24 C
Nepal
Friday, September 11, 2026
शुक्रबार, भदौ २६, २०८३
Friday, September 11, 2026
spot_img

राजेश हमालको स्वरमा ‘गाउँले ठिटो’

शेयर गर्नुहोस्

नेपाली चलचित्रका महानायक राजेश हमालको एकल स्वरमा रहेको गीत ‘गाउँले ठिटो’ रिलिज भएको छ ।

राजधानीमा शुक्रबार एक कार्यक्रमबीच नायक हमालको एकल स्वरमा रहेको गीत ‘गाउँले ठिटो’को गीत र भिडियो सार्वजनिक भएको हो । गीतको भिडियोमा नायक हमालको अभिनय छ । गोविन्द भट्टको शब्द रचना तथा सन्तोष श्रेष्ठको संगीत रहेको यस गीतमा अभिनेता हमाल गाउँले वेशभूषामा देखिएका छन् ।

रोजगारीका लागि बिदेसिएको युवा आफ्नै गाउँ फर्केर कृषि कर्म गरी सफल बनेर उदाहरणीय व्यक्ति बनेको कथा उक्त भिडियोमा छ । भिडियोमा हमालको साथमा उत्तम केसी, गोविन्द भट्ट, एसके दाहाललगायतको अभिनय छ।

कार्यक्रममा महानायक हमालले आफू गायक नभइ नायक नै भएको र गायन केवल प्रयास मात्रै रहेको बताए । उनले आफूले अभिनय गरिरहेका अन्य म्युजिक भिडियोजस्तो यो गीत नभएको जानकारी दिँदै तीन महिनाको मिहिनेतपछि यो गीत तयार भएको बताए ।

कार्यक्रममा हाल चर्चित ‘मेयर बन्नुपर्छ कि क्या हो’ भन्ने प्रसंगमा हमालले आफूले व्यंगात्मक रुपमा उक्त कुरा भनेको बताए । उनले भने, ‘कुनै नराम्रो सहरमा पनि केही न केही सुन्दर पक्ष हुन्छ । तर, काठमाडौँमा केही पनि छैन । परिवारसँग समय बिताउने स्तरीय स्थानसमेत छैन। यसतर्फ कसैको ध्यान छैन। केही न केही त हुनुपर्छ सहरमा भनेर मैले व्यंग्य गरेको हुँ ।’

कार्यक्रममा हमालकी पत्नी मधु भट्टराईको पनि उपस्थिति थियो । भट्टराईले हमालको गायन क्षमता यति धेरै राम्रो छ भनेर आफूलाई पहिले थाहा नभएको बताइन् । गीत हेर्दा रमाइलो लागेको भन्दै उनले यो गीत गाउन आफूले प्रेरित गरेको सुनाइन् ।

शेयर गर्नुहोस्

अभिलेख खबर डटकममा कुनै लेख, समाचार, सूचना, विज्ञापन सामाग्री प्रकाशन गर्न चहानुहुन्छ भने abhilekhkhabar@gmail.com मा मेल गर्नुहोस् । हामीसंग फेसबुक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।

spot_img

ताजा खबर

सम्बन्धित खवर

इमान्दार व्यक्तित्व, शालिन स्वाभाव र कुशल संगठक- मोति

पर्वत जिल्लाको सामाजिक राजनीतिक आन्दोलनका अनवरत यात्री हुन मोति प्रसाद पौडेल । मोतिको लामो समय समाजको परिवर्तनका भोकमा विताए । जनताको सुख सुविधा, राजनीतिक...

राजनीतिमा सामाजिक नेतृत्व संस्कृतिको प्रतिबिम्ब

नेपालमा पछिल्ला केही वर्ष यता राजनीतिक सुधारको माग तीव्र रूपमा उठिरहेको छ। सुशासन, उत्तरदायी राजनीति, नेतृत्व सुधार र संस्थागत सुदृढीकरण बारे सार्वजनिक बहस निरन्तर...

अस्पताल बोकेर गाउँमा- शिव

वितेको पाँच महिना अंघि याम परियार `शिव´ प्रदेश अस्पताल (पर्वत जिल्ला अस्पताल)को अध्यक्ष´भएका हुन । अध्यक्ष भएकै दिनदेखी स्वास्थ्य सेवा धेरै भन्दा धेरै कसरी...

अस्थिर राजनीति, अवरुद्ध विकास र युवा पलायन: निर्णायक मोडमा नेपाल

आफ्नो जागिरका दिनहरूमा पनि सक्रिय राजनीति गर्ने गरेका एकजना पुर्व सरकारी कर्मचारी हालै छोरा वुहारी भेट्न युरोप पुगेर उताको बसाइँबाट फर्किएपछि आजकल नेपाली राजनीतिक...

सामाजिक, राजनीतिक यात्राका प्रेमिल जोडी `एकनारायण आनन्द´-

एकनारायण न्यौपाने र आनन्द भुसाल एकर्कामा घनिष्ठ नाम हो । यी दुईजना पर्वतका लोकतान्त्रिक आन्दोलनका सक्रिय र उदाहरणीय व्यक्तित्व हुन । दाक्षिणी पर्वतका त...

रेखा गुरुङ को हुन, कसरी बनिन मन्त्री ?

पर्वत जिल्लाबाट गण्डकी प्रदेशमा प्रतिनिधित्व गर्ने नेपाली कांग्रेसका सांसद रेखा गुरुङ गण्डकी प्रदेशको सामाजिक विकास युवा तथा खेलकुद मन्त्री नियुक्त भएकी छन । कांग्रेस...