12 C
Nepal
Wednesday, November 12, 2025
बुधबार, कार्तिक २६, २०८२
Wednesday, November 12, 2025
spot_img

किरण बने नेपालका लागि सर्वाधिक खेल्ने फुटबल खेलाडी

शेयर गर्नुहोस्

२० भदौ, काठमाडौं । राष्ट्रिय फुटबल टिमका कप्तान तथा गोलकिपर किरण चेम्जोङ नेपालका लागि सर्वाधिक खेल खेल्ने खेलाडी बनेका छन् । आइतबार भारतविरुद्धको दोस्रो मैत्रीपूर्ण खेल शुरुवात गर्दै किरणले नेपालका लागि सर्वाधिक ७४ खेल खेल्ने कीर्तिमान बनाए ।

बिहीबार भएको भारतविरुद्धको पहिलो मैत्रीपूर्ण खेलमा पहिलो रोजाइमा खेल्दै किरणले विराज महर्जनको नाममा रहेको ७३ खेलको कीर्तिमान बराबरी गरेका थिए ।  लगातार दोस्रो खेलपछि किरणले पूर्वकप्तान विराजलाई पछि पारेका हुन् ।

विराजले गत चैतमा नेपालमा भएको थ्री नेसन्स कप फाइनलमा बंगलनदेशविरुद्ध वैकल्पिक खेलाडीको रुपमा खेल्दै ७३ क्याप जितेका थिए । उनले त्यसै खेलपछि अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिएका थिए । त्यसबेला किरणकै कप्तानीमा नेपालले उपाधि जितेको थियो र उक्त ट्रफी किरणले विराजलाई नै समर्पित गरेका थिए ।

३१ वर्षीय किरण कप्तान र गोलकिपर दुई भूमिकामा छन् । विराज राष्ट्रिय टिममा छँदै टोलीमा पर्न छाडेपछि किरणले कप्तानी गर्दै आएका थिए ।

सन् २००८ मा कम्बोडियामा भएको एएफसी च्यालेन्ज कप छनोटमा पहिलो खेलमै मकाउविरुद्ध खेल्दै किरणले नेपालको सिनियर टिमका लागि डेब्यु गरेका थिए । त्यसयता  किरण १३ वर्षदेखि राष्ट्रिय टिमबाट खेल्दै आएका छन् ।

त्यसबेला उनको डेब्यु भने सुखद रहन सकेन । चिउँडोमा चोट लागेपछि उनी २४ मिनेट मात्र मैदानमा टिके । त्यसपछि उनले फेरि खेल्ने नखेल्नेमै शंका थियो । किरणले डेब्यु गरेपछि फेरि राष्ट्रिय टिमबाट खेल्न ३ वर्ष कुर्नुपर्‍यो । त्यसपछि भने किरणले पछि फर्केर हेर्नुपरेको छैन ।

सन् २००८ मा डेब्यु गर्दा आफूले यहाँसम्म आइपुग्ने नसोचेको र निरन्तरताले नै यहाँ पुगेको किरणले बताए । ‘डेब्यु खेलमा नै चिउँडोमा चोट लागेपछि यहाँसम्म आइपुग्छु भन्ने सोचेको थिइनँ । २००८ देखि २०२१ सम्मको यात्रा सजिलो थिएन । किरणले बुधबार प्रिम्याच कन्फ्रेन्समा भनेका थिए,’ उनले भने, ‘निरन्तर मिहिनेतले नै यहाँसम्म आइपुगेको छु । देशको लागि खेल्न पाउनु ठूलो कुरा हो । आउने दिनमा अझै राम्रो प्रदर्शन गर्ने प्रयास गर्नेछु ।’

देशका लागि खेल्नु नै ठूलो कुरा रहेको उल्लेख गर्दै किरणले सर्वाधिक खेल खेल्ने खेलाडी हुँदा झन् खुशी हुने बताएका छन् ।

शेयर गर्नुहोस्

अभिलेख खबर डटकममा कुनै लेख, समाचार, सूचना, विज्ञापन सामाग्री प्रकाशन गर्न चहानुहुन्छ भने [email protected] मा मेल गर्नुहोस् । हामीसंग फेसबुक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।

spot_img

ताजा खबर

सम्बन्धित खवर

रुक्मागत न्यौपाने : पर्वत जिल्लाका प्रेरणादायी उद्धमी —

रुक्मागत न्यौपाने अहिले उमेरले ६३ वर्षका भए । शारीरिक रुपमा `ख´ अपाङ्गता समूहमा पर्छन् उनी । सानैदेखि उनको गोडामा समस्या छ । तर उनलाई...

राजनीतिक दलका नेतृत्व भन्दा नेतृत्व मान्नेलाई फेरौँ ।

राजनीतिक दलका नेतृत्व भन्दा नेतृत्व मान्नेलाई फेरौँ । नेपाली राजानीतिक पार्टीका नेतृत्व फेरिनु पर्छ भनेर उनिहरुको कार्य शैली माथि बेलाबखत प्रश्न उठिरहन्थ्यो । पार्टीमा आवद्ध...

गोपाल गिरी (माईला महाराज) एक धार्मिक तथा सामाजिक रुपान्तरणका अभियानता ।

कुश्मा नगरपालिका वडा ७ रोहोटे निवासी गोपाल गिरी एक धार्मिक तथा सामाजि रुपान्तरणका अभियानता हुन । उनलाई समाजमा जरा गाडेर बसेको जातिय विभेदलाई आफ्नो...

गण्डकी प्रदेशका ७ निर्देशनालय खारेज ।

गण्डकी प्रदेशका ७ वटा निर्देशनालय खारेज गरिएको छ । हाल प्रदेशमा पर्यटन, कृषि, पशुपन्छी, पूर्वाधार, वन, शिक्षा र स्वास्थ्य मन्त्रालय अन्तर्गत निर्देशनालय थिए ।...

पर्वतमा उद्यमशील वातावरण बनाउनका उत्पादन प्रवर्द्धन अभियान र ई-पत्रिकाको सुरुवात ।

पर्वतमा स्थानीय उत्पादनको प्रवर्द्धन र बजारीकरणका लागि उद्योगी व्यवसायी समुदायका तर्फबाट आफ्नै संगठित प्रयासको आवश्यकता माथि जोड दिईएको छ । राज्य तहबाट उद्य ोग...

६ जना एआइजी बढुवा सिफारिस, को कहाँ पुगे ?

बिहीबार बसेको गृह मन्त्रालयको बढुवा सिफारिस सचिवालयले ६ जनालाई एआइजीमा बढुवा गरेको छ । ६ जन प्रहरी नायब महानिरीक्षकलाई प्रहरी अतिरिक्त महानिरीक्षकमा बढुवा सिफारिस गरिएको...