विगत १५ बर्ष देखी पत्रकारीता संगै कलाकारितामा सक्रिय कलाकार अर्जुन थापाको नयाँ गीत ‘भर काट्यो सैँईले’ को भिडियो छाँयकान सकिएको छ । कलाकार थापाले गण्डकी प्रदेशका विभिन्न गाउँमा गाईने स्थानीय भाकालाई संकलन गरी प्रस्तुत गर्न लागेका हुन ।
गायक थापा भन्छन्, ‘यो गीत गाउँमा सानैदेखी सुनेको गित हो, विभिन्न गाउँमा आआफ्नै तरिकाले गाउने गर्छन्, विषेशगरी यो गित गण्डकी प्रदेशमा प्रख्यात छ । सोही गितलाई संकलन गरी रेकर्ड गरेका छौँ ।’
कुश्मामो माझ गाउँमा रहेको सताब्दी घर र पर्वत बाग्लुङका विभिन्न पर्यटकीय ठाउँमा गीतको छायांकन गरिएको छ । स्थानीय कला प्रतिभाका साथै पर्यटकीय र विषेश महत्त्व राख्ने ठाउँको प्रवर्द्धन गर्न पनि पर्वत बाग्लुङमा छायांकन गरिएको कलाकार थापाले बताए । थापाकै निर्देशन रहेको गितमा नृत्य निर्देशन कलाकार खुम पुनको रहेको छ । क्यामेरामा कमल एल.एक्स, सन्देश लामिछाने र दिमस गुरुङ रहेका छन ।
अभिनयमा पर्वत बाग्लुङकै कलाकारलाई देख्न सकिन्छ । मुख्य भुमिकामा खुम पुन, पुस्पा मगर, आरसी पौडेल, चित्र सागर श्रेष्ठ, पुजा कार्की शर्मा लगायत २० भन्दा बढी कलाकारको नृत्य रहेको छ । पर्वतमा सकृय पुन समुह र अन्य सामाजिक संघ संस्थाका व्यक्तिहरुको अभिनय पनि भिडियोमा देख्न सकिन्छ ।
गितको अडियोमा अर्जुन थापा, सरस्वती लामिछाने, सन्तोष सुवेदी, ठाकुर रसाइली र सोभा परियारको स्वर रहेको छ । गीतको अडियो भिडियो छिट्टैनै डिजिटल बजारमा प्रस्तुत गर्ने थापाले जानकारी दिए ।
कलाकार थापाका यस अंघि चारओटा गीत आइसकेका छन । त्यसबाहेक हांस्यटेली सिरियल भताभुङ्ग, भाँडभैलो, ज्वाइँ साप, ठुलो पर्दाको फिल्म अहुरी लगायत दर्जन बढी फिल्म तथा म्युजिक भिडियोमा अभिनय गरिसकेका छन ।
हेरौं केही तस्वीरहरु…









