28.4 C
Nepal
Friday, September 11, 2026
शुक्रबार, भदौ २६, २०८३
Friday, September 11, 2026
spot_img

याम्बुनेर : मासिन्याहरूको कथा

शेयर गर्नुहोस्

कथासंग्रह ‘याम्बुनेर’को शुरुआतमा कथाकार बिना थिङ लेख्छिन्- हाम्रो लागि याम्बूसम्मको दूरी धेरै फराकिलो हो । यो भूगोलको होइन, पहुँच र प्राप्तिको सन्दर्भ हो ।

याम्बु, अर्थात् एक तामाङको लागि ‘तात्कालीन नेपाल’ । स्वाभाविक रुपले बिना थिङ ‘तामाङ’को लागि पनि । अर्थात् अहिलेको काठमाडौं उपत्यकालाई याम्बु भनिन्थ्यो । र एक तामाङको आँखाबाट याम्बु अन्य जातिको लागि भन्दा भिन्न लोक थियो ।

‘पहुँच’को सन्दर्भ आउँदा राजकुमार दिक्पालको ‘आदिवासी विद्रोहको इतिहास’का अनुसार, इतिहासमा धेरै समयसम्म सत्ताले ‘तामाङ’लाई तामाङ भनेर लेख्नबाटै बञ्चित गराएको थियो । शाहकालीन अभिलेखहरुका अनुसार सत्ताको लागि एक तामाङ ‘मुर्मी भोट्या’ रहेछ ।

र यो सम्बोधनको क्रम भीमशमशेरको पालामा मात्रा अन्त्य भएको उनी लेख्छन् । कारण ? ‘सीता बडामहारानी’ अर्थात् ‘दिलकुमारी ब्लोन तामाङ’ । भीमशमशेरकी श्रीमती । उनको आग्रहले मात्र तामाङले तामाङ लेख्ने अधिकार पाएको देखिन्छ । एक वाक्यमा लेख्दा, राज्यको एक शक्तिशाली चरित्रले नागरिक र जातिका अधिकारहरुको ‘पहुँच’को निर्धारण गर्छ । र याम्बु ती शासकहरुको अखडा थियो/छ ।

एउटा यस्तो अखडा जसले शताब्दीयौंसम्म एक जातिलाई ‘मासिन्या मतवाली’ भनेर आर्थिक, सामाजिक रुपबाट ‘दास बनाउन मिल्ने, किनबेच गर्न मिल्ने, मार्न मिल्ने’ कानून नै बनाएर दमन गरिरह्यो । देशको आधारभूत अंगहरुमा पिपाभन्दा माथिल्लो स्तरमा प्रतिनिधित्व गर्न दिएन । र एउटा जातिले ‘तामाङ’ भएकै कारणले यी कुरा भोगे । खैर, इतिहासलाई केहीबेर थाती राखौं । वर्तमान स्थितिमा पहुँचको कथा के छ त्यसतर्फ जाऔं ।

शेयर गर्नुहोस्

अभिलेख खबर डटकममा कुनै लेख, समाचार, सूचना, विज्ञापन सामाग्री प्रकाशन गर्न चहानुहुन्छ भने abhilekhkhabar@gmail.com मा मेल गर्नुहोस् । हामीसंग फेसबुक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।

spot_img

ताजा खबर

सम्बन्धित खवर

इमान्दार व्यक्तित्व, शालिन स्वाभाव र कुशल संगठक- मोति

पर्वत जिल्लाको सामाजिक राजनीतिक आन्दोलनका अनवरत यात्री हुन मोति प्रसाद पौडेल । मोतिको लामो समय समाजको परिवर्तनका भोकमा विताए । जनताको सुख सुविधा, राजनीतिक...

राजनीतिमा सामाजिक नेतृत्व संस्कृतिको प्रतिबिम्ब

नेपालमा पछिल्ला केही वर्ष यता राजनीतिक सुधारको माग तीव्र रूपमा उठिरहेको छ। सुशासन, उत्तरदायी राजनीति, नेतृत्व सुधार र संस्थागत सुदृढीकरण बारे सार्वजनिक बहस निरन्तर...

अस्पताल बोकेर गाउँमा- शिव

वितेको पाँच महिना अंघि याम परियार `शिव´ प्रदेश अस्पताल (पर्वत जिल्ला अस्पताल)को अध्यक्ष´भएका हुन । अध्यक्ष भएकै दिनदेखी स्वास्थ्य सेवा धेरै भन्दा धेरै कसरी...

अस्थिर राजनीति, अवरुद्ध विकास र युवा पलायन: निर्णायक मोडमा नेपाल

आफ्नो जागिरका दिनहरूमा पनि सक्रिय राजनीति गर्ने गरेका एकजना पुर्व सरकारी कर्मचारी हालै छोरा वुहारी भेट्न युरोप पुगेर उताको बसाइँबाट फर्किएपछि आजकल नेपाली राजनीतिक...

सामाजिक, राजनीतिक यात्राका प्रेमिल जोडी `एकनारायण आनन्द´-

एकनारायण न्यौपाने र आनन्द भुसाल एकर्कामा घनिष्ठ नाम हो । यी दुईजना पर्वतका लोकतान्त्रिक आन्दोलनका सक्रिय र उदाहरणीय व्यक्तित्व हुन । दाक्षिणी पर्वतका त...

रेखा गुरुङ को हुन, कसरी बनिन मन्त्री ?

पर्वत जिल्लाबाट गण्डकी प्रदेशमा प्रतिनिधित्व गर्ने नेपाली कांग्रेसका सांसद रेखा गुरुङ गण्डकी प्रदेशको सामाजिक विकास युवा तथा खेलकुद मन्त्री नियुक्त भएकी छन । कांग्रेस...