राष्ट्रिय स्वतन्त्र पार्टीका नेता मिलन सुवेदीले फलेवास नगरपालिकाको नगर सभा नभएकोप्रति चासो राखेका छन । उनले सामाजिक संजाल मार्फत खबरदारी गर्दै आएका छन ।
पछिल्लो समय उनले व्यक्तिगत स्वार्थ हो कि दलगत स्वार्थले नगर सभा भएन आम नागरिकलाई स्पष्ट पार्नुपर्छ भनेका छन । नेता सुवेदीले नगर सभा हुन नसकेको परिस्थितिमा जनस्तर बाट दवाव र सहजीकरण गर्न आफुहरु लाग्न तयार रहेको बताउँदै समर्थकहरुबाट सुझाव समेत मागेका छन ।
नेता सुवेदी लेख्छन,
नगर प्रमुख ज्यु ,फलेवास नगरपालिकामा किन? के कति कारणले कस-कसको व्यक्तिगत या दलगत स्वार्थले नगरसभा हुन सकेन यसको बारेमा आमनागरिकलाइ स्पष्ट पार्नुहुन अनुरोध गर्दछु । समयमा नगरसभा सम्पन्न गर्न नसक्ने तपाइहरुबाट जनताले अरु के अपेक्षा राख्ने । जनस्तरबाट यसकालागी दवाव र सहजिकरण गर्न हामीहरुको भुमिका के कस्तो हुन सक्छ यहाहरुको सुझाब र सल्लाह कमेन्टमा वा इनबक्समा दिनुहुन अनुरोध गर्दछु ।



