदिप्त गिरी कुश्मा फर्किएपछि संस्कृति र प्रकृति संरक्षण तथा प्रवर्द्धनका पहरेदार बने । कुश्माको थोत्रिएको तीन सय वर्ष पुरानो घरलाई मौलिक स्वरूपमै दुलही सिंगारेझैँ सिंगारेर शताब्दी घरका रूपमा पुनर्जीवित गरे भने, अलौकिक र पवित्र कालीगण्डकी नदी संरक्षणको अभियानको थालनी गरे । मनमौजी उनी माटोको माया साचेर कुश्मा बाँचिरहेका छन ।

आज त्यो पुरानो घर शताब्दी घरको नामले परिचित छ — मौलिक ज्ञान, विवेक र चेतनाको उज्यालो फैलाउने सबैका लागि साझा पाठशालाका रूपमा स्थापित छ । अर्कोतर्फ, पर्वत जिल्लालाई अँगाल्दै बग्ने ‘कालीगण्डकी बचाऔँ अभियान’ले नदी दोहनमा लागेकाहरूको निद हराम गरिरहेको छ । यद्यपि कला, सभ्यता र संस्कृतिसँग जोडिएका यस्ता मुद्दामा स्थानीय निकाय र सरकारको सहयोग भने निराशाजनक देखिन्छ ।

मैले जति आरके अदिप्त गिरीलाई चिनेको र संगत गरेको छु, यदि कसैले उनलाई `देशको कुनै ठूलो पद कि प्रकृति–पर्यावरणको मुद्दा?´भनी रोजाइ गर्न लगाए भने उनी निस्सन्देह दोस्रो विकल्प रोज्छन । किनकि उनी प्रकृति, कला र संस्कृतिका अनौठा साधक हुन । यस क्षेत्रका देश–विदेशका अभियानकर्मी सर्कलसँग उनी गहिरो रूपमा जोडिएका र परिचित छन ।

विवेकलाई बन्धक नबनाउने, चेतनालाई सधैं खुला राख्ने उनको स्वभाव हो । समाजका मुद्दा, भूगोल, पात्र र प्रवृत्तिको सही पहिचान गरी उजागर गर्ने क्षमता उनीमा प्रखर छ । चित्त नबुझेका अवसर र स्थानमा उनी सहभागी हुंदैनन । बरु गाउँ–गाउँ डुल्छन्, प्रकृति संग खेल्छन, पुराना डोका, डालो, नाङ्ला, सेखु, ठेकी र भाँडाकुँडा संकलन गर्छन । उनकै अगुवाइमा शताब्दी घर पुरानो संस्कृतिको जीवित संग्रहालय बन्दै गएको छ ।

नितान्त आरकेलाइ बुझ्ने हो भए उनि फराकिलो बाँच्न सक्छन, कुश्मामा खुम्चीएर वा पोखिएर बसेजस्तो देखिन्छ । तर गहिरो सामाजिक दायित्व बोध गरेर जुन कर्म गरेका छन, सबैको ध्यान तानेका छन, यसरी हेर्दा उनि बृहत बाँचेका छन ।

समाज, भाषा–साहित्य, प्रकृति–पर्यावरण र संस्कृतिप्रति गहिरो अध्ययन र संवेदनशील दृष्टि राख्ने आरकेमा राजनीतिक चेतना र चासो पनि उत्तिकै प्रखर देखिन्छ । उनी सधैँ नेपथ्यमा रहेर सत्यका पक्षमा झटारो हानिरहन्थे । एक बसाईमा दाइले मसँग आफ्नै जीवनसत्य बाँड्दै भनेका थिए— `म लडिरहेछु । ज्ञानको हतियार उदाइरहेछु । विवेकको बाटो समाएर हिंडेको छु । यदि समयको छायाँ सरेन भने, म एउटा ठूलो लडाइँ लड्नेछु ।´

आज देशमा भएका नविन समकिरणहरुको प्रभावले यि र यस्तै पात्रहरु जोड्दैछ । चहानाले भन्दा पनि आवश्यकता र अवस्थाले कहिलेकहीँ नयाँ यात्रा तय गर्नुपर्छ । देशमा भएका सकारात्मक परिवर्तनलाई कतै न कतैबाट मद्धत गरिरहेका आरके आफै मैदानमा आउन सक्ने अवस्था देखिएको छ । नविन राजनीतिका लिडरहरु अथवा त्यो सर्कल सङ्ग भित्री रुपमा बलियो सम्बन्धमा रहेका आरके अब खुल्ला रुपमा साझेदार बनेर उँभिने दवाव आएको छ— त्यस्तो परिस्थिति निर्माण भएको छ ।

शुभकामना, आरके दाइ ।

#Society #Motivation #Politics #Savekaligandaki #Satabdighar #Savenature #Saveculture #selfchange

शेयर गर्नुहोस्

अभिलेख खबर डटकममा कुनै लेख, समाचार, सूचना, विज्ञापन सामाग्री प्रकाशन गर्न चहानुहुन्छ भने [email protected] मा मेल गर्नुहोस् । हामीसंग फेसबुक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।

spot_img

ताजा खबर

सम्बन्धित खवर

गंगाराम परियारको `फूलै–फूलमा भमरा´गीति बजारमा(भिडीयो सहित)

गायक गंगाराम परियारले `फूलै–फूलमा भमरा नाचनी´ नामक लोकदोहोरी गीत सार्वजनिक भएको छ । विशेषगरी प्रेम कथामा आधारीत उक्त गित अडियो भिडियो सहित बजारमा आएको...

अर्जुन जोशी र नवराज गुरुङ : एकधारदेखि वारपारसम्म—

एक मन लाग्यो केहि नलेखौं । फेरी लाग्यो केहि त लेखौ । अर्जुन नवराजले पछिल्ला २ दिनको फरकमा २ छुट्टाछुट्टै पत्रकार सम्मेलन गरे,...

माओवादी र पछिल्लो पर्वत

नेकपा माओवादी— हुन त अहिले नेकपा माओवादी भन्न नमिल्ने हो । माओवादीको नाम धेरैपटक परिवर्तन भइसकेको छ । तर माओवादीको तत्कालीन ससत्र युद्ध वा...

राजनीतिक र सामाजिक क्षेत्रमा अनवरत – मिना

मिना केसी – राजनीतिक र सामाजिक क्षेत्रका एक अनवरत यात्री हुन् । २०५० को दशकदेखि पर्वत जिल्लाको समाजमा सत्य बोल्ने र सादगी जिवनशैलीमा देखिने...

रुक्मागत न्यौपाने : पर्वत जिल्लाका प्रेरणादायी उद्धमी —

रुक्मागत न्यौपाने अहिले उमेरले ६३ वर्षका भए । शारीरिक रुपमा `ख´ अपाङ्गता समूहमा पर्छन् उनी । सानैदेखि उनको गोडामा समस्या छ । तर उनलाई...

राजनीतिक दलका नेतृत्व भन्दा नेतृत्व मान्नेलाई फेरौँ ।

राजनीतिक दलका नेतृत्व भन्दा नेतृत्व मान्नेलाई फेरौँ । नेपाली राजानीतिक पार्टीका नेतृत्व फेरिनु पर्छ भनेर उनिहरुको कार्य शैली माथि बेलाबखत प्रश्न उठिरहन्थ्यो । पार्टीमा आवद्ध...