24 C
Nepal
Friday, September 11, 2026
शुक्रबार, भदौ २६, २०८३
Friday, September 11, 2026
spot_img

नेपाली कांग्रेस पर्वतका यसैपटक व्यबस्थापन हुनुपर्ने नेताहरु ।

शेयर गर्नुहोस्

आसन्न मंसीर ४ को निर्वाचनमानका लागि नेपाली कांग्रेस पर्वतबाट धेरै नेताहरुले आकांक्षा देखाएका छन । आकांक्षा राख्नेहरु युवा देखी अग्रज नेता सम्म छन् । आकांक्षा राखनेको भिडबाट कांग्रेस पर्वतले यसपटक केही नेताहरुलाई व्यबस्थापन गर्नैपर्नै छ ।

नवराज गुरुङ, राम शर्मा पौडेल, ऋशिकेष तिवारी, खिमप्रसाद भुसाल, गंगाराज शर्मा, मिना केशी लगायत नेताहरुलाई यसपटक कतै न कतै सेट गर्नैपर्छ । हैन भने नेपाली कांग्रेसमा त्याग तपस्या गरेका नेताहरुको सम्मानको खडेरी प्रष्ट देखिनेछ । संगठन मजबुत बनाउन पार्टीप्रति आकर्षण बढाउन र कार्यकर्तामा उत्प्रेरणा थप्न पनि पार्टीमा मुल्यांकन हुन जरुरी हुन्छ । पुराना नेताको सही र समयमै व्यवस्थापन गर्न सके मात्रै पार्टी परिस्कृत र मजबुत हुंदै जानुका साथै युवाहरूको पालो आउनु पनि हो ।

उल्लेखीत नेताहरू यो पटक कतै न कतै व्यवस्थापन नभए अर्कोपटकको निर्वाचनमा सायदै सक्रिय होलान् । उमेर लगायत कारण उनीहरुका लागि बाधक बन्नेछ ।

कसरी हुन सक्छ त व्यवस्थापन ?

पर्वत जिल्लाका कांग्रेस नेताहरू एक ठाउँ उंभिएर तिक्तता भन्दा बाहिर निस्केर लागेको बखत यो संभव छ । नेताहरू कोही सांसद बन्न इच्छा राखेका छन भने कोही पार्टी राजनीतिमा केन्द्रले कतै समेटेपनि मान्नेमा छन ।

पर्वत कांग्रेसका सबै नेताहरू एकत्रित भएर २०७४को पराजित स्थान अहिले जितमा परिरणत गरौं भनेर एक अर्काको अस्तित्वलाई स्वीकार गरी एक ठाउँ भएर लाग्ने हो र केन्द्रिय नेताहरूलाई समेत दवाव दिन सक्ने हो भने वातावरण सहज नै छ । गठबन्धनका कारण कुनै एक क्षेत्र अरु दललाई दिएपनि, संघीय र प्रदेश सांसद प्रत्येक्ष २ जना, संघमा समानुपातिक १ जना, प्रदेशमा समानुपातिक १ जना, राष्ट्रिय सभामा १ जना माग्न सकिन्छ । त्यो बाहेक नेताहरू एक भएर पार्टीको केन्द्रिय सदस्यका लागी दवाब दिन सक्छन् । विभिन्न राजनीतिक नियुक्तिमा समेत नेता व्यवस्थापन गर्न सकिन्छ ।

यसरी हेर्दा आधा दर्जन बढी नेता सेट हुन सक्छन् । यसका लागि नेताहरूको सामुहिक प्रयास आवश्यक छ । फेरि पनि पार्टी र कार्यकर्ताको चाहाना विपरीत व्यक्तिगत सफलता, तिक्तता र एकअर्काको जुधाइ चलिरहयो भने नजिकै रहेको सफलता हांसिल गर्न पनि भारी पर्नेछ ।

शेयर गर्नुहोस्

अभिलेख खबर डटकममा कुनै लेख, समाचार, सूचना, विज्ञापन सामाग्री प्रकाशन गर्न चहानुहुन्छ भने abhilekhkhabar@gmail.com मा मेल गर्नुहोस् । हामीसंग फेसबुक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।

spot_img

ताजा खबर

सम्बन्धित खवर

इमान्दार व्यक्तित्व, शालिन स्वाभाव र कुशल संगठक- मोति

पर्वत जिल्लाको सामाजिक राजनीतिक आन्दोलनका अनवरत यात्री हुन मोति प्रसाद पौडेल । मोतिको लामो समय समाजको परिवर्तनका भोकमा विताए । जनताको सुख सुविधा, राजनीतिक...

राजनीतिमा सामाजिक नेतृत्व संस्कृतिको प्रतिबिम्ब

नेपालमा पछिल्ला केही वर्ष यता राजनीतिक सुधारको माग तीव्र रूपमा उठिरहेको छ। सुशासन, उत्तरदायी राजनीति, नेतृत्व सुधार र संस्थागत सुदृढीकरण बारे सार्वजनिक बहस निरन्तर...

अस्पताल बोकेर गाउँमा- शिव

वितेको पाँच महिना अंघि याम परियार `शिव´ प्रदेश अस्पताल (पर्वत जिल्ला अस्पताल)को अध्यक्ष´भएका हुन । अध्यक्ष भएकै दिनदेखी स्वास्थ्य सेवा धेरै भन्दा धेरै कसरी...

अस्थिर राजनीति, अवरुद्ध विकास र युवा पलायन: निर्णायक मोडमा नेपाल

आफ्नो जागिरका दिनहरूमा पनि सक्रिय राजनीति गर्ने गरेका एकजना पुर्व सरकारी कर्मचारी हालै छोरा वुहारी भेट्न युरोप पुगेर उताको बसाइँबाट फर्किएपछि आजकल नेपाली राजनीतिक...

सामाजिक, राजनीतिक यात्राका प्रेमिल जोडी `एकनारायण आनन्द´-

एकनारायण न्यौपाने र आनन्द भुसाल एकर्कामा घनिष्ठ नाम हो । यी दुईजना पर्वतका लोकतान्त्रिक आन्दोलनका सक्रिय र उदाहरणीय व्यक्तित्व हुन । दाक्षिणी पर्वतका त...

रेखा गुरुङ को हुन, कसरी बनिन मन्त्री ?

पर्वत जिल्लाबाट गण्डकी प्रदेशमा प्रतिनिधित्व गर्ने नेपाली कांग्रेसका सांसद रेखा गुरुङ गण्डकी प्रदेशको सामाजिक विकास युवा तथा खेलकुद मन्त्री नियुक्त भएकी छन । कांग्रेस...