20.3 C
Nepal
Thursday, September 10, 2026
बिहिबार, भदौ २५, २०८३
Thursday, September 10, 2026
spot_img

सिवाइसी पञ्चकोशी सदस्य सेवाकेन्द्रको १४ औं वार्षिक साधारण सभा सम्पन्न।

शेयर गर्नुहोस्

सिवाइसी बचत तथा ऋण सहकारी संस्था लिमिटेड पञ्चकोशी सदस्य सेवाकेन्द्रको १४औं वार्षिक साधारण सभा शुक्रवार सम्पन्न भएको छ ।

कार्यक्रममा केन्द्रिय आर्थिक प्रतिवेदन गुप्तेश्वर सेवा केन्द्रका सचिव सुरेन्द्र पौडेलद्वारा प्रस्तुत प्रतिवेदनमा संस्थाले २०८० असार मसान्तसम्ममा १ अर्व ३८ करोड ४५ लाख १ हजार ५ सय ८६ रुपैयाँ बचत संकल गरेको छ, भने १ अर्व ४५ करोड ९३ लाख ७९ हजार १ सय १९ रुपैयाँ लगानीमा रहेको छ । पञ्चकोशी सेवा केन्द्रको आर्थिक प्रतिवेदन सहसंयोजक लोकेन्द्र जंग लामिछानेले प्रस्तुत गरे । त्यस्तै सेवा केन्द्रको समग्र प्रतिवेदन सेवा केन्द्रका प्रबन्धक बालकुमारी आचार्यले प्रस्तुत गरेकी थिइन् ।

कार्यक्रममा प्रमुख अतिथि मोदी गाउँपालिका वडा ६का अध्यक्ष दिपेन्द्रजंग लामिछानेले दुरदराजमा रहेका समुदायमा पुगेर आर्थिक कारोवार र उद्घमशीलता विकासमा सहयोग पुराएकोमा सिवाइसी पञ्चकोशी सेवाकेन्द्रलाई आभार व्यक्त गरे । त्यस्तै कार्यक्रममा शिवाइसी केन्द्रिय लेखा सुपरिवेक्षण संयोजक पदमपाणी शर्मा, संचारकर्मी ठाकुर रसाईली, परामर्शदाता जित बहादुर लामिछाने, गाउँ टोल समन्वय उपसमिति संयोजक भिम बहादुर के.शी, सेयर सदस्य विनयजंग लामिछाने लगायतले आफ्नो धारणा राखेका थिए ।

साधरण सभाका अवसरमा विभिन्न शीर्षकमा सम्मान गरिएको थियो । जेष्ठ नागरिक सदस्य सम्मान तर्फ गणेश बहादुर घर्ति क्षेत्री, असल बाल बचत कर्ता तर्फ बिहानी तिवारी, असल ऋणी उद्धमी तर्फ सरिता सापकोटा खत्री, असल बचत कर्ता तर्फ यज्ञ कुमारी लम्साल, असल सदस्य तर्फ विनयजंग लामिछाने, असल सदस्य ग्रीनकार्ड प्राप्त गर्ने तर्फ पार्वती लामिछाने र योगिन्द्र लामिछानेलाई सम्मान गरिएको छ ।

पञ्चकोशी सेवा केन्द्रका अध्यक्ष मिना केशीको अध्यक्षतामा भएको कार्यक्रममा संचालन सुरेन्द्र पौडेल र स्वागत लोकेन्द्रजंग लामिछानेले गरेका थिए ।

शेयर गर्नुहोस्

अभिलेख खबर डटकममा कुनै लेख, समाचार, सूचना, विज्ञापन सामाग्री प्रकाशन गर्न चहानुहुन्छ भने abhilekhkhabar@gmail.com मा मेल गर्नुहोस् । हामीसंग फेसबुक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।

spot_img

ताजा खबर

सम्बन्धित खवर

इमान्दार व्यक्तित्व, शालिन स्वाभाव र कुशल संगठक- मोति

पर्वत जिल्लाको सामाजिक राजनीतिक आन्दोलनका अनवरत यात्री हुन मोति प्रसाद पौडेल । मोतिको लामो समय समाजको परिवर्तनका भोकमा विताए । जनताको सुख सुविधा, राजनीतिक...

राजनीतिमा सामाजिक नेतृत्व संस्कृतिको प्रतिबिम्ब

नेपालमा पछिल्ला केही वर्ष यता राजनीतिक सुधारको माग तीव्र रूपमा उठिरहेको छ। सुशासन, उत्तरदायी राजनीति, नेतृत्व सुधार र संस्थागत सुदृढीकरण बारे सार्वजनिक बहस निरन्तर...

अस्पताल बोकेर गाउँमा- शिव

वितेको पाँच महिना अंघि याम परियार `शिव´ प्रदेश अस्पताल (पर्वत जिल्ला अस्पताल)को अध्यक्ष´भएका हुन । अध्यक्ष भएकै दिनदेखी स्वास्थ्य सेवा धेरै भन्दा धेरै कसरी...

अस्थिर राजनीति, अवरुद्ध विकास र युवा पलायन: निर्णायक मोडमा नेपाल

आफ्नो जागिरका दिनहरूमा पनि सक्रिय राजनीति गर्ने गरेका एकजना पुर्व सरकारी कर्मचारी हालै छोरा वुहारी भेट्न युरोप पुगेर उताको बसाइँबाट फर्किएपछि आजकल नेपाली राजनीतिक...

सामाजिक, राजनीतिक यात्राका प्रेमिल जोडी `एकनारायण आनन्द´-

एकनारायण न्यौपाने र आनन्द भुसाल एकर्कामा घनिष्ठ नाम हो । यी दुईजना पर्वतका लोकतान्त्रिक आन्दोलनका सक्रिय र उदाहरणीय व्यक्तित्व हुन । दाक्षिणी पर्वतका त...

रेखा गुरुङ को हुन, कसरी बनिन मन्त्री ?

पर्वत जिल्लाबाट गण्डकी प्रदेशमा प्रतिनिधित्व गर्ने नेपाली कांग्रेसका सांसद रेखा गुरुङ गण्डकी प्रदेशको सामाजिक विकास युवा तथा खेलकुद मन्त्री नियुक्त भएकी छन । कांग्रेस...