20.3 C
Nepal
Thursday, September 10, 2026
बिहिबार, भदौ २५, २०८३
Thursday, September 10, 2026
spot_img

संघीय सांसद लालकाजी गुरुङको पहलमा दुर्लुङमा ३ करोडको सडक, शिलान्यास ।

शेयर गर्नुहोस्

कुश्मा नगरपालिका ३ दुर्लुङ स्थित बरा थान काफलचौर गुफा सडक आज शिलान्यास भएको छ ।

आज एक कार्यक्रमका विच संघीय सांसद लालकाजी गुरुङले शिलान्यास गर्नुभएको छ । बाटो शिलान्यास गर्दै संघीय सांसद लालकाजी गुरुङले आफु आजिवन समाज सेवामा लागेको बताउदै आफु जन्मेर हुर्केको ठाउँको समग्र विकास गर्नु आफ्नो बढी दायित्व रहेको र गाउँलेहरुलाई नै सहज होस् भनेर आफ्नो पहलमा ३ करोड बजेट विनियोजन गरेको बताउनुभयो । सांसद गुरुङले जोकोही राजनीति गर्ने व्यक्तिले राजनीति सेवाका रुपमा अंघी बढाउनुपर्ने बताउनुभयो । उहाँले राजनीतिका नाउँमा मिलेर रहेको समाजमा गलत अफवाह फैलाउन नहुने समेत बताउनुभयो ।

कार्यक्रममा नेपाली कांग्रेसका पुर्व पार्टी सभापति नवराज गुरुङले सिंगो जिवननै राजनीति र समाज सेवामा अर्पण गरेर हिंडेको बताउदै गाउँको जनताको सुखदुःखमा संधै संगै रहेको बताउनुभयो । नेता गुरुङले दुर्लुङमा जेजति बिकास भएको ति सबैखाले विकासमा आफ्नो क्षेत्रबाट संधै पहल रहेको बताउनुभयो । गुरुङले सबैखाले बिकास र जनताको खुसी भएको उदाहरणीय गाउँ दुर्लुङ बनाउन चाहेको बताउनुभयो ।

सडक निर्माणका लागी भौतिक पुर्वधार मन्त्रलायबाट बैकल्पिक सहायक राजमार्ग बिकास कार्यक्रम अन्तरगत संघीय सांसद लालकाजी गुरुङको पहलमा ३ करोड विनियोजन भएको सडक डिभिजन बाग्लुङका निमित्त कार्यलय प्रमुख रमानाथ शर्माले जानकारी दिनुभयो । यही आर्थिक मसान्तसम्म सडक निर्माण गरिसक्नुपर्ने छ । जलुकेनी विकेस एन्ड आयुस जेभ प्रालिले ठेक्का प्रक्रिया मार्फत काम अंघी बढाएको छ ।

कुश्मा नगरपालिका ३ दुर्लुङका कार्यबाहक अध्यक्ष राम प्रसाद शर्माको अध्यक्षतामा भएको शिलान्यास कार्यक्रमको संचालन वडा सचीव याम पौडेल र स्वागत स्थानीय शंकर गुरुङले गर्नुभएको थियो ।

शेयर गर्नुहोस्

अभिलेख खबर डटकममा कुनै लेख, समाचार, सूचना, विज्ञापन सामाग्री प्रकाशन गर्न चहानुहुन्छ भने abhilekhkhabar@gmail.com मा मेल गर्नुहोस् । हामीसंग फेसबुक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।

spot_img

ताजा खबर

सम्बन्धित खवर

इमान्दार व्यक्तित्व, शालिन स्वाभाव र कुशल संगठक- मोति

पर्वत जिल्लाको सामाजिक राजनीतिक आन्दोलनका अनवरत यात्री हुन मोति प्रसाद पौडेल । मोतिको लामो समय समाजको परिवर्तनका भोकमा विताए । जनताको सुख सुविधा, राजनीतिक...

राजनीतिमा सामाजिक नेतृत्व संस्कृतिको प्रतिबिम्ब

नेपालमा पछिल्ला केही वर्ष यता राजनीतिक सुधारको माग तीव्र रूपमा उठिरहेको छ। सुशासन, उत्तरदायी राजनीति, नेतृत्व सुधार र संस्थागत सुदृढीकरण बारे सार्वजनिक बहस निरन्तर...

अस्पताल बोकेर गाउँमा- शिव

वितेको पाँच महिना अंघि याम परियार `शिव´ प्रदेश अस्पताल (पर्वत जिल्ला अस्पताल)को अध्यक्ष´भएका हुन । अध्यक्ष भएकै दिनदेखी स्वास्थ्य सेवा धेरै भन्दा धेरै कसरी...

अस्थिर राजनीति, अवरुद्ध विकास र युवा पलायन: निर्णायक मोडमा नेपाल

आफ्नो जागिरका दिनहरूमा पनि सक्रिय राजनीति गर्ने गरेका एकजना पुर्व सरकारी कर्मचारी हालै छोरा वुहारी भेट्न युरोप पुगेर उताको बसाइँबाट फर्किएपछि आजकल नेपाली राजनीतिक...

सामाजिक, राजनीतिक यात्राका प्रेमिल जोडी `एकनारायण आनन्द´-

एकनारायण न्यौपाने र आनन्द भुसाल एकर्कामा घनिष्ठ नाम हो । यी दुईजना पर्वतका लोकतान्त्रिक आन्दोलनका सक्रिय र उदाहरणीय व्यक्तित्व हुन । दाक्षिणी पर्वतका त...

रेखा गुरुङ को हुन, कसरी बनिन मन्त्री ?

पर्वत जिल्लाबाट गण्डकी प्रदेशमा प्रतिनिधित्व गर्ने नेपाली कांग्रेसका सांसद रेखा गुरुङ गण्डकी प्रदेशको सामाजिक विकास युवा तथा खेलकुद मन्त्री नियुक्त भएकी छन । कांग्रेस...