8.6 C
Nepal
Tuesday, January 27, 2026
मङ्लबार, माघ १३, २०८२
Tuesday, January 27, 2026
spot_img

उद्योगीलाई वाणिज्य विभागको प्रश्न-किन बढ्यो खाने तेलको मूल्य ?

शेयर गर्नुहोस्

२० भदौ, काठमाडौं । खाने तेलमा भएको मूल्य वृद्धिबारे वाणिज्य विभागले तेल उत्पादकहरुसँग छलफल गरेको छ । शुक्रबार विभागमा भएको छलफलमा उद्योगीसँग मागिएको ६ प्रश्नको स्पष्ट जवाफ नमिलेको विभागका प्रवक्ता शिवराज सेढाईंले बताए ।

विभागमा परेको उजुरी, विभागले बजारमा गरेको अनुगमन र सञ्चार माध्यममा आएका मूल्य वृद्धिका गुनासाबारे उद्योगीहरुसँग मागेको जवाफ ठोस नभएको उनले बताए । ‘तेलको मूल्य वृद्धिबारे हामीले उद्योगीसँग छलफल गर्‍यौं । उहाँहरुको भनाइ परम्परागत नै थियो । मूल्य वृद्धिबारेको प्रश्नमा उद्योगीहरु नाजवाफ रहे,’ प्रवक्ता सेढाईंले भने । एक वर्षको अवधिमा तेलको मूल्य झण्डै दोब्बर वृद्धि भएको तर त्यसमा आफ्नो भूमिका नभएको दाबी उद्योगीहरुले गरेको विभागले जनाएको छ । छलफलमा नेपाल वनस्पति घिउ तेल उत्पादक संघ आबद्ध १९ तेल उत्पादक कम्पनीका सञ्चालक उपस्थित थिए ।

आर्थिक वर्ष ०७७/७८ को कात्तिकदेखि बढ्न शुरु भएको तेलको मूल्य बारे अचाक्ली बिरोध पछि जेठमा मूल्य घटाएको दाबी विज्ञप्तिमार्फत तेल उद्योगीले गरेका थिए । तर, काटुर्नमा मूल्य घटाए जस्तो गरेर प्याकेटमा भने उपभोक्तालाई पुरानै मूल्यमा तेल बेचिएकोबारे विभागले उद्योगीसँग धारणा मागेको थियो । यस्तै अधिकतम् खुद्रा बिक्री मूल्य (एमआरपी) कम राखेर खुद्रा बिक्रेतालाई बिल बिजक बिनै तेल बिक्री गरेको गुनासोबारे पनि विभागले धारणा मागेको थियो ।

भारतीय बजारमा अत्याधिक निर्यात गर्दा मागअनुसारको स्वदेशी खपत धान्ने तेल नेपालमा बिक्री किन नगरेको भनि उद्योगीलाई विभागका महानिर्देशक प्रकास पौडेलले राखेका थिए । अन्तर्राष्ट्रिय बजारमा बढेको दिनमै नेपालमा मूल्य बढाउने र घटेको दिनमा तेलको मूल्य नघटाने उद्योगीको स्वभावबारे पनि उनले प्रश्न गरेका थिए । तेलको गुणस्तरबारे प्रष्ट पार्न पनि उद्योगीलाई भनेको विभाग स्रोतले बतायो । नेपालमा सञ्चालनमा रहेका तेल उद्योगहरुमध्ये अधिकांसले स्वदेशी बजारमा बिक्री नगरी निर्यात गर्ने गरेको र सो कार्यले नेपाली बजारमा आभवसँगै मूल्य बढेको भन्दै प्रष्ट्याउन विभागले उद्योगीसँग माग गरेको विभागका एक अधिकारीले बताए ।

विभागमा करिब तीन घण्टा चलेको छलफलमा उद्योगीहरुले तेलको मूल्य वृद्धिमा नेपाली उद्योगको हात नभएको मात्रै जिकिर गरेको विभाग स्रोतले बतायो । तेलको मूल्य बढ्दा सरकारको भ्याट पनि बढेको भन्दै उद्योगीले यसमा विवाद झिक्न जरुरी नभएको बताएको छलफलमा सहभागी एक अधिकारीले बताए ।

