24 C
Nepal
Friday, September 11, 2026
शुक्रबार, भदौ २६, २०८३
Friday, September 11, 2026
spot_img

अर्जुन थापाको ‘हेर्दा हेर्दै सँईले’ गीतको विमोचन,अब डिजिटल बजारमा ।

शेयर गर्नुहोस्

कलाकारिता संगै पत्रकारीतामा सक्रिय कलाकार अर्जुन थापाको नयाँ गीत ‘हेर्दा हेर्दै सैँईले’ गितको विमोचन भएको छ । आज देखी डिजिटल बजारमा सार्वजनिक भएको छ ।

कलाकार थापाले गण्डकी प्रदेशका विभिन्न गाउँमा गाईने स्थानीय भाकालाई संकलन गरी प्रस्तुत गर्न लागेका हुन । विमोचन कार्यक्रममा राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठान पर्वतका अध्यक्ष पुजा कार्की शर्मा, प्रतिष्ठान पर्वतका संस्थापक अध्यक्ष चित्र सागर श्रेष्ठ, गण्डकी प्रदेशका निवर्तमान दितृय उपाध्यक्ष आर.सी पौडेल, नेपाल मगर संघ भुतपुर्व शैनिन तथा प्रहरी संघ अध्यक्ष गुम बहादुर पुन लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

कार्यक्रमका अवसरमा अभिनय गर्ने कलाकार तथा गीत निर्माणमा सहयोग गर्ने संघसंस्था व्यक्तिहरुलाई सम्मान गरिएको थियो । गीत निर्माणका क्रममा सहयोग गर्ने देश विदेशका व्यक्ति, संघसंस्था र कलाकारहरुलाई कलाकार अर्जुन थापाले धन्यवाद व्यक्त गरे । कार्यक्रमको संचालन संचारकर्मी ठाकुर रसाईलीले गरेका थिए । गीत खास नेपाल युट्युव च्यानलबाट सार्वजनिक भएको छ ।

कुश्मामो माझ गाउँमा रहेको सताब्दी घर र पर्वत बाग्लुङका विभिन्न पर्यटकीय ठाउँमा गीतको छायांकन गरिएको छ । स्थानीय कला प्रतिभाका साथै पर्यटकीय र विषेश महत्त्व राख्ने ठाउँको प्रवर्द्धन गर्न पनि पर्वत बाग्लुङमा छायांकन गरिएको कलाकार थापाले बताए । निर्देशन कलाकार खुम पुनको रहेको छ । अभिनयमा पर्वत बाग्लुङकै कलाकारलाई देख्न सकिन्छ । मुख्य भुमिकामा खुम पुन, पुस्पा मगर, आरसी पौडेल, चित्र सागर श्रेष्ठ, पुजा कार्की शर्मा लगायत २० भन्दा बढी कलाकारको नृत्य रहेको छ । पर्वतमा सकृय पुन समुह र अन्य सामाजिक संघ संस्थाका व्यक्तिहरुको अभिनय पनि भिडियोमा देख्न सकिन्छ । गितको अडियोमा अर्जुन थापा, सरस्वती लामिछाने, सन्तोष सुवेदी, ठाकुर रसाइली र सोभा परियारको स्वर रहेको छ ।

हेरौं भिडियो,

शेयर गर्नुहोस्

अभिलेख खबर डटकममा कुनै लेख, समाचार, सूचना, विज्ञापन सामाग्री प्रकाशन गर्न चहानुहुन्छ भने abhilekhkhabar@gmail.com मा मेल गर्नुहोस् । हामीसंग फेसबुक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।

spot_img

ताजा खबर

सम्बन्धित खवर

इमान्दार व्यक्तित्व, शालिन स्वाभाव र कुशल संगठक- मोति

पर्वत जिल्लाको सामाजिक राजनीतिक आन्दोलनका अनवरत यात्री हुन मोति प्रसाद पौडेल । मोतिको लामो समय समाजको परिवर्तनका भोकमा विताए । जनताको सुख सुविधा, राजनीतिक...

राजनीतिमा सामाजिक नेतृत्व संस्कृतिको प्रतिबिम्ब

नेपालमा पछिल्ला केही वर्ष यता राजनीतिक सुधारको माग तीव्र रूपमा उठिरहेको छ। सुशासन, उत्तरदायी राजनीति, नेतृत्व सुधार र संस्थागत सुदृढीकरण बारे सार्वजनिक बहस निरन्तर...

अस्पताल बोकेर गाउँमा- शिव

वितेको पाँच महिना अंघि याम परियार `शिव´ प्रदेश अस्पताल (पर्वत जिल्ला अस्पताल)को अध्यक्ष´भएका हुन । अध्यक्ष भएकै दिनदेखी स्वास्थ्य सेवा धेरै भन्दा धेरै कसरी...

अस्थिर राजनीति, अवरुद्ध विकास र युवा पलायन: निर्णायक मोडमा नेपाल

आफ्नो जागिरका दिनहरूमा पनि सक्रिय राजनीति गर्ने गरेका एकजना पुर्व सरकारी कर्मचारी हालै छोरा वुहारी भेट्न युरोप पुगेर उताको बसाइँबाट फर्किएपछि आजकल नेपाली राजनीतिक...

सामाजिक, राजनीतिक यात्राका प्रेमिल जोडी `एकनारायण आनन्द´-

एकनारायण न्यौपाने र आनन्द भुसाल एकर्कामा घनिष्ठ नाम हो । यी दुईजना पर्वतका लोकतान्त्रिक आन्दोलनका सक्रिय र उदाहरणीय व्यक्तित्व हुन । दाक्षिणी पर्वतका त...

रेखा गुरुङ को हुन, कसरी बनिन मन्त्री ?

पर्वत जिल्लाबाट गण्डकी प्रदेशमा प्रतिनिधित्व गर्ने नेपाली कांग्रेसका सांसद रेखा गुरुङ गण्डकी प्रदेशको सामाजिक विकास युवा तथा खेलकुद मन्त्री नियुक्त भएकी छन । कांग्रेस...