9.1 C
Nepal
Monday, January 26, 2026
सोमवार, माघ १२, २०८२
Monday, January 26, 2026
spot_img

पोखराको विकास बजेट खर्च आधा मात्रै

२६ करोड अनुमान गरिएको सम्पत्ति कर ७ करोड मात्र उठ्यो ।

शेयर गर्नुहोस्

पोखरा/ पोखरा महानगरले गएको वर्ष विकासको लागि छुट्टयाइएको बजेटको आधा मात्रै खर्च गरेको छ ।
आर्थिक वर्ष २०७७/०७८ मा महानगरले पूँजीगततर्फ २ अर्ब ९८ करोड ८८ लाख रुपैयाँ विनियोजन गरेको थियो । त्योमध्ये ५० दशमलव ५ प्रतिशत मात्रै बजेट खर्च भएको बिहीबार आयोजित समीक्षा कार्यक्रममा जानकारी दिइयो । महानगरले चालुतर्फ भने ८७ प्रतिशत बजेट खर्च भएको जनाएको छ । महानगरका वित्त महाशाखाका निर्देशक जयराम पौडेलले कोभिड महामारीका कारण लक्ष्य अनुसारको बजेट खर्च नभएको जिकिर गरे । उनले कूल ५ अर्ब ५१ करोड ८२ लाख ५३ हजारको बजेटमध्ये ३ अर्व, ६८ करोड, ८१ लाख २५ हजार रुपैयाँ खर्च भएको बताए ।

बजेट खर्चको अनुपातमा सबैभन्दा धेरै (९१.३७ प्रतिशत) शिक्षा महाशाखाले खर्च गरेको छ । महाशाखाले कूल १ अर्ब ३४ करोड ८५ लाख बजेटमध्ये १ अर्ब २३ करोड २१ लाख ८३ हजार रकम खर्च गरेको हो । त्यस्तै सबैभन्दा कम सामाजिक विकाश महाशाखाले ( ४५.४४ प्रतिशत) खर्च गरेको छ । सो महाशाखामा रहेको कूल १० करोड २२ लाख ७१ हजार बजेटमध्ये ४ करोड ६४ लाख ७१ हजार रकम खर्च भएको उनले जानकारी दिए । पूर्वाधारतर्फको बजेट भने ४८.१ प्रतिशत खर्च भएको छ । कूल बजेट २ अर्ब ६८ करोड ७७ लाख ६८ हजारमध्ये १ अर्ब २९ करोड, २७ लाख ४५ हजार रकम खर्च भएको पौडेलले बताए ।

राजश्व संकलनमा पनि महानगरले लक्ष्य भेट्टाएको छैन । गत आर्थिक वर्षमा करिब २६ करोड अनुमान गरिएको सम्पत्ति कर जम्मा ७ करोडमात्र उठेको छ । महानगरले ३५ करोड राजश्वको लक्ष्य राखेको ढुंगाm गिट्टी र बालुवा करबाट २१ करोड ८० लाख संकलन गरेको छ ।
पोखरा महानगरका प्रमुख प्रशासकीय अधिकृत महेश बरालले निर्माण सामाग्रीको अभाव, कामदारको अभाव तथा कोरोना महामारीका कारण योजना अनुरुपका कामहरु गर्न नसकिएको स्वीकारे । महानगरका वरिष्ठ प्रशासकीय अधिकृत एवं सूचना अधिकारी भरतराज पौडेलले कोरोना महामारीको विषम अवस्थामा समेत महानगरबासीको सेवामा कुनै कसर बाँकी नराखिएको जिकिर गरे । पोखरा महानगरका सहरी योजना आयोगका उपाध्यक्ष डा. आरसी लामिछानेको अध्यक्षतामा भएको सो कार्यक्रममा प्रवक्ता धनबहादुर नेपालीले स्वागत मन्तव्य व्यक्त गरे ।

शेयर गर्नुहोस्

अभिलेख खबर डटकममा कुनै लेख, समाचार, सूचना, विज्ञापन सामाग्री प्रकाशन गर्न चहानुहुन्छ भने [email protected] मा मेल गर्नुहोस् । हामीसंग फेसबुक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।

spot_img

ताजा खबर

सम्बन्धित खवर

पर्यावरणीय न्यायका चिन्तक— आरके अदिप्त गिरी

आरके अदीप्त गिरी— प्रकृति, पर्यावरण तथा साहित्य, कला–संस्कृतिका अभियानकर्मी चिन्तक हुन आरके अदीप्त गिरी । पछिल्लो समय उनी कालीगण्डकी नदी दोहन विरुद्ध कुरुवा र...

गंगाराम परियारको `फूलै–फूलमा भमरा´गीति बजारमा(भिडीयो सहित)

गायक गंगाराम परियारले `फूलै–फूलमा भमरा नाचनी´ नामक लोकदोहोरी गीत सार्वजनिक भएको छ । विशेषगरी प्रेम कथामा आधारीत उक्त गित अडियो भिडियो सहित बजारमा आएको...

अर्जुन जोशी र नवराज गुरुङ : एकधारदेखि वारपारसम्म—

एक मन लाग्यो केहि नलेखौं । फेरी लाग्यो केहि त लेखौ । अर्जुन नवराजले पछिल्ला २ दिनको फरकमा २ छुट्टाछुट्टै पत्रकार सम्मेलन गरे,...

माओवादी र पछिल्लो पर्वत

नेकपा माओवादी— हुन त अहिले नेकपा माओवादी भन्न नमिल्ने हो । माओवादीको नाम धेरैपटक परिवर्तन भइसकेको छ । तर माओवादीको तत्कालीन ससत्र युद्ध वा...

राजनीतिक र सामाजिक क्षेत्रमा अनवरत – मिना

मिना केसी – राजनीतिक र सामाजिक क्षेत्रका एक अनवरत यात्री हुन् । २०५० को दशकदेखि पर्वत जिल्लाको समाजमा सत्य बोल्ने र सादगी जिवनशैलीमा देखिने...

रुक्मागत न्यौपाने : पर्वत जिल्लाका प्रेरणादायी उद्धमी —

रुक्मागत न्यौपाने अहिले उमेरले ६३ वर्षका भए । शारीरिक रुपमा `ख´ अपाङ्गता समूहमा पर्छन् उनी । सानैदेखि उनको गोडामा समस्या छ । तर उनलाई...