20.3 C
Nepal
Thursday, September 10, 2026
बिहिबार, भदौ २५, २०८३
Thursday, September 10, 2026
spot_img

सांसद रेखा गुरुङ वडाबासीद्वारा सम्मानित ।

शेयर गर्नुहोस्

गण्डकी प्रदेश सभा सदस्य रेखा गुरुङलाई फलेवास ९ भंगरा वडावासीले एक कार्यक्रमका विच सम्मान गरेका छन । आफ्नो वडाको नेता गण्डकी प्रदेशको सांसद निर्वाचित भएकोमा खुसी व्यक्त गर्दै बधाई शुभकामना व्यक्त गर्दै एक विशाल कार्यक्रमका विच गुरुङलाई सम्मान गरेका छन ।

कार्यक्रममा बोल्दै सांसद रेखा गुरुङले भंगरा आफ्नो घर र भंगरावासी आफ्नो परिवार भएकाले संधै मनमा रहने कुरा व्यक्त गरिन । सांसद गुरुङले सबैजनाको माया सहयोग र सदभावले गर्दा नै आफु सांसद भएको भन्दै सबैलाई धन्यवाद दिईन ।

सांसद गुरुङले स्वर्गीय वुवा तत्कालीन जिविस सभापति एम प्रसाद गुरुङलाई स्मरण गर्दै हिंजो बुवा देखी आफु सम्म केवल व्यक्तिगत सुविधा लिन हैन जनताको सेवक बनेको बताउनुभयो । गुरुङले विकास निर्माण देखी जनताका आवश्यकता र सुख दु:खमा संधै साथैमा रहने बताइन् ।

कार्यक्रममा फलेवस नगरपालिका प्रमुख गंगाधर तिवारी, प्रमुख प्रशासकीय अधिकृत नेत्र पौडेल, फलेवास नगरपालिका प्रवक्ता अच्युत तिवारी, नेपाली कांग्रेस प्रदेश ख क्षेत्रीय सचीव ठाकुर रसाईली, नेपाली कांग्रेस फलेवास नगरपालिका सभापति हिरामणी सापकोटा, कांग्रेस भंगराका सभापति बिष्णु सुवेदी लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

फलेवास ९ भंगराका वाड अध्यक्ष हितमान गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत वार्ड सदस्य दुर्गा राज सुवेदीले र संचालन वाड सचीव कुल प्रसाद भुसालले गरेका थिए ।

केहि तस्वीर हेरौं ।

शेयर गर्नुहोस्

अभिलेख खबर डटकममा कुनै लेख, समाचार, सूचना, विज्ञापन सामाग्री प्रकाशन गर्न चहानुहुन्छ भने abhilekhkhabar@gmail.com मा मेल गर्नुहोस् । हामीसंग फेसबुक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।

spot_img

ताजा खबर

सम्बन्धित खवर

इमान्दार व्यक्तित्व, शालिन स्वाभाव र कुशल संगठक- मोति

पर्वत जिल्लाको सामाजिक राजनीतिक आन्दोलनका अनवरत यात्री हुन मोति प्रसाद पौडेल । मोतिको लामो समय समाजको परिवर्तनका भोकमा विताए । जनताको सुख सुविधा, राजनीतिक...

राजनीतिमा सामाजिक नेतृत्व संस्कृतिको प्रतिबिम्ब

नेपालमा पछिल्ला केही वर्ष यता राजनीतिक सुधारको माग तीव्र रूपमा उठिरहेको छ। सुशासन, उत्तरदायी राजनीति, नेतृत्व सुधार र संस्थागत सुदृढीकरण बारे सार्वजनिक बहस निरन्तर...

अस्पताल बोकेर गाउँमा- शिव

वितेको पाँच महिना अंघि याम परियार `शिव´ प्रदेश अस्पताल (पर्वत जिल्ला अस्पताल)को अध्यक्ष´भएका हुन । अध्यक्ष भएकै दिनदेखी स्वास्थ्य सेवा धेरै भन्दा धेरै कसरी...

अस्थिर राजनीति, अवरुद्ध विकास र युवा पलायन: निर्णायक मोडमा नेपाल

आफ्नो जागिरका दिनहरूमा पनि सक्रिय राजनीति गर्ने गरेका एकजना पुर्व सरकारी कर्मचारी हालै छोरा वुहारी भेट्न युरोप पुगेर उताको बसाइँबाट फर्किएपछि आजकल नेपाली राजनीतिक...

सामाजिक, राजनीतिक यात्राका प्रेमिल जोडी `एकनारायण आनन्द´-

एकनारायण न्यौपाने र आनन्द भुसाल एकर्कामा घनिष्ठ नाम हो । यी दुईजना पर्वतका लोकतान्त्रिक आन्दोलनका सक्रिय र उदाहरणीय व्यक्तित्व हुन । दाक्षिणी पर्वतका त...

रेखा गुरुङ को हुन, कसरी बनिन मन्त्री ?

पर्वत जिल्लाबाट गण्डकी प्रदेशमा प्रतिनिधित्व गर्ने नेपाली कांग्रेसका सांसद रेखा गुरुङ गण्डकी प्रदेशको सामाजिक विकास युवा तथा खेलकुद मन्त्री नियुक्त भएकी छन । कांग्रेस...