20.3 C
Nepal
Thursday, September 10, 2026
बिहिबार, भदौ २५, २०८३
Thursday, September 10, 2026
spot_img

युवा नेता आचार्यको कांग्रेस परित्यागले, पार्टीमा खैलाबैला ।

शेयर गर्नुहोस्
नेपाली कांग्रेस पर्वतमा पार्टी छोड्नेको लहरनै चलेको छ । मौन रुपमा पार्टी काममा सक्रियता कम गरेर बस्नेको संख्या पनि ठुलो छ । केहि नेताहरूले भने खुलेरै पार्टी परित्याग गरिरहेका छन । कांग्रेस नेता मोहन आचार्यले पनि एक हप्ता अंघि नेपाली कांग्रेस परित्याग गरेको सामाजिक संजालबाट जानकारी गराए । नेता आचार्यले ‘करिब २५ बर्षकाे यात्राबाट विश्राम लिदै फरक यात्राका माध्यमबाट जाेडिने साेचमा ।’ भन्दै संजालमा लेखेका छन ।
यस अंघि १४ औं महाधिवेशनमा सभापति पदका प्रत्यासी उम्मेदवार मिलन सुवेदी, नेपाली कांग्रेस प्रदेश ख पर्वतका सचिव ठाकुर रसाईली लगायत ५० बढी नेताले कांग्रेस छाडे देखी राजनीति तरंगित थियो । नेता मोहन आचार्यको निर्णयले कांग्रेसमा खैलाबैला र थप धक्का दिएको छ ।
नेविसंघ पर्वतको अध्यक्ष हुंदै, नेपाली कांग्रेसको जिल्ला सदस्य र नेविसंघ केन्द्रिय सदस्य भइसकेका नेता आचार्य १४औं महाधिवेशनमा सचिव पदका प्रत्यासी थिए । कांग्रेसको टिम गत राजनीतिमा लिस्ट भन्दा बाहिरबाट स्वतन्त्र रुपमा सचीव पदमा उम्मेदवारी दिएका आचार्य झिनो मतले पराजित भएका थिए ।
नेपाली कांग्रेस फुटेपछि प्रजातान्त्रिक कांग्रेसमा बढी सक्रिय भएर राजनीति गरेका थिए । नेपाली कांग्रेस प्रजातान्त्रिकको सभापति नवराज गुरुङ रहँदा आचार्य गुरुङ निकट रहेर काम गरे । आचार्य एक क्षमतावान सांगठनिक र कुटनैतिक नेताको रुपमा चिनिन्छन । पार्टी एकता भएपछि थप सक्रिय भएर कांग्रेसको राजनीतिमा रहेपनि गुरुङ निकट भएकाले अर्जुन जोशी निकट खेमाले जहिले छेउ लगाइरहेको प्रतिनिधि पात्र हुन । जोशी कांग्रेस पार्टी भित्रको राजनीतिमा प्रभाव राख्छन् ।
नेता आचार्यले पछिल्लो समय जोशी संग निकटता बढाएका थिए । जोशीपनि उनको सक्रियता र काम प्रति प्रभावित नै भएको बताउँथे । तर, उनीहरुको निकटता १४औं महाधिवेशनमै टुट्यो ।
गुरुङको कुरा मानेनन्, जोशीले लिष्टमा राखेनन् ।
१४औं महाधिवेशनमा अर्जुन जोशीले आचार्यलाई सचीवको उम्मेदवार बनाउन चाहेको र सोही अनुसार तयारी गर्न भनेका थिए तर अन्तिम समयमा आएर टिमभित्र पारेनन । उता नवराज गुरुङ निकट टिममा भने मोहन आचार्यलाई सचीवका रुपमा अँगाडी बढाउने प्रस्ताव गर्दा पनि जोशीसंग कुरा भएको र बचन दिइसकेकाले अस्वीकार गरेका थिए । त्यसपछि गुरुङ निकट समुहले सचिवमा अन्य युवाहरूलाई अंगाडी बढाए । उता अन्तिम समयमा आचार्यलाई जोशीले टिममा राखेनन् । आफ्नो चहाना हुँदाहुँदै पनि अरुले नमानेकोले टिममा राख्न नसकेको भनेर जोशी पन्छिएका थिए । प्रचारप्रसार अंगाडी बढिसकेको र सहमति गरेको कुरा टुटेपछि अन्तत आचार्य स्वतन्त्र सचीव पदको उम्मेदवार भएर उँभिएका थिए ।
विद्यार्थी राजनीतिबाट उदाएका आचार्य जिल्लामा सबै उमेरका नेता कार्यकर्तामा राम्रो प्रभाव राख्छन् । पार्टी परित्याग गरे संगै आफु निकट नेता कार्यकर्ताहरु र समर्थक संग आन्तरिक रुपमा छलफल गरिरहेको बताउँछन । लामो समय जिल्लामा सक्रिय राजनीति गरेको र काम गर्न सक्ने भएकाले अन्य पार्टीका नेताहरूले पनि संगै काम गर्न प्रस्ताव गरेको बुझिन्छ । अब आचार्य कुन पार्टीमा समाहित भएर राजनीति गर्छन वा पार्टी परित्याग गर्ने केहि नेताहरू राष्ट्रिय स्वतन्त्र पार्टीमा गए जस्तै उतै समाहित होलान् । त्यो समयले बताउला ।
शेयर गर्नुहोस्

