गण्डकी प्रदेश सभा सदस्य रेखा गुरुङलाई फलेवास ९ भंगरा वडावासीले एक कार्यक्रमका विच सम्मान गरेका छन । आफ्नो वडाको नेता गण्डकी प्रदेशको सांसद निर्वाचित भएकोमा खुसी व्यक्त गर्दै बधाई शुभकामना व्यक्त गर्दै एक विशाल कार्यक्रमका विच गुरुङलाई सम्मान गरेका छन ।
कार्यक्रममा बोल्दै सांसद रेखा गुरुङले भंगरा आफ्नो घर र भंगरावासी आफ्नो परिवार भएकाले संधै मनमा रहने कुरा व्यक्त गरिन । सांसद गुरुङले सबैजनाको माया सहयोग र सदभावले गर्दा नै आफु सांसद भएको भन्दै सबैलाई धन्यवाद दिईन ।
सांसद गुरुङले स्वर्गीय वुवा तत्कालीन जिविस सभापति एम प्रसाद गुरुङलाई स्मरण गर्दै हिंजो बुवा देखी आफु सम्म केवल व्यक्तिगत सुविधा लिन हैन जनताको सेवक बनेको बताउनुभयो । गुरुङले विकास निर्माण देखी जनताका आवश्यकता र सुख दु:खमा संधै साथैमा रहने बताइन् ।
कार्यक्रममा फलेवस नगरपालिका प्रमुख गंगाधर तिवारी, प्रमुख प्रशासकीय अधिकृत नेत्र पौडेल, फलेवास नगरपालिका प्रवक्ता अच्युत तिवारी, नेपाली कांग्रेस प्रदेश ख क्षेत्रीय सचीव ठाकुर रसाईली, नेपाली कांग्रेस फलेवास नगरपालिका सभापति हिरामणी सापकोटा, कांग्रेस भंगराका सभापति बिष्णु सुवेदी लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
फलेवास ९ भंगराका वाड अध्यक्ष हितमान गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत वार्ड सदस्य दुर्गा राज सुवेदीले र संचालन वाड सचीव कुल प्रसाद भुसालले गरेका थिए ।
केहि तस्वीर हेरौं ।










