20.3 C
Nepal
Thursday, September 10, 2026
बिहिबार, भदौ २५, २०८३
Thursday, September 10, 2026
spot_img

पैयुँ गाउँपालिका स्वास्थ्य क्षेत्रमा प्रदेशकै दोस्रो, पर्वत जिल्लामा पहिलो उत्कृष्ट

शेयर गर्नुहोस्

पर्वतको पैयुँ गाउँपालिका स्वास्थ्यको क्षेत्रमा गण्डकी प्रदेशकै उत्कृष्ट दोस्रो पालिकाको रुपमा सम्मानित भएको छ । गत आर्थिक २०७८/०८९ को प्रदेश स्तरीय बार्षिक समीक्षामा तय गरेका विभिन्न गण्डकी प्रदेश अन्तरगत स्थानीय तहहरु मध्ये पैयुँ गाउँपालिका पर्वतले द्धितीय स्थान हासिल गरेको हो । गत वर्ष छैटौँ स्थान हासिल गरेको पैयुँ गाउँपालिकाले यस बर्ष दोस्रो स्थान हासिल गरेको हो । स्वास्थ्य क्षेत्रमा खोपको अवस्था, आमा सुरक्षा, परिवार नियोजन, ईन टाईम रिपोटिङ, सरुवा रोग नियन्त्रण, पोषण कार्यक्रम लगायतका विषयमा उत्कृष्ट कार्य गरेकोले पैयुँ गाउँपालिका स्वास्थ्य क्षेत्रमा गण्डकी प्रदेशकै उत्कृष्ट दोस्रो पालिका छनौट भएको हो । यता पर्वतका स्थानिय तहहरुमा स्वास्थ्य सूूचकहरुको आधारमा पैयुँ गाउँपालिका उत्कृष्ट पहिलोमा छ ।

स्वास्थ्य क्षेत्रमा उत्कृष्ट कार्य गर्न सफल भई गण्डकी प्रदेशमै दोस्रो पालिका भएकोमा पैयुँ गाउँपालिका अध्यक्ष तोरण मल्ल ठकुरी ‘राज’ ले खुसी ब्यक्त गर्दै सम्पुर्ण विरामीको सेवामा खटिनु भएका तथा स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मीहरु,कर्मचारी तथा पूर्व जनप्रतिनिधीहरुलाई धन्यवाद तथा बधाई दिएका छन् । अध्यक्ष मल्ले नागरिकको नैसर्गीक अधिकार स्वास्थ्य उपचार तथा स्वास्थ्य रक्षा गर्न हामी सबै जनप्रतिनिधि तथा स्वास्थ्यकर्मी कटिबद्ध हुनुपर्ने बताएका छन् । अध्यष मल्लले भने,‘स्वास्थ क्षेत्र अत्यन्त संवेदनशिल र हाम्रो प्राथमिकताको क्षेत्र भएकाले आगामी दिनमा अझ उत्कृष्टताको साथ गुणस्तरीय सेवा प्रवाह गर्ने बिश्वास व्यक्त गर्दछु ।,’

पैयुँ गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत केशव लामिछानेले स्वास्थ्य जस्तो सम्बेदनशिल विषय तथा कोभिडको महामारीमा समेत निरन्तर कार्यमा खटिने स्वास्थ्यकर्मी तथा कर्मचारीहरुको सामुहिक प्रयासले सफलता प्राप्त भएको भन्दै धन्यवाद व्यक्त गरेका छन् ।

शेयर गर्नुहोस्

अभिलेख खबर डटकममा कुनै लेख, समाचार, सूचना, विज्ञापन सामाग्री प्रकाशन गर्न चहानुहुन्छ भने abhilekhkhabar@gmail.com मा मेल गर्नुहोस् । हामीसंग फेसबुक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।

spot_img

ताजा खबर

सम्बन्धित खवर

इमान्दार व्यक्तित्व, शालिन स्वाभाव र कुशल संगठक- मोति

पर्वत जिल्लाको सामाजिक राजनीतिक आन्दोलनका अनवरत यात्री हुन मोति प्रसाद पौडेल । मोतिको लामो समय समाजको परिवर्तनका भोकमा विताए । जनताको सुख सुविधा, राजनीतिक...

राजनीतिमा सामाजिक नेतृत्व संस्कृतिको प्रतिबिम्ब

नेपालमा पछिल्ला केही वर्ष यता राजनीतिक सुधारको माग तीव्र रूपमा उठिरहेको छ। सुशासन, उत्तरदायी राजनीति, नेतृत्व सुधार र संस्थागत सुदृढीकरण बारे सार्वजनिक बहस निरन्तर...

अस्पताल बोकेर गाउँमा- शिव

वितेको पाँच महिना अंघि याम परियार `शिव´ प्रदेश अस्पताल (पर्वत जिल्ला अस्पताल)को अध्यक्ष´भएका हुन । अध्यक्ष भएकै दिनदेखी स्वास्थ्य सेवा धेरै भन्दा धेरै कसरी...

अस्थिर राजनीति, अवरुद्ध विकास र युवा पलायन: निर्णायक मोडमा नेपाल

आफ्नो जागिरका दिनहरूमा पनि सक्रिय राजनीति गर्ने गरेका एकजना पुर्व सरकारी कर्मचारी हालै छोरा वुहारी भेट्न युरोप पुगेर उताको बसाइँबाट फर्किएपछि आजकल नेपाली राजनीतिक...

सामाजिक, राजनीतिक यात्राका प्रेमिल जोडी `एकनारायण आनन्द´-

एकनारायण न्यौपाने र आनन्द भुसाल एकर्कामा घनिष्ठ नाम हो । यी दुईजना पर्वतका लोकतान्त्रिक आन्दोलनका सक्रिय र उदाहरणीय व्यक्तित्व हुन । दाक्षिणी पर्वतका त...

रेखा गुरुङ को हुन, कसरी बनिन मन्त्री ?

पर्वत जिल्लाबाट गण्डकी प्रदेशमा प्रतिनिधित्व गर्ने नेपाली कांग्रेसका सांसद रेखा गुरुङ गण्डकी प्रदेशको सामाजिक विकास युवा तथा खेलकुद मन्त्री नियुक्त भएकी छन । कांग्रेस...