24 C
Nepal
Friday, September 11, 2026
शुक्रबार, भदौ २६, २०८३
Friday, September 11, 2026
spot_img

किरण बने नेपालका लागि सर्वाधिक खेल्ने फुटबल खेलाडी

शेयर गर्नुहोस्

२० भदौ, काठमाडौं । राष्ट्रिय फुटबल टिमका कप्तान तथा गोलकिपर किरण चेम्जोङ नेपालका लागि सर्वाधिक खेल खेल्ने खेलाडी बनेका छन् । आइतबार भारतविरुद्धको दोस्रो मैत्रीपूर्ण खेल शुरुवात गर्दै किरणले नेपालका लागि सर्वाधिक ७४ खेल खेल्ने कीर्तिमान बनाए ।

बिहीबार भएको भारतविरुद्धको पहिलो मैत्रीपूर्ण खेलमा पहिलो रोजाइमा खेल्दै किरणले विराज महर्जनको नाममा रहेको ७३ खेलको कीर्तिमान बराबरी गरेका थिए ।  लगातार दोस्रो खेलपछि किरणले पूर्वकप्तान विराजलाई पछि पारेका हुन् ।

विराजले गत चैतमा नेपालमा भएको थ्री नेसन्स कप फाइनलमा बंगलनदेशविरुद्ध वैकल्पिक खेलाडीको रुपमा खेल्दै ७३ क्याप जितेका थिए । उनले त्यसै खेलपछि अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिएका थिए । त्यसबेला किरणकै कप्तानीमा नेपालले उपाधि जितेको थियो र उक्त ट्रफी किरणले विराजलाई नै समर्पित गरेका थिए ।

३१ वर्षीय किरण कप्तान र गोलकिपर दुई भूमिकामा छन् । विराज राष्ट्रिय टिममा छँदै टोलीमा पर्न छाडेपछि किरणले कप्तानी गर्दै आएका थिए ।

सन् २००८ मा कम्बोडियामा भएको एएफसी च्यालेन्ज कप छनोटमा पहिलो खेलमै मकाउविरुद्ध खेल्दै किरणले नेपालको सिनियर टिमका लागि डेब्यु गरेका थिए । त्यसयता  किरण १३ वर्षदेखि राष्ट्रिय टिमबाट खेल्दै आएका छन् ।

त्यसबेला उनको डेब्यु भने सुखद रहन सकेन । चिउँडोमा चोट लागेपछि उनी २४ मिनेट मात्र मैदानमा टिके । त्यसपछि उनले फेरि खेल्ने नखेल्नेमै शंका थियो । किरणले डेब्यु गरेपछि फेरि राष्ट्रिय टिमबाट खेल्न ३ वर्ष कुर्नुपर्‍यो । त्यसपछि भने किरणले पछि फर्केर हेर्नुपरेको छैन ।

सन् २००८ मा डेब्यु गर्दा आफूले यहाँसम्म आइपुग्ने नसोचेको र निरन्तरताले नै यहाँ पुगेको किरणले बताए । ‘डेब्यु खेलमा नै चिउँडोमा चोट लागेपछि यहाँसम्म आइपुग्छु भन्ने सोचेको थिइनँ । २००८ देखि २०२१ सम्मको यात्रा सजिलो थिएन । किरणले बुधबार प्रिम्याच कन्फ्रेन्समा भनेका थिए,’ उनले भने, ‘निरन्तर मिहिनेतले नै यहाँसम्म आइपुगेको छु । देशको लागि खेल्न पाउनु ठूलो कुरा हो । आउने दिनमा अझै राम्रो प्रदर्शन गर्ने प्रयास गर्नेछु ।’

देशका लागि खेल्नु नै ठूलो कुरा रहेको उल्लेख गर्दै किरणले सर्वाधिक खेल खेल्ने खेलाडी हुँदा झन् खुशी हुने बताएका छन् ।

शेयर गर्नुहोस्

अभिलेख खबर डटकममा कुनै लेख, समाचार, सूचना, विज्ञापन सामाग्री प्रकाशन गर्न चहानुहुन्छ भने abhilekhkhabar@gmail.com मा मेल गर्नुहोस् । हामीसंग फेसबुक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।

spot_img

ताजा खबर

सम्बन्धित खवर

इमान्दार व्यक्तित्व, शालिन स्वाभाव र कुशल संगठक- मोति

पर्वत जिल्लाको सामाजिक राजनीतिक आन्दोलनका अनवरत यात्री हुन मोति प्रसाद पौडेल । मोतिको लामो समय समाजको परिवर्तनका भोकमा विताए । जनताको सुख सुविधा, राजनीतिक...

राजनीतिमा सामाजिक नेतृत्व संस्कृतिको प्रतिबिम्ब

नेपालमा पछिल्ला केही वर्ष यता राजनीतिक सुधारको माग तीव्र रूपमा उठिरहेको छ। सुशासन, उत्तरदायी राजनीति, नेतृत्व सुधार र संस्थागत सुदृढीकरण बारे सार्वजनिक बहस निरन्तर...

अस्पताल बोकेर गाउँमा- शिव

वितेको पाँच महिना अंघि याम परियार `शिव´ प्रदेश अस्पताल (पर्वत जिल्ला अस्पताल)को अध्यक्ष´भएका हुन । अध्यक्ष भएकै दिनदेखी स्वास्थ्य सेवा धेरै भन्दा धेरै कसरी...

अस्थिर राजनीति, अवरुद्ध विकास र युवा पलायन: निर्णायक मोडमा नेपाल

आफ्नो जागिरका दिनहरूमा पनि सक्रिय राजनीति गर्ने गरेका एकजना पुर्व सरकारी कर्मचारी हालै छोरा वुहारी भेट्न युरोप पुगेर उताको बसाइँबाट फर्किएपछि आजकल नेपाली राजनीतिक...

सामाजिक, राजनीतिक यात्राका प्रेमिल जोडी `एकनारायण आनन्द´-

एकनारायण न्यौपाने र आनन्द भुसाल एकर्कामा घनिष्ठ नाम हो । यी दुईजना पर्वतका लोकतान्त्रिक आन्दोलनका सक्रिय र उदाहरणीय व्यक्तित्व हुन । दाक्षिणी पर्वतका त...

रेखा गुरुङ को हुन, कसरी बनिन मन्त्री ?

पर्वत जिल्लाबाट गण्डकी प्रदेशमा प्रतिनिधित्व गर्ने नेपाली कांग्रेसका सांसद रेखा गुरुङ गण्डकी प्रदेशको सामाजिक विकास युवा तथा खेलकुद मन्त्री नियुक्त भएकी छन । कांग्रेस...