11.4 C
Nepal
Monday, January 26, 2026
सोमवार, माघ १२, २०८२
Monday, January 26, 2026
spot_img

दोहोरीका किङ्ग कलाकार चित्रसागरको `धिपी धिपी टुकी´ अब बजारमा…

शेयर गर्नुहोस्

शनिवार कुश्मा नगरपालिका १२ ठुलीपोखरीको बाटुलेचौर मन्दिर छेउमा रहेको किङ्ग फिसर होम स्टेमा एउटा मेला चल्यो । जुन मेलामा ठुलीपोखरीका वडा अध्यक्ष सहित गाउँका भद्र बलाद्मी बुढापाका देखी बालबालिका सबै जोडिए । त्यती मात्रै हैन कुश्मा, बाग्लुङ, पोखरा, बुटवलदेखी कलाकार र पत्रकारको टोली नै पुग्यो ।

प्राकृतिक हिसाबले सुन्दर बाटुलेचौरको डाँडो फुलमाला र धजा पतका सजवाटले धपक्कै बल्यो । यसरी खचाखच मान्छेहरू, झकिझकाउ सांझको रमाइलो अरु कुनै जात्रा नभएर कलाकार चित्र सागर श्रेष्ठको गीतको सुटिङ्ग थियो ।

चित्रसागर श्रेष्ठ नेपाली लोक तथा दोहोरी गीतको क्षेत्रमा सबैले चिनेको परिचीत नाम हो । प्रत्येक्ष दोहोरीमा चित्र सागर किङ नै मानिन्छन । पुराना कलाकार देखी नयाँ पुस्ताका कलाकार सबैले चित्रसागरको दोहोरी भनेपछि ध्यान खिच्छन । कुनैबेला यस्तो समय थियो चित्रसागरले दोहोरी गाउन आउंदैछ भनेपछि अरु प्रतियोगीले मुटी काम्थ्यो । दोहोरीका दर्जनौं पुरस्कार उचालेका चित्रसागर आजपनि गीतसंगीत क्षेत्रमा सक्रिय छन ।

उनै, चित्रसागर श्रेष्ठको पछिल्लो दोहोरी एल्बम `धिपी धिपी टुकी´को भिडियो छायांकनका क्रममा ठुलीपोखरी पुगेका हुन । धार्मिक तथा प्रयटकीय दृष्टिले महत्वपुर्ण मानिएको बाटुलेचौर मन्दिर र संगै जोडिएकोको होम स्टेको प्रचारप्रसार प्रवर्द्धनमा जोड पुर्‍याउन निर्माण टोली बोकेर चित्रसागर ठुलीपोखरी पुगेका हुन ।

भिडियो छांयकनमा उपस्थित गाउँलेहरु सबै खुसी छन । वडा अध्यक्ष झलक रिमालले आफ्नो क्षेत्रको प्रचारप्रसार संसार भरी पुराउन सहयोग गरेको भन्दै धन्यवाद दिए ।

गितमा भनिएको छ `धिपी धिपी टुकी मन परेरै होला कि मायाले हेरिन लुकी लुकी´ चित्रसागर श्रेष्ठको स्वर र शब्द रहेको गितमा महिला आवाज सलिना गुरुङको रहेको छ । गीतको लय गायक समुन्द्र गिरीले बनाएका हुन ।

भिडियोको निर्देशन अर्जुन थापा मगरले गरेका छन भने छायांकन कमल एलएक्सको रहेको छ । भिडियोमा अन्जान आले मगर, कला थापा, विशाल बोहोरा विपना पुलामी लगायत दर्जनबढी कलाकारको नृत्य देख्न सकिन्छ । गित छिट्टैनै वजारमा ल्याउने चित्रसागरले बताए ।

https://fb.watch/r8VoMfODlo/?mibextid=zkHLXF

शेयर गर्नुहोस्

अभिलेख खबर डटकममा कुनै लेख, समाचार, सूचना, विज्ञापन सामाग्री प्रकाशन गर्न चहानुहुन्छ भने [email protected] मा मेल गर्नुहोस् । हामीसंग फेसबुक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।

spot_img

ताजा खबर

सम्बन्धित खवर

पर्यावरणीय न्यायका चिन्तक— आरके अदिप्त गिरी

आरके अदीप्त गिरी— प्रकृति, पर्यावरण तथा साहित्य, कला–संस्कृतिका अभियानकर्मी चिन्तक हुन आरके अदीप्त गिरी । पछिल्लो समय उनी कालीगण्डकी नदी दोहन विरुद्ध कुरुवा र...

गंगाराम परियारको `फूलै–फूलमा भमरा´गीति बजारमा(भिडीयो सहित)

गायक गंगाराम परियारले `फूलै–फूलमा भमरा नाचनी´ नामक लोकदोहोरी गीत सार्वजनिक भएको छ । विशेषगरी प्रेम कथामा आधारीत उक्त गित अडियो भिडियो सहित बजारमा आएको...

अर्जुन जोशी र नवराज गुरुङ : एकधारदेखि वारपारसम्म—

एक मन लाग्यो केहि नलेखौं । फेरी लाग्यो केहि त लेखौ । अर्जुन नवराजले पछिल्ला २ दिनको फरकमा २ छुट्टाछुट्टै पत्रकार सम्मेलन गरे,...

माओवादी र पछिल्लो पर्वत

नेकपा माओवादी— हुन त अहिले नेकपा माओवादी भन्न नमिल्ने हो । माओवादीको नाम धेरैपटक परिवर्तन भइसकेको छ । तर माओवादीको तत्कालीन ससत्र युद्ध वा...

राजनीतिक र सामाजिक क्षेत्रमा अनवरत – मिना

मिना केसी – राजनीतिक र सामाजिक क्षेत्रका एक अनवरत यात्री हुन् । २०५० को दशकदेखि पर्वत जिल्लाको समाजमा सत्य बोल्ने र सादगी जिवनशैलीमा देखिने...

रुक्मागत न्यौपाने : पर्वत जिल्लाका प्रेरणादायी उद्धमी —

रुक्मागत न्यौपाने अहिले उमेरले ६३ वर्षका भए । शारीरिक रुपमा `ख´ अपाङ्गता समूहमा पर्छन् उनी । सानैदेखि उनको गोडामा समस्या छ । तर उनलाई...