8.6 C
Nepal
Tuesday, January 27, 2026
मङ्लबार, माघ १३, २०८२
Tuesday, January 27, 2026
spot_img

संघीय सांसद लालकाजी गुरुङको पहलमा दुर्लुङमा ३ करोडको सडक, शिलान्यास ।

शेयर गर्नुहोस्

कुश्मा नगरपालिका ३ दुर्लुङ स्थित बरा थान काफलचौर गुफा सडक आज शिलान्यास भएको छ ।

आज एक कार्यक्रमका विच संघीय सांसद लालकाजी गुरुङले शिलान्यास गर्नुभएको छ । बाटो शिलान्यास गर्दै संघीय सांसद लालकाजी गुरुङले आफु आजिवन समाज सेवामा लागेको बताउदै आफु जन्मेर हुर्केको ठाउँको समग्र विकास गर्नु आफ्नो बढी दायित्व रहेको र गाउँलेहरुलाई नै सहज होस् भनेर आफ्नो पहलमा ३ करोड बजेट विनियोजन गरेको बताउनुभयो । सांसद गुरुङले जोकोही राजनीति गर्ने व्यक्तिले राजनीति सेवाका रुपमा अंघी बढाउनुपर्ने बताउनुभयो । उहाँले राजनीतिका नाउँमा मिलेर रहेको समाजमा गलत अफवाह फैलाउन नहुने समेत बताउनुभयो ।

कार्यक्रममा नेपाली कांग्रेसका पुर्व पार्टी सभापति नवराज गुरुङले सिंगो जिवननै राजनीति र समाज सेवामा अर्पण गरेर हिंडेको बताउदै गाउँको जनताको सुखदुःखमा संधै संगै रहेको बताउनुभयो । नेता गुरुङले दुर्लुङमा जेजति बिकास भएको ति सबैखाले विकासमा आफ्नो क्षेत्रबाट संधै पहल रहेको बताउनुभयो । गुरुङले सबैखाले बिकास र जनताको खुसी भएको उदाहरणीय गाउँ दुर्लुङ बनाउन चाहेको बताउनुभयो ।

सडक निर्माणका लागी भौतिक पुर्वधार मन्त्रलायबाट बैकल्पिक सहायक राजमार्ग बिकास कार्यक्रम अन्तरगत संघीय सांसद लालकाजी गुरुङको पहलमा ३ करोड विनियोजन भएको सडक डिभिजन बाग्लुङका निमित्त कार्यलय प्रमुख रमानाथ शर्माले जानकारी दिनुभयो । यही आर्थिक मसान्तसम्म सडक निर्माण गरिसक्नुपर्ने छ । जलुकेनी विकेस एन्ड आयुस जेभ प्रालिले ठेक्का प्रक्रिया मार्फत काम अंघी बढाएको छ ।

कुश्मा नगरपालिका ३ दुर्लुङका कार्यबाहक अध्यक्ष राम प्रसाद शर्माको अध्यक्षतामा भएको शिलान्यास कार्यक्रमको संचालन वडा सचीव याम पौडेल र स्वागत स्थानीय शंकर गुरुङले गर्नुभएको थियो ।

शेयर गर्नुहोस्

अभिलेख खबर डटकममा कुनै लेख, समाचार, सूचना, विज्ञापन सामाग्री प्रकाशन गर्न चहानुहुन्छ भने [email protected] मा मेल गर्नुहोस् । हामीसंग फेसबुक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।

spot_img

ताजा खबर

सम्बन्धित खवर

पर्यावरणीय न्यायका चिन्तक— आरके अदिप्त गिरी

आरके अदीप्त गिरी— प्रकृति, पर्यावरण तथा साहित्य, कला–संस्कृतिका अभियानकर्मी चिन्तक हुन आरके अदीप्त गिरी । पछिल्लो समय उनी कालीगण्डकी नदी दोहन विरुद्ध कुरुवा र...

गंगाराम परियारको `फूलै–फूलमा भमरा´गीति बजारमा(भिडीयो सहित)

गायक गंगाराम परियारले `फूलै–फूलमा भमरा नाचनी´ नामक लोकदोहोरी गीत सार्वजनिक भएको छ । विशेषगरी प्रेम कथामा आधारीत उक्त गित अडियो भिडियो सहित बजारमा आएको...

अर्जुन जोशी र नवराज गुरुङ : एकधारदेखि वारपारसम्म—

एक मन लाग्यो केहि नलेखौं । फेरी लाग्यो केहि त लेखौ । अर्जुन नवराजले पछिल्ला २ दिनको फरकमा २ छुट्टाछुट्टै पत्रकार सम्मेलन गरे,...

माओवादी र पछिल्लो पर्वत

नेकपा माओवादी— हुन त अहिले नेकपा माओवादी भन्न नमिल्ने हो । माओवादीको नाम धेरैपटक परिवर्तन भइसकेको छ । तर माओवादीको तत्कालीन ससत्र युद्ध वा...

राजनीतिक र सामाजिक क्षेत्रमा अनवरत – मिना

मिना केसी – राजनीतिक र सामाजिक क्षेत्रका एक अनवरत यात्री हुन् । २०५० को दशकदेखि पर्वत जिल्लाको समाजमा सत्य बोल्ने र सादगी जिवनशैलीमा देखिने...

रुक्मागत न्यौपाने : पर्वत जिल्लाका प्रेरणादायी उद्धमी —

रुक्मागत न्यौपाने अहिले उमेरले ६३ वर्षका भए । शारीरिक रुपमा `ख´ अपाङ्गता समूहमा पर्छन् उनी । सानैदेखि उनको गोडामा समस्या छ । तर उनलाई...