20.3 C
Nepal
Thursday, September 10, 2026
बिहिबार, भदौ २५, २०८३
Thursday, September 10, 2026
spot_img

दोहोरीका किङ्ग कलाकार चित्रसागरको `धिपी धिपी टुकी´ अब बजारमा…

शेयर गर्नुहोस्

शनिवार कुश्मा नगरपालिका १२ ठुलीपोखरीको बाटुलेचौर मन्दिर छेउमा रहेको किङ्ग फिसर होम स्टेमा एउटा मेला चल्यो । जुन मेलामा ठुलीपोखरीका वडा अध्यक्ष सहित गाउँका भद्र बलाद्मी बुढापाका देखी बालबालिका सबै जोडिए । त्यती मात्रै हैन कुश्मा, बाग्लुङ, पोखरा, बुटवलदेखी कलाकार र पत्रकारको टोली नै पुग्यो ।

प्राकृतिक हिसाबले सुन्दर बाटुलेचौरको डाँडो फुलमाला र धजा पतका सजवाटले धपक्कै बल्यो । यसरी खचाखच मान्छेहरू, झकिझकाउ सांझको रमाइलो अरु कुनै जात्रा नभएर कलाकार चित्र सागर श्रेष्ठको गीतको सुटिङ्ग थियो ।

चित्रसागर श्रेष्ठ नेपाली लोक तथा दोहोरी गीतको क्षेत्रमा सबैले चिनेको परिचीत नाम हो । प्रत्येक्ष दोहोरीमा चित्र सागर किङ नै मानिन्छन । पुराना कलाकार देखी नयाँ पुस्ताका कलाकार सबैले चित्रसागरको दोहोरी भनेपछि ध्यान खिच्छन । कुनैबेला यस्तो समय थियो चित्रसागरले दोहोरी गाउन आउंदैछ भनेपछि अरु प्रतियोगीले मुटी काम्थ्यो । दोहोरीका दर्जनौं पुरस्कार उचालेका चित्रसागर आजपनि गीतसंगीत क्षेत्रमा सक्रिय छन ।

उनै, चित्रसागर श्रेष्ठको पछिल्लो दोहोरी एल्बम `धिपी धिपी टुकी´को भिडियो छायांकनका क्रममा ठुलीपोखरी पुगेका हुन । धार्मिक तथा प्रयटकीय दृष्टिले महत्वपुर्ण मानिएको बाटुलेचौर मन्दिर र संगै जोडिएकोको होम स्टेको प्रचारप्रसार प्रवर्द्धनमा जोड पुर्‍याउन निर्माण टोली बोकेर चित्रसागर ठुलीपोखरी पुगेका हुन ।

भिडियो छांयकनमा उपस्थित गाउँलेहरु सबै खुसी छन । वडा अध्यक्ष झलक रिमालले आफ्नो क्षेत्रको प्रचारप्रसार संसार भरी पुराउन सहयोग गरेको भन्दै धन्यवाद दिए ।

गितमा भनिएको छ `धिपी धिपी टुकी मन परेरै होला कि मायाले हेरिन लुकी लुकी´ चित्रसागर श्रेष्ठको स्वर र शब्द रहेको गितमा महिला आवाज सलिना गुरुङको रहेको छ । गीतको लय गायक समुन्द्र गिरीले बनाएका हुन ।

भिडियोको निर्देशन अर्जुन थापा मगरले गरेका छन भने छायांकन कमल एलएक्सको रहेको छ । भिडियोमा अन्जान आले मगर, कला थापा, विशाल बोहोरा विपना पुलामी लगायत दर्जनबढी कलाकारको नृत्य देख्न सकिन्छ । गित छिट्टैनै वजारमा ल्याउने चित्रसागरले बताए ।

https://fb.watch/r8VoMfODlo/?mibextid=zkHLXF

शेयर गर्नुहोस्

अभिलेख खबर डटकममा कुनै लेख, समाचार, सूचना, विज्ञापन सामाग्री प्रकाशन गर्न चहानुहुन्छ भने abhilekhkhabar@gmail.com मा मेल गर्नुहोस् । हामीसंग फेसबुक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।

spot_img

ताजा खबर

सम्बन्धित खवर

इमान्दार व्यक्तित्व, शालिन स्वाभाव र कुशल संगठक- मोति

पर्वत जिल्लाको सामाजिक राजनीतिक आन्दोलनका अनवरत यात्री हुन मोति प्रसाद पौडेल । मोतिको लामो समय समाजको परिवर्तनका भोकमा विताए । जनताको सुख सुविधा, राजनीतिक...

राजनीतिमा सामाजिक नेतृत्व संस्कृतिको प्रतिबिम्ब

नेपालमा पछिल्ला केही वर्ष यता राजनीतिक सुधारको माग तीव्र रूपमा उठिरहेको छ। सुशासन, उत्तरदायी राजनीति, नेतृत्व सुधार र संस्थागत सुदृढीकरण बारे सार्वजनिक बहस निरन्तर...

अस्पताल बोकेर गाउँमा- शिव

वितेको पाँच महिना अंघि याम परियार `शिव´ प्रदेश अस्पताल (पर्वत जिल्ला अस्पताल)को अध्यक्ष´भएका हुन । अध्यक्ष भएकै दिनदेखी स्वास्थ्य सेवा धेरै भन्दा धेरै कसरी...

अस्थिर राजनीति, अवरुद्ध विकास र युवा पलायन: निर्णायक मोडमा नेपाल

आफ्नो जागिरका दिनहरूमा पनि सक्रिय राजनीति गर्ने गरेका एकजना पुर्व सरकारी कर्मचारी हालै छोरा वुहारी भेट्न युरोप पुगेर उताको बसाइँबाट फर्किएपछि आजकल नेपाली राजनीतिक...

सामाजिक, राजनीतिक यात्राका प्रेमिल जोडी `एकनारायण आनन्द´-

एकनारायण न्यौपाने र आनन्द भुसाल एकर्कामा घनिष्ठ नाम हो । यी दुईजना पर्वतका लोकतान्त्रिक आन्दोलनका सक्रिय र उदाहरणीय व्यक्तित्व हुन । दाक्षिणी पर्वतका त...

रेखा गुरुङ को हुन, कसरी बनिन मन्त्री ?

पर्वत जिल्लाबाट गण्डकी प्रदेशमा प्रतिनिधित्व गर्ने नेपाली कांग्रेसका सांसद रेखा गुरुङ गण्डकी प्रदेशको सामाजिक विकास युवा तथा खेलकुद मन्त्री नियुक्त भएकी छन । कांग्रेस...