13.8 C
Nepal
Monday, November 17, 2025
सोमवार, मंसिर १, २०८२
Monday, November 17, 2025
spot_img

युवा नेता आचार्यको कांग्रेस परित्यागले, पार्टीमा खैलाबैला ।

शेयर गर्नुहोस्
नेपाली कांग्रेस पर्वतमा पार्टी छोड्नेको लहरनै चलेको छ । मौन रुपमा पार्टी काममा सक्रियता कम गरेर बस्नेको संख्या पनि ठुलो छ । केहि नेताहरूले भने खुलेरै पार्टी परित्याग गरिरहेका छन । कांग्रेस नेता मोहन आचार्यले पनि एक हप्ता अंघि नेपाली कांग्रेस परित्याग गरेको सामाजिक संजालबाट जानकारी गराए । नेता आचार्यले ‘करिब २५ बर्षकाे यात्राबाट विश्राम लिदै फरक यात्राका माध्यमबाट जाेडिने साेचमा ।’ भन्दै संजालमा लेखेका छन ।
यस अंघि १४ औं महाधिवेशनमा सभापति पदका प्रत्यासी उम्मेदवार मिलन सुवेदी, नेपाली कांग्रेस प्रदेश ख पर्वतका सचिव ठाकुर रसाईली लगायत ५० बढी नेताले कांग्रेस छाडे देखी राजनीति तरंगित थियो । नेता मोहन आचार्यको निर्णयले कांग्रेसमा खैलाबैला र थप धक्का दिएको छ ।
नेविसंघ पर्वतको अध्यक्ष हुंदै, नेपाली कांग्रेसको जिल्ला सदस्य र नेविसंघ केन्द्रिय सदस्य भइसकेका नेता आचार्य १४औं महाधिवेशनमा सचिव पदका प्रत्यासी थिए । कांग्रेसको टिम गत राजनीतिमा लिस्ट भन्दा बाहिरबाट स्वतन्त्र रुपमा सचीव पदमा उम्मेदवारी दिएका आचार्य झिनो मतले पराजित भएका थिए ।
नेपाली कांग्रेस फुटेपछि प्रजातान्त्रिक कांग्रेसमा बढी सक्रिय भएर राजनीति गरेका थिए । नेपाली कांग्रेस प्रजातान्त्रिकको सभापति नवराज गुरुङ रहँदा आचार्य गुरुङ निकट रहेर काम गरे । आचार्य एक क्षमतावान सांगठनिक र कुटनैतिक नेताको रुपमा चिनिन्छन । पार्टी एकता भएपछि थप सक्रिय भएर कांग्रेसको राजनीतिमा रहेपनि गुरुङ निकट भएकाले अर्जुन जोशी निकट खेमाले जहिले छेउ लगाइरहेको प्रतिनिधि पात्र हुन । जोशी कांग्रेस पार्टी भित्रको राजनीतिमा प्रभाव राख्छन् ।
नेता आचार्यले पछिल्लो समय जोशी संग निकटता बढाएका थिए । जोशीपनि उनको सक्रियता र काम प्रति प्रभावित नै भएको बताउँथे । तर, उनीहरुको निकटता १४औं महाधिवेशनमै टुट्यो ।
गुरुङको कुरा मानेनन्, जोशीले लिष्टमा राखेनन् ।
१४औं महाधिवेशनमा अर्जुन जोशीले आचार्यलाई सचीवको उम्मेदवार बनाउन चाहेको र सोही अनुसार तयारी गर्न भनेका थिए तर अन्तिम समयमा आएर टिमभित्र पारेनन । उता नवराज गुरुङ निकट टिममा भने मोहन आचार्यलाई सचीवका रुपमा अँगाडी बढाउने प्रस्ताव गर्दा पनि जोशीसंग कुरा भएको र बचन दिइसकेकाले अस्वीकार गरेका थिए । त्यसपछि गुरुङ निकट समुहले सचिवमा अन्य युवाहरूलाई अंगाडी बढाए । उता अन्तिम समयमा आचार्यलाई जोशीले टिममा राखेनन् । आफ्नो चहाना हुँदाहुँदै पनि अरुले नमानेकोले टिममा राख्न नसकेको भनेर जोशी पन्छिएका थिए । प्रचारप्रसार अंगाडी बढिसकेको र सहमति गरेको कुरा टुटेपछि अन्तत आचार्य स्वतन्त्र सचीव पदको उम्मेदवार भएर उँभिएका थिए ।
विद्यार्थी राजनीतिबाट उदाएका आचार्य जिल्लामा सबै उमेरका नेता कार्यकर्तामा राम्रो प्रभाव राख्छन् । पार्टी परित्याग गरे संगै आफु निकट नेता कार्यकर्ताहरु र समर्थक संग आन्तरिक रुपमा छलफल गरिरहेको बताउँछन । लामो समय जिल्लामा सक्रिय राजनीति गरेको र काम गर्न सक्ने भएकाले अन्य पार्टीका नेताहरूले पनि संगै काम गर्न प्रस्ताव गरेको बुझिन्छ । अब आचार्य कुन पार्टीमा समाहित भएर राजनीति गर्छन वा पार्टी परित्याग गर्ने केहि नेताहरू राष्ट्रिय स्वतन्त्र पार्टीमा गए जस्तै उतै समाहित होलान् । त्यो समयले बताउला ।
शेयर गर्नुहोस्