एमआपी मूल्यको सानातिना समस्या डिलर तथा खुद्रा बिक्रेताका कारण आएकोभन्दै पन्छिएका उद्योगीहरुले तेलको मूल्य बढेको तथा भारत निकासी गरेको विषय सञ्चार माध्यामलाई मन नपरेको धारणा राखेका थिए । विभागको प्रश्नको जवाफ दिँदै नेपाल वनस्पति घिउ तेल उत्पादक संघका अध्यक्ष सन्दीप अग्रवालले अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढेका कारण यहाँ पनि मूल्य बढेको दाबी गरेका थिए ।

स्वदेशी उद्योगका कारण मूल्य नबढेको भन्दै यसबारे नेपाली मिडियाले कुरा नबुझेको धारणा बैठकमा उनले राखेको विभाग स्रोतले बतायो । मूल्य वृद्धिबारे राखेको सबै जिज्ञासामा जवाफ दिन नसकेका उद्योगीहरुसँग विभागले तेलको कच्चा पदार्थ आयातको विवरण लिएको र त्यसमा उद्योगीले तोकेको मूल्य हेरेर थप अनुसन्धान अघि बढाउने तयारी गरिएको विभाग स्रोतले बतायो ।

शेयर गर्नुहोस्

अभिलेख खबर डटकममा कुनै लेख, समाचार, सूचना, विज्ञापन सामाग्री प्रकाशन गर्न चहानुहुन्छ भने [email protected] मा मेल गर्नुहोस् । हामीसंग फेसबुक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।

spot_img

ताजा खबर

सम्बन्धित खवर

पर्यावरणीय न्यायका चिन्तक— आरके अदिप्त गिरी

आरके अदीप्त गिरी— प्रकृति, पर्यावरण तथा साहित्य, कला–संस्कृतिका अभियानकर्मी चिन्तक हुन आरके अदीप्त गिरी । पछिल्लो समय उनी कालीगण्डकी नदी दोहन विरुद्ध कुरुवा र...

गंगाराम परियारको `फूलै–फूलमा भमरा´गीति बजारमा(भिडीयो सहित)

गायक गंगाराम परियारले `फूलै–फूलमा भमरा नाचनी´ नामक लोकदोहोरी गीत सार्वजनिक भएको छ । विशेषगरी प्रेम कथामा आधारीत उक्त गित अडियो भिडियो सहित बजारमा आएको...

अर्जुन जोशी र नवराज गुरुङ : एकधारदेखि वारपारसम्म—

एक मन लाग्यो केहि नलेखौं । फेरी लाग्यो केहि त लेखौ । अर्जुन नवराजले पछिल्ला २ दिनको फरकमा २ छुट्टाछुट्टै पत्रकार सम्मेलन गरे,...

माओवादी र पछिल्लो पर्वत

नेकपा माओवादी— हुन त अहिले नेकपा माओवादी भन्न नमिल्ने हो । माओवादीको नाम धेरैपटक परिवर्तन भइसकेको छ । तर माओवादीको तत्कालीन ससत्र युद्ध वा...

राजनीतिक र सामाजिक क्षेत्रमा अनवरत – मिना

मिना केसी – राजनीतिक र सामाजिक क्षेत्रका एक अनवरत यात्री हुन् । २०५० को दशकदेखि पर्वत जिल्लाको समाजमा सत्य बोल्ने र सादगी जिवनशैलीमा देखिने...

रुक्मागत न्यौपाने : पर्वत जिल्लाका प्रेरणादायी उद्धमी —

रुक्मागत न्यौपाने अहिले उमेरले ६३ वर्षका भए । शारीरिक रुपमा `ख´ अपाङ्गता समूहमा पर्छन् उनी । सानैदेखि उनको गोडामा समस्या छ । तर उनलाई...