19.5 C
Nepal
Tuesday, September 8, 2026
मङ्लबार, भदौ २३, २०८३
Tuesday, September 8, 2026
spot_img

कलाकार अर्जुन थापाको ‘भर काट्यो सँईले’ गीतको छाँयकान सम्पन्न (तस्वीर सहित)

शेयर गर्नुहोस्
विगत १५ बर्ष देखी पत्रकारीता संगै कलाकारितामा सक्रिय कलाकार अर्जुन थापाको नयाँ गीत ‘भर काट्यो सैँईले’ को भिडियो छाँयकान सकिएको छ । कलाकार थापाले गण्डकी  प्रदेशका विभिन्न गाउँमा गाईने स्थानीय भाकालाई संकलन गरी प्रस्तुत गर्न लागेका हुन ।
गायक थापा भन्छन्, ‘यो गीत गाउँमा सानैदेखी सुनेको गित हो, विभिन्न गाउँमा आआफ्नै तरिकाले गाउने गर्छन्, विषेशगरी यो गित गण्डकी प्रदेशमा प्रख्यात छ । सोही गितलाई संकलन गरी रेकर्ड गरेका छौँ ।’
कुश्मामो माझ गाउँमा रहेको सताब्दी घर र पर्वत बाग्लुङका विभिन्न पर्यटकीय ठाउँमा गीतको छायांकन गरिएको छ । स्थानीय कला प्रतिभाका साथै पर्यटकीय र विषेश महत्त्व राख्ने ठाउँको प्रवर्द्धन गर्न पनि पर्वत बाग्लुङमा छायांकन गरिएको कलाकार थापाले बताए । थापाकै निर्देशन रहेको गितमा नृत्य निर्देशन कलाकार खुम पुनको रहेको छ । क्यामेरामा कमल एल.एक्स, सन्देश लामिछाने र दिमस गुरुङ रहेका छन ।
अभिनयमा पर्वत बाग्लुङकै कलाकारलाई देख्न सकिन्छ । मुख्य भुमिकामा खुम पुन, पुस्पा मगर, आरसी पौडेल, चित्र सागर श्रेष्ठ, पुजा कार्की शर्मा लगायत २० भन्दा बढी कलाकारको नृत्य रहेको छ । पर्वतमा सकृय पुन समुह र अन्य सामाजिक संघ संस्थाका व्यक्तिहरुको अभिनय पनि भिडियोमा देख्न सकिन्छ ।
गितको अडियोमा अर्जुन थापा, सरस्वती लामिछाने, सन्तोष  सुवेदी, ठाकुर रसाइली र सोभा परियारको स्वर रहेको छ । गीतको अडियो भिडियो छिट्टैनै डिजिटल बजारमा प्रस्तुत गर्ने थापाले जानकारी दिए ।
कलाकार थापाका यस अंघि चारओटा गीत आइसकेका छन । त्यसबाहेक हांस्यटेली सिरियल भताभुङ्ग, भाँडभैलो, ज्वाइँ साप, ठुलो पर्दाको फिल्म अहुरी लगायत दर्जन बढी फिल्म तथा म्युजिक भिडियोमा अभिनय गरिसकेका छन ।
हेरौं केही तस्वीरहरु…
शेयर गर्नुहोस्

अभिलेख खबर डटकममा कुनै लेख, समाचार, सूचना, विज्ञापन सामाग्री प्रकाशन गर्न चहानुहुन्छ भने abhilekhkhabar@gmail.com मा मेल गर्नुहोस् । हामीसंग फेसबुक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।

spot_img

ताजा खबर

सम्बन्धित खवर

इमान्दार व्यक्तित्व, शालिन स्वाभाव र कुशल संगठक- मोति

पर्वत जिल्लाको सामाजिक राजनीतिक आन्दोलनका अनवरत यात्री हुन मोति प्रसाद पौडेल । मोतिको लामो समय समाजको परिवर्तनका भोकमा विताए । जनताको सुख सुविधा, राजनीतिक...

राजनीतिमा सामाजिक नेतृत्व संस्कृतिको प्रतिबिम्ब

नेपालमा पछिल्ला केही वर्ष यता राजनीतिक सुधारको माग तीव्र रूपमा उठिरहेको छ। सुशासन, उत्तरदायी राजनीति, नेतृत्व सुधार र संस्थागत सुदृढीकरण बारे सार्वजनिक बहस निरन्तर...

अस्पताल बोकेर गाउँमा- शिव

वितेको पाँच महिना अंघि याम परियार `शिव´ प्रदेश अस्पताल (पर्वत जिल्ला अस्पताल)को अध्यक्ष´भएका हुन । अध्यक्ष भएकै दिनदेखी स्वास्थ्य सेवा धेरै भन्दा धेरै कसरी...

अस्थिर राजनीति, अवरुद्ध विकास र युवा पलायन: निर्णायक मोडमा नेपाल

आफ्नो जागिरका दिनहरूमा पनि सक्रिय राजनीति गर्ने गरेका एकजना पुर्व सरकारी कर्मचारी हालै छोरा वुहारी भेट्न युरोप पुगेर उताको बसाइँबाट फर्किएपछि आजकल नेपाली राजनीतिक...

सामाजिक, राजनीतिक यात्राका प्रेमिल जोडी `एकनारायण आनन्द´-

एकनारायण न्यौपाने र आनन्द भुसाल एकर्कामा घनिष्ठ नाम हो । यी दुईजना पर्वतका लोकतान्त्रिक आन्दोलनका सक्रिय र उदाहरणीय व्यक्तित्व हुन । दाक्षिणी पर्वतका त...

रेखा गुरुङ को हुन, कसरी बनिन मन्त्री ?

पर्वत जिल्लाबाट गण्डकी प्रदेशमा प्रतिनिधित्व गर्ने नेपाली कांग्रेसका सांसद रेखा गुरुङ गण्डकी प्रदेशको सामाजिक विकास युवा तथा खेलकुद मन्त्री नियुक्त भएकी छन । कांग्रेस...