28.4 C
Nepal
Friday, September 11, 2026
शुक्रबार, भदौ २६, २०८३
Friday, September 11, 2026
spot_img

उद्योगीलाई वाणिज्य विभागको प्रश्न-किन बढ्यो खाने तेलको मूल्य ?

शेयर गर्नुहोस्

२० भदौ, काठमाडौं । खाने तेलमा भएको मूल्य वृद्धिबारे वाणिज्य विभागले तेल उत्पादकहरुसँग छलफल गरेको छ । शुक्रबार विभागमा भएको छलफलमा उद्योगीसँग मागिएको ६ प्रश्नको स्पष्ट जवाफ नमिलेको विभागका प्रवक्ता शिवराज सेढाईंले बताए ।

विभागमा परेको उजुरी, विभागले बजारमा गरेको अनुगमन र सञ्चार माध्यममा आएका मूल्य वृद्धिका गुनासाबारे उद्योगीहरुसँग मागेको जवाफ ठोस नभएको उनले बताए । ‘तेलको मूल्य वृद्धिबारे हामीले उद्योगीसँग छलफल गर्‍यौं । उहाँहरुको भनाइ परम्परागत नै थियो । मूल्य वृद्धिबारेको प्रश्नमा उद्योगीहरु नाजवाफ रहे,’ प्रवक्ता सेढाईंले भने । एक वर्षको अवधिमा तेलको मूल्य झण्डै दोब्बर वृद्धि भएको तर त्यसमा आफ्नो भूमिका नभएको दाबी उद्योगीहरुले गरेको विभागले जनाएको छ । छलफलमा नेपाल वनस्पति घिउ तेल उत्पादक संघ आबद्ध १९ तेल उत्पादक कम्पनीका सञ्चालक उपस्थित थिए ।

आर्थिक वर्ष ०७७/७८ को कात्तिकदेखि बढ्न शुरु भएको तेलको मूल्य बारे अचाक्ली बिरोध पछि जेठमा मूल्य घटाएको दाबी विज्ञप्तिमार्फत तेल उद्योगीले गरेका थिए । तर, काटुर्नमा मूल्य घटाए जस्तो गरेर प्याकेटमा भने उपभोक्तालाई पुरानै मूल्यमा तेल बेचिएकोबारे विभागले उद्योगीसँग धारणा मागेको थियो । यस्तै अधिकतम् खुद्रा बिक्री मूल्य (एमआरपी) कम राखेर खुद्रा बिक्रेतालाई बिल बिजक बिनै तेल बिक्री गरेको गुनासोबारे पनि विभागले धारणा मागेको थियो ।

भारतीय बजारमा अत्याधिक निर्यात गर्दा मागअनुसारको स्वदेशी खपत धान्ने तेल नेपालमा बिक्री किन नगरेको भनि उद्योगीलाई विभागका महानिर्देशक प्रकास पौडेलले राखेका थिए । अन्तर्राष्ट्रिय बजारमा बढेको दिनमै नेपालमा मूल्य बढाउने र घटेको दिनमा तेलको मूल्य नघटाने उद्योगीको स्वभावबारे पनि उनले प्रश्न गरेका थिए । तेलको गुणस्तरबारे प्रष्ट पार्न पनि उद्योगीलाई भनेको विभाग स्रोतले बतायो । नेपालमा सञ्चालनमा रहेका तेल उद्योगहरुमध्ये अधिकांसले स्वदेशी बजारमा बिक्री नगरी निर्यात गर्ने गरेको र सो कार्यले नेपाली बजारमा आभवसँगै मूल्य बढेको भन्दै प्रष्ट्याउन विभागले उद्योगीसँग माग गरेको विभागका एक अधिकारीले बताए ।

विभागमा करिब तीन घण्टा चलेको छलफलमा उद्योगीहरुले तेलको मूल्य वृद्धिमा नेपाली उद्योगको हात नभएको मात्रै जिकिर गरेको विभाग स्रोतले बतायो । तेलको मूल्य बढ्दा सरकारको भ्याट पनि बढेको भन्दै उद्योगीले यसमा विवाद झिक्न जरुरी नभएको बताएको छलफलमा सहभागी एक अधिकारीले बताए ।

