20.3 C
Nepal
Thursday, September 10, 2026
बिहिबार, भदौ २५, २०८३
Thursday, September 10, 2026
spot_img

पर्वत मोदी १ भुकदेउरालीमा ९ जना कटुवाल नगद सहित सम्मानित ।

शेयर गर्नुहोस्

मोदी गाउँपालिका १ भुक देउरालीमा सामाजका संचार संवाहका रुपमा बुझिने ९ जना कटुवाललाई सम्मान गरिएको छ ।

लामो समय देखी गाउँका सुचना हरुलाई एक गाउँबाट अर्को ठाउँसम्म सबै जनमानसमा पुराउने काम गर्दै आइरहेका ९ जना कटुवाल हरुको कामको प्रसंसा गर्दै एक कार्यक्रमका विच वडाले जनही ३ हजार र सम्मानपत्रका साथ सम्मान गरिएको वडा अध्यक्ष गौ प्रसाद गुरुले जानकारी दिए । अध्यक्ष गुरुङले सुचना प्रवाह गरी गाउँलाइ सुसूचित गर्ने कटुवाल दाइहरुको काममा केहि हौसला थपियोस भनेर सम्मान गरिएको बताए । अध्यक्ष गुरुङले यो सुरुवात मात्रै भएको आगामी दिनमा कटुवाल पेसा गर्ने सबैलाई एकत्रित बनाएर उनीहरुको जनजीवनलाई उकास्ने खाले कार्यक्रम अंगाडी बढाउने समेत बताए ।

कार्यक्रममा भकारी इभेण्टस प्रालिका संचालनक तथा चलचित्र निर्देश कृष्ण कुमार गुरुङले जिवनभर सूचना प्रवाह गर्दै सामाजलाई सचेत बनाउने कटुवालहरुको पेसालाई सबैले सम्मान गर्नुपर्ने बताए । निर्देशक गुरुङले कटुवालहरुको दु:ख लाई सानोतिनो कुराले टार्ने हैन उनिहरु पेसाप्रति समाज रवसरकार समेत गम्भीर हुनुपर्नेमा जोड दिए । गुरुङले आफ्नो अनुरोधमा भुकदेउरालीमा संचार संवाहकका रुपमा रहेका कटुवाहरुलाइ सम्मान गरेकोमा वडा परिवारलाई धन्यवाद दिए । उनले आफु कलाकारीता संगै सामाजमा विभिन्न सामाजिक क्रियाकलाप संचालन गर्ने भएकाले समाजका हरेक मुद्दामा आफु अग्रसर हुंदै समाजलाई सकारात्मकतामा बदल्ने प्रतिबद्धता पनि व्यक्त गरे ।

जिवनभर गाउँगाउँमा सूचना प्रवाह गर्दै हिंड्ने कटुवालहरु वडा सरकारबाट सम्मानित हुन पाउँदा खुसी छ्न । उनीहरु भन्छन “घोक हाल्दै हिंड्दा कतै माया पाइयो कतै अपमान सहनु पर्यो, जिबनमा यसरी सम्मान पाउदा मन भक्कानियो, हर्षको सिमा छैन ।”

शेयर गर्नुहोस्

अभिलेख खबर डटकममा कुनै लेख, समाचार, सूचना, विज्ञापन सामाग्री प्रकाशन गर्न चहानुहुन्छ भने abhilekhkhabar@gmail.com मा मेल गर्नुहोस् । हामीसंग फेसबुक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।

spot_img

ताजा खबर

सम्बन्धित खवर

इमान्दार व्यक्तित्व, शालिन स्वाभाव र कुशल संगठक- मोति

पर्वत जिल्लाको सामाजिक राजनीतिक आन्दोलनका अनवरत यात्री हुन मोति प्रसाद पौडेल । मोतिको लामो समय समाजको परिवर्तनका भोकमा विताए । जनताको सुख सुविधा, राजनीतिक...

राजनीतिमा सामाजिक नेतृत्व संस्कृतिको प्रतिबिम्ब

नेपालमा पछिल्ला केही वर्ष यता राजनीतिक सुधारको माग तीव्र रूपमा उठिरहेको छ। सुशासन, उत्तरदायी राजनीति, नेतृत्व सुधार र संस्थागत सुदृढीकरण बारे सार्वजनिक बहस निरन्तर...

अस्पताल बोकेर गाउँमा- शिव

वितेको पाँच महिना अंघि याम परियार `शिव´ प्रदेश अस्पताल (पर्वत जिल्ला अस्पताल)को अध्यक्ष´भएका हुन । अध्यक्ष भएकै दिनदेखी स्वास्थ्य सेवा धेरै भन्दा धेरै कसरी...

अस्थिर राजनीति, अवरुद्ध विकास र युवा पलायन: निर्णायक मोडमा नेपाल

आफ्नो जागिरका दिनहरूमा पनि सक्रिय राजनीति गर्ने गरेका एकजना पुर्व सरकारी कर्मचारी हालै छोरा वुहारी भेट्न युरोप पुगेर उताको बसाइँबाट फर्किएपछि आजकल नेपाली राजनीतिक...

सामाजिक, राजनीतिक यात्राका प्रेमिल जोडी `एकनारायण आनन्द´-

एकनारायण न्यौपाने र आनन्द भुसाल एकर्कामा घनिष्ठ नाम हो । यी दुईजना पर्वतका लोकतान्त्रिक आन्दोलनका सक्रिय र उदाहरणीय व्यक्तित्व हुन । दाक्षिणी पर्वतका त...

रेखा गुरुङ को हुन, कसरी बनिन मन्त्री ?

पर्वत जिल्लाबाट गण्डकी प्रदेशमा प्रतिनिधित्व गर्ने नेपाली कांग्रेसका सांसद रेखा गुरुङ गण्डकी प्रदेशको सामाजिक विकास युवा तथा खेलकुद मन्त्री नियुक्त भएकी छन । कांग्रेस...