8.7 C
Nepal
Monday, January 26, 2026
सोमवार, माघ १२, २०८२
Monday, January 26, 2026
spot_img

सिवाइसी पञ्चकोशी सदस्य सेवाकेन्द्रको १४ औं वार्षिक साधारण सभा सम्पन्न।

शेयर गर्नुहोस्

सिवाइसी बचत तथा ऋण सहकारी संस्था लिमिटेड पञ्चकोशी सदस्य सेवाकेन्द्रको १४औं वार्षिक साधारण सभा शुक्रवार सम्पन्न भएको छ ।

कार्यक्रममा केन्द्रिय आर्थिक प्रतिवेदन गुप्तेश्वर सेवा केन्द्रका सचिव सुरेन्द्र पौडेलद्वारा प्रस्तुत प्रतिवेदनमा संस्थाले २०८० असार मसान्तसम्ममा १ अर्व ३८ करोड ४५ लाख १ हजार ५ सय ८६ रुपैयाँ बचत संकल गरेको छ, भने १ अर्व ४५ करोड ९३ लाख ७९ हजार १ सय १९ रुपैयाँ लगानीमा रहेको छ । पञ्चकोशी सेवा केन्द्रको आर्थिक प्रतिवेदन सहसंयोजक लोकेन्द्र जंग लामिछानेले प्रस्तुत गरे । त्यस्तै सेवा केन्द्रको समग्र प्रतिवेदन सेवा केन्द्रका प्रबन्धक बालकुमारी आचार्यले प्रस्तुत गरेकी थिइन् ।

कार्यक्रममा प्रमुख अतिथि मोदी गाउँपालिका वडा ६का अध्यक्ष दिपेन्द्रजंग लामिछानेले दुरदराजमा रहेका समुदायमा पुगेर आर्थिक कारोवार र उद्घमशीलता विकासमा सहयोग पुराएकोमा सिवाइसी पञ्चकोशी सेवाकेन्द्रलाई आभार व्यक्त गरे । त्यस्तै कार्यक्रममा शिवाइसी केन्द्रिय लेखा सुपरिवेक्षण संयोजक पदमपाणी शर्मा, संचारकर्मी ठाकुर रसाईली, परामर्शदाता जित बहादुर लामिछाने, गाउँ टोल समन्वय उपसमिति संयोजक भिम बहादुर के.शी, सेयर सदस्य विनयजंग लामिछाने लगायतले आफ्नो धारणा राखेका थिए ।

साधरण सभाका अवसरमा विभिन्न शीर्षकमा सम्मान गरिएको थियो । जेष्ठ नागरिक सदस्य सम्मान तर्फ गणेश बहादुर घर्ति क्षेत्री, असल बाल बचत कर्ता तर्फ बिहानी तिवारी, असल ऋणी उद्धमी तर्फ सरिता सापकोटा खत्री, असल बचत कर्ता तर्फ यज्ञ कुमारी लम्साल, असल सदस्य तर्फ विनयजंग लामिछाने, असल सदस्य ग्रीनकार्ड प्राप्त गर्ने तर्फ पार्वती लामिछाने र योगिन्द्र लामिछानेलाई सम्मान गरिएको छ ।

पञ्चकोशी सेवा केन्द्रका अध्यक्ष मिना केशीको अध्यक्षतामा भएको कार्यक्रममा संचालन सुरेन्द्र पौडेल र स्वागत लोकेन्द्रजंग लामिछानेले गरेका थिए ।

शेयर गर्नुहोस्

अभिलेख खबर डटकममा कुनै लेख, समाचार, सूचना, विज्ञापन सामाग्री प्रकाशन गर्न चहानुहुन्छ भने [email protected] मा मेल गर्नुहोस् । हामीसंग फेसबुक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।

spot_img

ताजा खबर

सम्बन्धित खवर

पर्यावरणीय न्यायका चिन्तक— आरके अदिप्त गिरी

आरके अदीप्त गिरी— प्रकृति, पर्यावरण तथा साहित्य, कला–संस्कृतिका अभियानकर्मी चिन्तक हुन आरके अदीप्त गिरी । पछिल्लो समय उनी कालीगण्डकी नदी दोहन विरुद्ध कुरुवा र...

गंगाराम परियारको `फूलै–फूलमा भमरा´गीति बजारमा(भिडीयो सहित)

गायक गंगाराम परियारले `फूलै–फूलमा भमरा नाचनी´ नामक लोकदोहोरी गीत सार्वजनिक भएको छ । विशेषगरी प्रेम कथामा आधारीत उक्त गित अडियो भिडियो सहित बजारमा आएको...

अर्जुन जोशी र नवराज गुरुङ : एकधारदेखि वारपारसम्म—

एक मन लाग्यो केहि नलेखौं । फेरी लाग्यो केहि त लेखौ । अर्जुन नवराजले पछिल्ला २ दिनको फरकमा २ छुट्टाछुट्टै पत्रकार सम्मेलन गरे,...

माओवादी र पछिल्लो पर्वत

नेकपा माओवादी— हुन त अहिले नेकपा माओवादी भन्न नमिल्ने हो । माओवादीको नाम धेरैपटक परिवर्तन भइसकेको छ । तर माओवादीको तत्कालीन ससत्र युद्ध वा...

राजनीतिक र सामाजिक क्षेत्रमा अनवरत – मिना

मिना केसी – राजनीतिक र सामाजिक क्षेत्रका एक अनवरत यात्री हुन् । २०५० को दशकदेखि पर्वत जिल्लाको समाजमा सत्य बोल्ने र सादगी जिवनशैलीमा देखिने...

रुक्मागत न्यौपाने : पर्वत जिल्लाका प्रेरणादायी उद्धमी —

रुक्मागत न्यौपाने अहिले उमेरले ६३ वर्षका भए । शारीरिक रुपमा `ख´ अपाङ्गता समूहमा पर्छन् उनी । सानैदेखि उनको गोडामा समस्या छ । तर उनलाई...