अभिलेख खबर डटकममा कुनै लेख, समाचार, सूचना, विज्ञापन सामाग्री प्रकाशन गर्न चहानुहुन्छ भने [email protected] मा मेल गर्नुहोस् । हामीसंग फेसबुक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।

spot_img

ताजा खबर

सम्बन्धित खवर

रुक्मागत न्यौपाने : पर्वत जिल्लाका प्रेरणादायी उद्धमी —

रुक्मागत न्यौपाने अहिले उमेरले ६३ वर्षका भए । शारीरिक रुपमा `ख´ अपाङ्गता समूहमा पर्छन् उनी । सानैदेखि उनको गोडामा समस्या छ । तर उनलाई...

राजनीतिक दलका नेतृत्व भन्दा नेतृत्व मान्नेलाई फेरौँ ।

राजनीतिक दलका नेतृत्व भन्दा नेतृत्व मान्नेलाई फेरौँ । नेपाली राजानीतिक पार्टीका नेतृत्व फेरिनु पर्छ भनेर उनिहरुको कार्य शैली माथि बेलाबखत प्रश्न उठिरहन्थ्यो । पार्टीमा आवद्ध...

गोपाल गिरी (माईला महाराज) एक धार्मिक तथा सामाजिक रुपान्तरणका अभियानता ।

कुश्मा नगरपालिका वडा ७ रोहोटे निवासी गोपाल गिरी एक धार्मिक तथा सामाजि रुपान्तरणका अभियानता हुन । उनलाई समाजमा जरा गाडेर बसेको जातिय विभेदलाई आफ्नो...

गण्डकी प्रदेशका ७ निर्देशनालय खारेज ।

गण्डकी प्रदेशका ७ वटा निर्देशनालय खारेज गरिएको छ । हाल प्रदेशमा पर्यटन, कृषि, पशुपन्छी, पूर्वाधार, वन, शिक्षा र स्वास्थ्य मन्त्रालय अन्तर्गत निर्देशनालय थिए ।...

पर्वतमा उद्यमशील वातावरण बनाउनका उत्पादन प्रवर्द्धन अभियान र ई-पत्रिकाको सुरुवात ।

पर्वतमा स्थानीय उत्पादनको प्रवर्द्धन र बजारीकरणका लागि उद्योगी व्यवसायी समुदायका तर्फबाट आफ्नै संगठित प्रयासको आवश्यकता माथि जोड दिईएको छ । राज्य तहबाट उद्य ोग...

६ जना एआइजी बढुवा सिफारिस, को कहाँ पुगे ?

बिहीबार बसेको गृह मन्त्रालयको बढुवा सिफारिस सचिवालयले ६ जनालाई एआइजीमा बढुवा गरेको छ । ६ जन प्रहरी नायब महानिरीक्षकलाई प्रहरी अतिरिक्त महानिरीक्षकमा बढुवा सिफारिस गरिएको...