11.4 C
Nepal
Monday, January 26, 2026
सोमवार, माघ १२, २०८२
Monday, January 26, 2026
spot_img

पैयुँ गाउँपालिका स्वास्थ्य क्षेत्रमा प्रदेशकै दोस्रो, पर्वत जिल्लामा पहिलो उत्कृष्ट

शेयर गर्नुहोस्

पर्वतको पैयुँ गाउँपालिका स्वास्थ्यको क्षेत्रमा गण्डकी प्रदेशकै उत्कृष्ट दोस्रो पालिकाको रुपमा सम्मानित भएको छ । गत आर्थिक २०७८/०८९ को प्रदेश स्तरीय बार्षिक समीक्षामा तय गरेका विभिन्न गण्डकी प्रदेश अन्तरगत स्थानीय तहहरु मध्ये पैयुँ गाउँपालिका पर्वतले द्धितीय स्थान हासिल गरेको हो । गत वर्ष छैटौँ स्थान हासिल गरेको पैयुँ गाउँपालिकाले यस बर्ष दोस्रो स्थान हासिल गरेको हो । स्वास्थ्य क्षेत्रमा खोपको अवस्था, आमा सुरक्षा, परिवार नियोजन, ईन टाईम रिपोटिङ, सरुवा रोग नियन्त्रण, पोषण कार्यक्रम लगायतका विषयमा उत्कृष्ट कार्य गरेकोले पैयुँ गाउँपालिका स्वास्थ्य क्षेत्रमा गण्डकी प्रदेशकै उत्कृष्ट दोस्रो पालिका छनौट भएको हो । यता पर्वतका स्थानिय तहहरुमा स्वास्थ्य सूूचकहरुको आधारमा पैयुँ गाउँपालिका उत्कृष्ट पहिलोमा छ ।

स्वास्थ्य क्षेत्रमा उत्कृष्ट कार्य गर्न सफल भई गण्डकी प्रदेशमै दोस्रो पालिका भएकोमा पैयुँ गाउँपालिका अध्यक्ष तोरण मल्ल ठकुरी ‘राज’ ले खुसी ब्यक्त गर्दै सम्पुर्ण विरामीको सेवामा खटिनु भएका तथा स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मीहरु,कर्मचारी तथा पूर्व जनप्रतिनिधीहरुलाई धन्यवाद तथा बधाई दिएका छन् । अध्यक्ष मल्ले नागरिकको नैसर्गीक अधिकार स्वास्थ्य उपचार तथा स्वास्थ्य रक्षा गर्न हामी सबै जनप्रतिनिधि तथा स्वास्थ्यकर्मी कटिबद्ध हुनुपर्ने बताएका छन् । अध्यष मल्लले भने,‘स्वास्थ क्षेत्र अत्यन्त संवेदनशिल र हाम्रो प्राथमिकताको क्षेत्र भएकाले आगामी दिनमा अझ उत्कृष्टताको साथ गुणस्तरीय सेवा प्रवाह गर्ने बिश्वास व्यक्त गर्दछु ।,’

पैयुँ गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत केशव लामिछानेले स्वास्थ्य जस्तो सम्बेदनशिल विषय तथा कोभिडको महामारीमा समेत निरन्तर कार्यमा खटिने स्वास्थ्यकर्मी तथा कर्मचारीहरुको सामुहिक प्रयासले सफलता प्राप्त भएको भन्दै धन्यवाद व्यक्त गरेका छन् ।

शेयर गर्नुहोस्

अभिलेख खबर डटकममा कुनै लेख, समाचार, सूचना, विज्ञापन सामाग्री प्रकाशन गर्न चहानुहुन्छ भने [email protected] मा मेल गर्नुहोस् । हामीसंग फेसबुक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।

spot_img

ताजा खबर

सम्बन्धित खवर

पर्यावरणीय न्यायका चिन्तक— आरके अदिप्त गिरी

आरके अदीप्त गिरी— प्रकृति, पर्यावरण तथा साहित्य, कला–संस्कृतिका अभियानकर्मी चिन्तक हुन आरके अदीप्त गिरी । पछिल्लो समय उनी कालीगण्डकी नदी दोहन विरुद्ध कुरुवा र...

गंगाराम परियारको `फूलै–फूलमा भमरा´गीति बजारमा(भिडीयो सहित)

गायक गंगाराम परियारले `फूलै–फूलमा भमरा नाचनी´ नामक लोकदोहोरी गीत सार्वजनिक भएको छ । विशेषगरी प्रेम कथामा आधारीत उक्त गित अडियो भिडियो सहित बजारमा आएको...

अर्जुन जोशी र नवराज गुरुङ : एकधारदेखि वारपारसम्म—

एक मन लाग्यो केहि नलेखौं । फेरी लाग्यो केहि त लेखौ । अर्जुन नवराजले पछिल्ला २ दिनको फरकमा २ छुट्टाछुट्टै पत्रकार सम्मेलन गरे,...

माओवादी र पछिल्लो पर्वत

नेकपा माओवादी— हुन त अहिले नेकपा माओवादी भन्न नमिल्ने हो । माओवादीको नाम धेरैपटक परिवर्तन भइसकेको छ । तर माओवादीको तत्कालीन ससत्र युद्ध वा...

राजनीतिक र सामाजिक क्षेत्रमा अनवरत – मिना

मिना केसी – राजनीतिक र सामाजिक क्षेत्रका एक अनवरत यात्री हुन् । २०५० को दशकदेखि पर्वत जिल्लाको समाजमा सत्य बोल्ने र सादगी जिवनशैलीमा देखिने...

रुक्मागत न्यौपाने : पर्वत जिल्लाका प्रेरणादायी उद्धमी —

रुक्मागत न्यौपाने अहिले उमेरले ६३ वर्षका भए । शारीरिक रुपमा `ख´ अपाङ्गता समूहमा पर्छन् उनी । सानैदेखि उनको गोडामा समस्या छ । तर उनलाई...