अभिलेख खबर डटकममा कुनै लेख, समाचार, सूचना, विज्ञापन सामाग्री प्रकाशन गर्न चहानुहुन्छ भने abhilekhkhabar@gmail.com मा मेल गर्नुहोस् । हामीसंग फेसबुक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।

spot_img

ताजा खबर

सम्बन्धित खवर

इमान्दार व्यक्तित्व, शालिन स्वाभाव र कुशल संगठक- मोति

पर्वत जिल्लाको सामाजिक राजनीतिक आन्दोलनका अनवरत यात्री हुन मोति प्रसाद पौडेल । मोतिको लामो समय समाजको परिवर्तनका भोकमा विताए । जनताको सुख सुविधा, राजनीतिक...

राजनीतिमा सामाजिक नेतृत्व संस्कृतिको प्रतिबिम्ब

नेपालमा पछिल्ला केही वर्ष यता राजनीतिक सुधारको माग तीव्र रूपमा उठिरहेको छ। सुशासन, उत्तरदायी राजनीति, नेतृत्व सुधार र संस्थागत सुदृढीकरण बारे सार्वजनिक बहस निरन्तर...

अस्पताल बोकेर गाउँमा- शिव

वितेको पाँच महिना अंघि याम परियार `शिव´ प्रदेश अस्पताल (पर्वत जिल्ला अस्पताल)को अध्यक्ष´भएका हुन । अध्यक्ष भएकै दिनदेखी स्वास्थ्य सेवा धेरै भन्दा धेरै कसरी...

अस्थिर राजनीति, अवरुद्ध विकास र युवा पलायन: निर्णायक मोडमा नेपाल

आफ्नो जागिरका दिनहरूमा पनि सक्रिय राजनीति गर्ने गरेका एकजना पुर्व सरकारी कर्मचारी हालै छोरा वुहारी भेट्न युरोप पुगेर उताको बसाइँबाट फर्किएपछि आजकल नेपाली राजनीतिक...

सामाजिक, राजनीतिक यात्राका प्रेमिल जोडी `एकनारायण आनन्द´-

एकनारायण न्यौपाने र आनन्द भुसाल एकर्कामा घनिष्ठ नाम हो । यी दुईजना पर्वतका लोकतान्त्रिक आन्दोलनका सक्रिय र उदाहरणीय व्यक्तित्व हुन । दाक्षिणी पर्वतका त...

रेखा गुरुङ को हुन, कसरी बनिन मन्त्री ?

पर्वत जिल्लाबाट गण्डकी प्रदेशमा प्रतिनिधित्व गर्ने नेपाली कांग्रेसका सांसद रेखा गुरुङ गण्डकी प्रदेशको सामाजिक विकास युवा तथा खेलकुद मन्त्री नियुक्त भएकी छन । कांग्रेस...