24 C
Nepal
Friday, September 11, 2026
शुक्रबार, भदौ २६, २०८३
Friday, September 11, 2026
spot_img

पोखराको विकास बजेट खर्च आधा मात्रै

२६ करोड अनुमान गरिएको सम्पत्ति कर ७ करोड मात्र उठ्यो ।

शेयर गर्नुहोस्

पोखरा/ पोखरा महानगरले गएको वर्ष विकासको लागि छुट्टयाइएको बजेटको आधा मात्रै खर्च गरेको छ ।
आर्थिक वर्ष २०७७/०७८ मा महानगरले पूँजीगततर्फ २ अर्ब ९८ करोड ८८ लाख रुपैयाँ विनियोजन गरेको थियो । त्योमध्ये ५० दशमलव ५ प्रतिशत मात्रै बजेट खर्च भएको बिहीबार आयोजित समीक्षा कार्यक्रममा जानकारी दिइयो । महानगरले चालुतर्फ भने ८७ प्रतिशत बजेट खर्च भएको जनाएको छ । महानगरका वित्त महाशाखाका निर्देशक जयराम पौडेलले कोभिड महामारीका कारण लक्ष्य अनुसारको बजेट खर्च नभएको जिकिर गरे । उनले कूल ५ अर्ब ५१ करोड ८२ लाख ५३ हजारको बजेटमध्ये ३ अर्व, ६८ करोड, ८१ लाख २५ हजार रुपैयाँ खर्च भएको बताए ।

बजेट खर्चको अनुपातमा सबैभन्दा धेरै (९१.३७ प्रतिशत) शिक्षा महाशाखाले खर्च गरेको छ । महाशाखाले कूल १ अर्ब ३४ करोड ८५ लाख बजेटमध्ये १ अर्ब २३ करोड २१ लाख ८३ हजार रकम खर्च गरेको हो । त्यस्तै सबैभन्दा कम सामाजिक विकाश महाशाखाले ( ४५.४४ प्रतिशत) खर्च गरेको छ । सो महाशाखामा रहेको कूल १० करोड २२ लाख ७१ हजार बजेटमध्ये ४ करोड ६४ लाख ७१ हजार रकम खर्च भएको उनले जानकारी दिए । पूर्वाधारतर्फको बजेट भने ४८.१ प्रतिशत खर्च भएको छ । कूल बजेट २ अर्ब ६८ करोड ७७ लाख ६८ हजारमध्ये १ अर्ब २९ करोड, २७ लाख ४५ हजार रकम खर्च भएको पौडेलले बताए ।

राजश्व संकलनमा पनि महानगरले लक्ष्य भेट्टाएको छैन । गत आर्थिक वर्षमा करिब २६ करोड अनुमान गरिएको सम्पत्ति कर जम्मा ७ करोडमात्र उठेको छ । महानगरले ३५ करोड राजश्वको लक्ष्य राखेको ढुंगाm गिट्टी र बालुवा करबाट २१ करोड ८० लाख संकलन गरेको छ ।
पोखरा महानगरका प्रमुख प्रशासकीय अधिकृत महेश बरालले निर्माण सामाग्रीको अभाव, कामदारको अभाव तथा कोरोना महामारीका कारण योजना अनुरुपका कामहरु गर्न नसकिएको स्वीकारे । महानगरका वरिष्ठ प्रशासकीय अधिकृत एवं सूचना अधिकारी भरतराज पौडेलले कोरोना महामारीको विषम अवस्थामा समेत महानगरबासीको सेवामा कुनै कसर बाँकी नराखिएको जिकिर गरे । पोखरा महानगरका सहरी योजना आयोगका उपाध्यक्ष डा. आरसी लामिछानेको अध्यक्षतामा भएको सो कार्यक्रममा प्रवक्ता धनबहादुर नेपालीले स्वागत मन्तव्य व्यक्त गरे ।

शेयर गर्नुहोस्

अभिलेख खबर डटकममा कुनै लेख, समाचार, सूचना, विज्ञापन सामाग्री प्रकाशन गर्न चहानुहुन्छ भने abhilekhkhabar@gmail.com मा मेल गर्नुहोस् । हामीसंग फेसबुक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।

spot_img

ताजा खबर

सम्बन्धित खवर

इमान्दार व्यक्तित्व, शालिन स्वाभाव र कुशल संगठक- मोति

पर्वत जिल्लाको सामाजिक राजनीतिक आन्दोलनका अनवरत यात्री हुन मोति प्रसाद पौडेल । मोतिको लामो समय समाजको परिवर्तनका भोकमा विताए । जनताको सुख सुविधा, राजनीतिक...

राजनीतिमा सामाजिक नेतृत्व संस्कृतिको प्रतिबिम्ब

नेपालमा पछिल्ला केही वर्ष यता राजनीतिक सुधारको माग तीव्र रूपमा उठिरहेको छ। सुशासन, उत्तरदायी राजनीति, नेतृत्व सुधार र संस्थागत सुदृढीकरण बारे सार्वजनिक बहस निरन्तर...

अस्पताल बोकेर गाउँमा- शिव

वितेको पाँच महिना अंघि याम परियार `शिव´ प्रदेश अस्पताल (पर्वत जिल्ला अस्पताल)को अध्यक्ष´भएका हुन । अध्यक्ष भएकै दिनदेखी स्वास्थ्य सेवा धेरै भन्दा धेरै कसरी...

अस्थिर राजनीति, अवरुद्ध विकास र युवा पलायन: निर्णायक मोडमा नेपाल

आफ्नो जागिरका दिनहरूमा पनि सक्रिय राजनीति गर्ने गरेका एकजना पुर्व सरकारी कर्मचारी हालै छोरा वुहारी भेट्न युरोप पुगेर उताको बसाइँबाट फर्किएपछि आजकल नेपाली राजनीतिक...

सामाजिक, राजनीतिक यात्राका प्रेमिल जोडी `एकनारायण आनन्द´-

एकनारायण न्यौपाने र आनन्द भुसाल एकर्कामा घनिष्ठ नाम हो । यी दुईजना पर्वतका लोकतान्त्रिक आन्दोलनका सक्रिय र उदाहरणीय व्यक्तित्व हुन । दाक्षिणी पर्वतका त...

रेखा गुरुङ को हुन, कसरी बनिन मन्त्री ?

पर्वत जिल्लाबाट गण्डकी प्रदेशमा प्रतिनिधित्व गर्ने नेपाली कांग्रेसका सांसद रेखा गुरुङ गण्डकी प्रदेशको सामाजिक विकास युवा तथा खेलकुद मन्त्री नियुक्त भएकी छन । कांग्रेस...