13.7 C
Nepal
Tuesday, January 27, 2026
मङ्लबार, माघ १३, २०८२
Tuesday, January 27, 2026
spot_img

नेपाली कांग्रेस पर्वतका यसैपटक व्यबस्थापन हुनुपर्ने नेताहरु ।

शेयर गर्नुहोस्

आसन्न मंसीर ४ को निर्वाचनमानका लागि नेपाली कांग्रेस पर्वतबाट धेरै नेताहरुले आकांक्षा देखाएका छन । आकांक्षा राख्नेहरु युवा देखी अग्रज नेता सम्म छन् । आकांक्षा राखनेको भिडबाट कांग्रेस पर्वतले यसपटक केही नेताहरुलाई व्यबस्थापन गर्नैपर्नै छ ।

नवराज गुरुङ, राम शर्मा पौडेल, ऋशिकेष तिवारी, खिमप्रसाद भुसाल, गंगाराज शर्मा, मिना केशी लगायत नेताहरुलाई यसपटक कतै न कतै सेट गर्नैपर्छ । हैन भने नेपाली कांग्रेसमा त्याग तपस्या गरेका नेताहरुको सम्मानको खडेरी प्रष्ट देखिनेछ । संगठन मजबुत बनाउन पार्टीप्रति आकर्षण बढाउन र कार्यकर्तामा उत्प्रेरणा थप्न पनि पार्टीमा मुल्यांकन हुन जरुरी हुन्छ । पुराना नेताको सही र समयमै व्यवस्थापन गर्न सके मात्रै पार्टी परिस्कृत र मजबुत हुंदै जानुका साथै युवाहरूको पालो आउनु पनि हो ।

उल्लेखीत नेताहरू यो पटक कतै न कतै व्यवस्थापन नभए अर्कोपटकको निर्वाचनमा सायदै सक्रिय होलान् । उमेर लगायत कारण उनीहरुका लागि बाधक बन्नेछ ।

कसरी हुन सक्छ त व्यवस्थापन ?

पर्वत जिल्लाका कांग्रेस नेताहरू एक ठाउँ उंभिएर तिक्तता भन्दा बाहिर निस्केर लागेको बखत यो संभव छ । नेताहरू कोही सांसद बन्न इच्छा राखेका छन भने कोही पार्टी राजनीतिमा केन्द्रले कतै समेटेपनि मान्नेमा छन ।

पर्वत कांग्रेसका सबै नेताहरू एकत्रित भएर २०७४को पराजित स्थान अहिले जितमा परिरणत गरौं भनेर एक अर्काको अस्तित्वलाई स्वीकार गरी एक ठाउँ भएर लाग्ने हो र केन्द्रिय नेताहरूलाई समेत दवाव दिन सक्ने हो भने वातावरण सहज नै छ । गठबन्धनका कारण कुनै एक क्षेत्र अरु दललाई दिएपनि, संघीय र प्रदेश सांसद प्रत्येक्ष २ जना, संघमा समानुपातिक १ जना, प्रदेशमा समानुपातिक १ जना, राष्ट्रिय सभामा १ जना माग्न सकिन्छ । त्यो बाहेक नेताहरू एक भएर पार्टीको केन्द्रिय सदस्यका लागी दवाब दिन सक्छन् । विभिन्न राजनीतिक नियुक्तिमा समेत नेता व्यवस्थापन गर्न सकिन्छ ।

यसरी हेर्दा आधा दर्जन बढी नेता सेट हुन सक्छन् । यसका लागि नेताहरूको सामुहिक प्रयास आवश्यक छ । फेरि पनि पार्टी र कार्यकर्ताको चाहाना विपरीत व्यक्तिगत सफलता, तिक्तता र एकअर्काको जुधाइ चलिरहयो भने नजिकै रहेको सफलता हांसिल गर्न पनि भारी पर्नेछ ।

शेयर गर्नुहोस्

अभिलेख खबर डटकममा कुनै लेख, समाचार, सूचना, विज्ञापन सामाग्री प्रकाशन गर्न चहानुहुन्छ भने [email protected] मा मेल गर्नुहोस् । हामीसंग फेसबुक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।

spot_img

ताजा खबर

सम्बन्धित खवर

पर्यावरणीय न्यायका चिन्तक— आरके अदिप्त गिरी

आरके अदीप्त गिरी— प्रकृति, पर्यावरण तथा साहित्य, कला–संस्कृतिका अभियानकर्मी चिन्तक हुन आरके अदीप्त गिरी । पछिल्लो समय उनी कालीगण्डकी नदी दोहन विरुद्ध कुरुवा र...

गंगाराम परियारको `फूलै–फूलमा भमरा´गीति बजारमा(भिडीयो सहित)

गायक गंगाराम परियारले `फूलै–फूलमा भमरा नाचनी´ नामक लोकदोहोरी गीत सार्वजनिक भएको छ । विशेषगरी प्रेम कथामा आधारीत उक्त गित अडियो भिडियो सहित बजारमा आएको...

अर्जुन जोशी र नवराज गुरुङ : एकधारदेखि वारपारसम्म—

एक मन लाग्यो केहि नलेखौं । फेरी लाग्यो केहि त लेखौ । अर्जुन नवराजले पछिल्ला २ दिनको फरकमा २ छुट्टाछुट्टै पत्रकार सम्मेलन गरे,...

माओवादी र पछिल्लो पर्वत

नेकपा माओवादी— हुन त अहिले नेकपा माओवादी भन्न नमिल्ने हो । माओवादीको नाम धेरैपटक परिवर्तन भइसकेको छ । तर माओवादीको तत्कालीन ससत्र युद्ध वा...

राजनीतिक र सामाजिक क्षेत्रमा अनवरत – मिना

मिना केसी – राजनीतिक र सामाजिक क्षेत्रका एक अनवरत यात्री हुन् । २०५० को दशकदेखि पर्वत जिल्लाको समाजमा सत्य बोल्ने र सादगी जिवनशैलीमा देखिने...

रुक्मागत न्यौपाने : पर्वत जिल्लाका प्रेरणादायी उद्धमी —

रुक्मागत न्यौपाने अहिले उमेरले ६३ वर्षका भए । शारीरिक रुपमा `ख´ अपाङ्गता समूहमा पर्छन् उनी । सानैदेखि उनको गोडामा समस्या छ । तर उनलाई...