एमआपी मूल्यको सानातिना समस्या डिलर तथा खुद्रा बिक्रेताका कारण आएकोभन्दै पन्छिएका उद्योगीहरुले तेलको मूल्य बढेको तथा भारत निकासी गरेको विषय सञ्चार माध्यामलाई मन नपरेको धारणा राखेका थिए । विभागको प्रश्नको जवाफ दिँदै नेपाल वनस्पति घिउ तेल उत्पादक संघका अध्यक्ष सन्दीप अग्रवालले अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढेका कारण यहाँ पनि मूल्य बढेको दाबी गरेका थिए ।

स्वदेशी उद्योगका कारण मूल्य नबढेको भन्दै यसबारे नेपाली मिडियाले कुरा नबुझेको धारणा बैठकमा उनले राखेको विभाग स्रोतले बतायो । मूल्य वृद्धिबारे राखेको सबै जिज्ञासामा जवाफ दिन नसकेका उद्योगीहरुसँग विभागले तेलको कच्चा पदार्थ आयातको विवरण लिएको र त्यसमा उद्योगीले तोकेको मूल्य हेरेर थप अनुसन्धान अघि बढाउने तयारी गरिएको विभाग स्रोतले बतायो ।

शेयर गर्नुहोस्

अभिलेख खबर डटकममा कुनै लेख, समाचार, सूचना, विज्ञापन सामाग्री प्रकाशन गर्न चहानुहुन्छ भने abhilekhkhabar@gmail.com मा मेल गर्नुहोस् । हामीसंग फेसबुक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।

spot_img

ताजा खबर

सम्बन्धित खवर

इमान्दार व्यक्तित्व, शालिन स्वाभाव र कुशल संगठक- मोति

पर्वत जिल्लाको सामाजिक राजनीतिक आन्दोलनका अनवरत यात्री हुन मोति प्रसाद पौडेल । मोतिको लामो समय समाजको परिवर्तनका भोकमा विताए । जनताको सुख सुविधा, राजनीतिक...

राजनीतिमा सामाजिक नेतृत्व संस्कृतिको प्रतिबिम्ब

नेपालमा पछिल्ला केही वर्ष यता राजनीतिक सुधारको माग तीव्र रूपमा उठिरहेको छ। सुशासन, उत्तरदायी राजनीति, नेतृत्व सुधार र संस्थागत सुदृढीकरण बारे सार्वजनिक बहस निरन्तर...

अस्पताल बोकेर गाउँमा- शिव

वितेको पाँच महिना अंघि याम परियार `शिव´ प्रदेश अस्पताल (पर्वत जिल्ला अस्पताल)को अध्यक्ष´भएका हुन । अध्यक्ष भएकै दिनदेखी स्वास्थ्य सेवा धेरै भन्दा धेरै कसरी...

अस्थिर राजनीति, अवरुद्ध विकास र युवा पलायन: निर्णायक मोडमा नेपाल

आफ्नो जागिरका दिनहरूमा पनि सक्रिय राजनीति गर्ने गरेका एकजना पुर्व सरकारी कर्मचारी हालै छोरा वुहारी भेट्न युरोप पुगेर उताको बसाइँबाट फर्किएपछि आजकल नेपाली राजनीतिक...

सामाजिक, राजनीतिक यात्राका प्रेमिल जोडी `एकनारायण आनन्द´-

एकनारायण न्यौपाने र आनन्द भुसाल एकर्कामा घनिष्ठ नाम हो । यी दुईजना पर्वतका लोकतान्त्रिक आन्दोलनका सक्रिय र उदाहरणीय व्यक्तित्व हुन । दाक्षिणी पर्वतका त...

रेखा गुरुङ को हुन, कसरी बनिन मन्त्री ?

पर्वत जिल्लाबाट गण्डकी प्रदेशमा प्रतिनिधित्व गर्ने नेपाली कांग्रेसका सांसद रेखा गुरुङ गण्डकी प्रदेशको सामाजिक विकास युवा तथा खेलकुद मन्त्री नियुक्त भएकी छन । कांग्रेस...