11.4 C
Nepal
Monday, January 26, 2026
सोमवार, माघ १२, २०८२
Monday, January 26, 2026
spot_img

कलाकार अर्जुन थापाको ‘भर काट्यो सँईले’ गीतको छाँयकान सम्पन्न (तस्वीर सहित)

शेयर गर्नुहोस्
विगत १५ बर्ष देखी पत्रकारीता संगै कलाकारितामा सक्रिय कलाकार अर्जुन थापाको नयाँ गीत ‘भर काट्यो सैँईले’ को भिडियो छाँयकान सकिएको छ । कलाकार थापाले गण्डकी  प्रदेशका विभिन्न गाउँमा गाईने स्थानीय भाकालाई संकलन गरी प्रस्तुत गर्न लागेका हुन ।
गायक थापा भन्छन्, ‘यो गीत गाउँमा सानैदेखी सुनेको गित हो, विभिन्न गाउँमा आआफ्नै तरिकाले गाउने गर्छन्, विषेशगरी यो गित गण्डकी प्रदेशमा प्रख्यात छ । सोही गितलाई संकलन गरी रेकर्ड गरेका छौँ ।’
कुश्मामो माझ गाउँमा रहेको सताब्दी घर र पर्वत बाग्लुङका विभिन्न पर्यटकीय ठाउँमा गीतको छायांकन गरिएको छ । स्थानीय कला प्रतिभाका साथै पर्यटकीय र विषेश महत्त्व राख्ने ठाउँको प्रवर्द्धन गर्न पनि पर्वत बाग्लुङमा छायांकन गरिएको कलाकार थापाले बताए । थापाकै निर्देशन रहेको गितमा नृत्य निर्देशन कलाकार खुम पुनको रहेको छ । क्यामेरामा कमल एल.एक्स, सन्देश लामिछाने र दिमस गुरुङ रहेका छन ।
अभिनयमा पर्वत बाग्लुङकै कलाकारलाई देख्न सकिन्छ । मुख्य भुमिकामा खुम पुन, पुस्पा मगर, आरसी पौडेल, चित्र सागर श्रेष्ठ, पुजा कार्की शर्मा लगायत २० भन्दा बढी कलाकारको नृत्य रहेको छ । पर्वतमा सकृय पुन समुह र अन्य सामाजिक संघ संस्थाका व्यक्तिहरुको अभिनय पनि भिडियोमा देख्न सकिन्छ ।
गितको अडियोमा अर्जुन थापा, सरस्वती लामिछाने, सन्तोष  सुवेदी, ठाकुर रसाइली र सोभा परियारको स्वर रहेको छ । गीतको अडियो भिडियो छिट्टैनै डिजिटल बजारमा प्रस्तुत गर्ने थापाले जानकारी दिए ।
कलाकार थापाका यस अंघि चारओटा गीत आइसकेका छन । त्यसबाहेक हांस्यटेली सिरियल भताभुङ्ग, भाँडभैलो, ज्वाइँ साप, ठुलो पर्दाको फिल्म अहुरी लगायत दर्जन बढी फिल्म तथा म्युजिक भिडियोमा अभिनय गरिसकेका छन ।
हेरौं केही तस्वीरहरु…
शेयर गर्नुहोस्

अभिलेख खबर डटकममा कुनै लेख, समाचार, सूचना, विज्ञापन सामाग्री प्रकाशन गर्न चहानुहुन्छ भने [email protected] मा मेल गर्नुहोस् । हामीसंग फेसबुक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।

spot_img

ताजा खबर

सम्बन्धित खवर

पर्यावरणीय न्यायका चिन्तक— आरके अदिप्त गिरी

आरके अदीप्त गिरी— प्रकृति, पर्यावरण तथा साहित्य, कला–संस्कृतिका अभियानकर्मी चिन्तक हुन आरके अदीप्त गिरी । पछिल्लो समय उनी कालीगण्डकी नदी दोहन विरुद्ध कुरुवा र...

गंगाराम परियारको `फूलै–फूलमा भमरा´गीति बजारमा(भिडीयो सहित)

गायक गंगाराम परियारले `फूलै–फूलमा भमरा नाचनी´ नामक लोकदोहोरी गीत सार्वजनिक भएको छ । विशेषगरी प्रेम कथामा आधारीत उक्त गित अडियो भिडियो सहित बजारमा आएको...

अर्जुन जोशी र नवराज गुरुङ : एकधारदेखि वारपारसम्म—

एक मन लाग्यो केहि नलेखौं । फेरी लाग्यो केहि त लेखौ । अर्जुन नवराजले पछिल्ला २ दिनको फरकमा २ छुट्टाछुट्टै पत्रकार सम्मेलन गरे,...

माओवादी र पछिल्लो पर्वत

नेकपा माओवादी— हुन त अहिले नेकपा माओवादी भन्न नमिल्ने हो । माओवादीको नाम धेरैपटक परिवर्तन भइसकेको छ । तर माओवादीको तत्कालीन ससत्र युद्ध वा...

राजनीतिक र सामाजिक क्षेत्रमा अनवरत – मिना

मिना केसी – राजनीतिक र सामाजिक क्षेत्रका एक अनवरत यात्री हुन् । २०५० को दशकदेखि पर्वत जिल्लाको समाजमा सत्य बोल्ने र सादगी जिवनशैलीमा देखिने...

रुक्मागत न्यौपाने : पर्वत जिल्लाका प्रेरणादायी उद्धमी —

रुक्मागत न्यौपाने अहिले उमेरले ६३ वर्षका भए । शारीरिक रुपमा `ख´ अपाङ्गता समूहमा पर्छन् उनी । सानैदेखि उनको गोडामा समस्या छ । तर उनलाई...